Dictionary

All Word

89701 ससुरो ना. २. पतिका बाबु।
89702 ससुरो ना. ३. श्वसुर।
89703 ससुरो ना. आद. ससुरा।
89704 सस्तो वि. थोरै मोलमा पाइने, कम मूल्यको।
89705 सस्तो वि. २. चलनचल्तीको मोल वा निर्धारित मोलभन्दा कम मूल्यको।
89706 सस्तो वि. ३. कम महत्त्वको सामान्य साधारण मामुली।
89707 सस्तो वि. ४. मनग्यै पाइने, छेलोखेलो भएको।
89708 सस्तो बजार ना. विशेष चाडबाड, पर्व आदिमा जनसाधारणलाई सस्तो मोलमा खाद्यान्न तथा उपभोग्य समान उपलब्ध गराउने उद्देश्यले लागेको वा खुलेको बजार।
89709 सस्त्रीक वि. पत्नी भएको; पत्नीसहितको; सपत्नीक।
89710 सस्मित वि. मुसुक्क हाँसेको, मुस्कुराएको।
89711 सस्मित वि. क्रि.वि. २. मुसुक्क हाँसेर, मुस्कुराउँदै।
89712 सस्य ना. धान।
89713 सस्य ना. २. बालीनाली।
89714 सस्वर वि. स्वर वा आवाज निकालिएको भाका हालिएको।
89715 सस्वर वि. २. मुखले स्पष्ट उच्चारण गरिएको, बोलिएको।
89716 सस्वर आवृत्ति ना. खास पद्यांश वा गद्यांशको भावानुकूल तथा भावपूर्ण आवृत्ति।
89717 सस्वर पाठ ना. कुनै धार्मिक ग्रन्थ, गेयात्मक रचना आदिको अरूले सुन्ने किसिमले गरिने पाठ; सस्वर वाचन।
89718 सस्वर वाचन ना. बोलेर पढ्ने प्रक्रिया; स्वर झिकेर पढ्ने काम।
89719 सहनु स.क्रि. शारीरिक वा मानसिक पीडा वा कुनै प्रकारको आपत्ति खप्नु सहन गर्नु।
89720 सहनु स.क्रि. २. धैर्यधारण गर्नु, खामोस खानु।
89721 सह ना. बुद्धिचालको खेलमा बादशाहलाई दिइने किस्।
89722 सह ना. यो. साथ सित सँग।
89723 सह ना. यो. २. सहित; समे।
89724 सह ना. यो. ३. सँगसँगै, साथसाथै।
89725 सह ना. यो. ४. कुनै नामिक पदमा उपसर्ग जस्तै भई लागेर कसैका साथमा रहने भन्ने अर्थ बुझाउने शब्द (जस्तै- सहगामी, सहचरी, सहजात आदि)।
89726 सह ना. यो. ५. थोरै वस्तुले धेरै काम दिने स्थिति वा प्रक्रिया फारु, फारो।
89727 सह ना. यो. ६. छेलोखेलो हुने काम; पउल अवस्था।
89728 सह अभियुक्त वि. एकै कसुरमा मुख्य अभियुक्तका साथ फौजदारी अभियोग लागेको, सहअपराधी।
89729 सह अस्तित्व ना. व्यक्तिव्यक्ति वा राष्ट्रराष्ट्रमा परस्पर एकअर्काको हक, हित वा मानमर्यादाको ख्याल गर्दै शान्तिका साथ रहौं र बाँचौं भन्ने विचार, पञ्चशीलका पाँच सिद्धान्तमध्ये एक।
89730 सह उत्पादन ना. कुनै एउटा उद्योगबाट पैदा हुने मुख्य उत्पादनका साथ पैदा हुने अन्य उत्पादन।
89731 सह उत्पादन ना. २. एउटा वस्तु उत्पादन गरिने क्षेत्रबाट अन्य वस्तु पनि उब्जाउने काम।
89732 सहकर्मी वि. साथमा रहेर काम गर्ने, सँगसँगै मिलेर काम गर्ने, समान व्यवसायमा काम गर्ने (व्यक्ति)।
89733 सहयोद्धा वि. कुनै आन्दोलन वा युद्धमा सँगसँगै सङ्घर्ष वा युद्ध गर्ने।
89734 सहकार ना. दुई वा दुईभन्दा बढी व्यक्तिसँगै बसेर काम गर्ने वृत्ति वा क्रिया, पारस्परिक सहयोग वा सहायता।
89735 सहकार ना. २. आँपको वृक्ष।
89736 सहकार पाक ना. आदिमा साधारण र अन्तमा मधुर हुने वा भएको काव्यरचना।
89737 सहकारिता ना. धेरै व्यक्ति एकसाथ मिलेर काम गर्ने भावना;सामूहिक रूपले काम गर्ने प्रवृत्ति।
89738 सहकारिता ना. २. उपभोक्ता वा व्यवसायीहरू मिलेर सबैको हितका निम्ति कुनै माल बनाउने वा बिक्री गर्ने काम।
89739 सहकारी वि. एकसाथ मिलेर काम गर्ने, साथसाथै काम गर्ने।
89740 सहकारी वि. ना. २. सहयोगी साथी।
89741 सहकारी वि. ३. सहायक व्यक्ति मदतगार।
89742 सहकारी गोदाम ना. सहकारी संस्थाको गोदाम वा मालसमान रहने घर।
89743 सहकारी निरीक्षक ना. सहकारी संस्थामा काम गर्ने कर्मचारी।
89744 सहकारी पसल ना. सहकारी संस्थाद्वारा सञ्चालित साझा पसल।
89745 सहकारी ब्याङ्क ना. सहकारी कामविशेषमा वा एकसाथ मिलीजुली काम गर्ने प्रवृत्तिलाई प्रोत्साहनस्वरूप सहायता दिन पुँजी उपलब्ध गराउने ब्याङ्क।
89746 सहकारी संस्था / समिति ना. सामान्यतः किसान, मजदुर वा साना पुँजी भएका व्यवसायी वा उपभोक्ताहरूले साझा रूपमा मिलेर सबैको कल्याणका निम्ति उपभोग्य वस्तुको उत्पादन वा वितरण आदिको प्रबन्ध गर्ने र पुँजी तथा श्रमअनुसार मुनाफा बाँडिने एक संस्था।
89747 सहकाल ना. जमिनबाट प्रशस्त उब्जा भएको वा भाउबेसाहा सस्तो भएको समय, सुभिक्ष।
89748 सहकुलपति ना. विश्वविद्यालय आदि संस्थामा कुलपतिभन्दा मनि र उपकुलपतिभन्दा माथि रहने एक पदाधिकारी।
89749 सहकुलपति ना. २. त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री वा शिक्षा राज्यमन्त्रीका हैसियतले पदेन रहने उक्त पद।
89750 सहगमन ना. कसैका साथमा जाने क्रिया; सँगसँगै जाने काम।