Dictionary

All Word

89651 सवारी ना. ३. राजा वा प्रतिष्ठित व्यक्तिको कुनै यात्राका निम्ति प्रस्थान वा यात्राबाट हुने फिर्ती आगमन।
89652 सवारी कर ना. सवारीसाधनमाथि लगाइने कर, सवारीदस्तुर।
89653 सवारी चालक ना. सवारी चलाउने व्यक्ति (ड्राइभर, पाइलट आदि)।
89654 सवारी दर्ता ना. कुनै व्यक्ति वा संस्थाले प्रयोग गर्ने सवारीसाधनलाई सम्बन्धित कार्यालयमा दर्ता गराउने काम।
89655 सवारी दुर्घटना ना. सवारीसाधनमा उत्पन्न खराबीका कारणबाट पर्न सक्ने घटना मोटर पल्टिनु वा जुध्नु, हवाईजहाज खस्नु, जहाज डुब्नु आदि)।
89656 सवारी साधन ना. सवारीका निम्ति प्रयोग गरिने साधन (घोडा, हात्ती, रेल, मोटर, हवाईजहाज, पानीजहाज आदि)।
89657 सवारी सुविधा ना. सवारीका निम्ति प्राप्त हुने घोडा, हात्ती, मोटर, रेल, आदिद्वारा आवागमन गर्न पाइने सुविधा।
89658 सवारी सुविधा ना. २. त्यस्तो सुविधाका निम्ति प्राप्त हुने रकम वा साधन।
89659 सवाल ना. कसैसँग कुनै कुरा सोधपुछ गर्ने काम, सोधाइ प्रश्न।
89660 सवाल ना. २. सजिलै समाधान गर्न नसकिने अप्ठ्यारो विषय समस्या।
89661 सवाल ना. ३. अड्डाअदालतको कार्य सुचारु रूपले सञ्चालन होस् भन्नाका लागि सम्बन्धित ऐनकानुनअन्तर्गत बनेको नियम।
89662 सवाल जबाफ ना. सवाल र जवाफ, प्रश्नोत्तर।
89663 सवाल जबाफ ना. २. तर्कवितर्क, वादविवाद।
89664 सवाल जबाफ ना. ३. घर, कोठा आदिका झ्यालढोकाहरू एकसँग अर्को मिल्ने गरी जोडा मिलाएर राख्ने वा हाल्ने काम।
89665 सविकल्प वि. एउटै मात्र नभएर विकल्प वा अर्को पक्ष नि भएको।
89666 सविकल्प वि. २. यही हो भनेर अठोट गर्न नसकिने सन्दिग्ध।
89667 सविकल्प वि. ना. ३. कुनै आलम्बनको सहायताबाट हुने समाधि।
89668 सविकल्प वि. ४. वेदान्तमा ज्ञाता र ज्ञेयका अन्तरको ज्ञान।
89669 सविता ना. सूर्य, दिवाकर।
89670 सविता ना. २. पैदा गर्ने व्यक्ति, सृष्टिकर्ता, उत्पादक।
89671 सविनय क्रि.वि. नम्र बनेर, विनयका साथ; विनयपूर्वक।
89672 सविनय क्रि.वि. वि. २. नम्रता भएको, शिष्टता भएको, विनम्र, शिष्ट।
89673 सविस्तार क्रि.वि. कुनै कुरा नछोडीकन; विस्तारका साथ; खुलस्त हुने गरी।
89674 सव्य वि. दाहिने, दायाँ।
89675 सव्य वि. २. अनुकूल, सर्दो।
89676 सव्य वि. ३. देब्रे, बायाँ।
89677 सव्य वि. ४. प्रतिकूल, उल्टो।
89678 सव्य वि. ना. ५. दाहिने काँधमा राखिएको जनै फेरि बायाँ काँधमा सार्ने काम।
89679 सव्य वि. ६. यज्ञोपवीत, जनै।
89680 सव्य वि. ७. अङ्गिराका पुत्र मन्त्रद्रष्टा एक ऋषि।
89681 सव्यसाची ना. दायाँबायाँ दुवै हातले हतियार चलाउन सक्ने व्यक्ति।
89682 सव्यसाची ना. २. पाँच पाण्डवमध्ये तेस्रा अर्जुन।
89683 सशक्त वि. शक्तिले युक्त, शक्तिशाली।
89684 सशक्तता ना. सशक्त हुनाको भाव वा अवस्था शक्तियुक्त स्थिति, शक्तिमत्ता।
89685 सशक वि. शङ्का भएको सन्देहयुक्त सन्देहास्पद।
89686 सशक वि. २. सतर्क, सावधान।
89687 सशस्त्र वि. साथमा हातहतियार भएको हतियारयुक्।
89688 सशस्त्र प्रहरी ना. शस्त्रयुक्त प्रहरी हातहतियारले सुसज्जित प्रहरी।
89689 सशस्त्र प्रहरी चौकी ना. शस्त्रयुक्त प्रहरी रहने चौकी।
89690 ससल्काइ ना. ससल्काउने क्रिया वा प्रक्रिया।
89691 ससल्काइनु अ.क्रि. ससल्काउने होइनु।
89692 ससल्काउनु अ.क्रि. कुनै काम गर्न उत्सुकता वा चटरपटर देखाउने हुनु ; तत्परिनु।
89693 ससल्को ना. कुनै काम गर्न तरखराउने चासो तत्परता।
89694 ससानु / ससानो वि. सानुसानु;सानोसानो ;सानो खालको।
89695 ससानु / ससानो वि. २. केही वा थोरै सानो।
89696 ससीम वि. सीमा भएको; सीमि।
89697 ससीम वि. २. साँध सिमाना छुट्टिएको, हदभित्रको (जग्गा आदि)।
89698 ससुराल ना. पत्नीको माइतघर, ससुराली।
89699 ससुराली ना. पत्नीका बाबुआमाको घर, पत्नीको माइती, ससुराको घर वा कुल, ससुराल।
89700 ससुरो ना. पत्नीका बाबु।