Dictionary

All Word

89801 सहधर्मी वि. २. समान गुण, धर्म वा स्वभावको।
89802 सहधर्मी वि. ना. ३. पति लोग्ने।
89803 सहन ना. सहने भाव वा क्रिया।
89804 सहन ना. २. क्षमा।
89805 सहन ना. वि. ३. सहेर बस्न सक्ने सहिष्णु।
89806 सहनशील वि. सहन सक्ने स्वभावको, सहिष्णु।
89807 सहनशील वि. २. क्षमाशील।
89808 सहनशील वि. ३. विपत्ति आदिमा धैर्य धारण गर्ने, धैर्यशाली।
89809 सहनशीलता ना. सहनशील हुनाको भाव, गुण वा अवस्था; सहिष्णुता।
89810 सहनायक ना. नाटक, चलचित्र, उपन्यास, काव्य आदिमा नायकको जस्तै प्रमुख भूमिका भएको पात्र नायकको प्रमुख सहयोगी।
89811 सहनायिका ना. काव्य, नाटक, चलचित्र, उपन्यास आदिमा नायिकाको जस्तै भूमिका भएकी स्त्री पात्र, नायिकाको प्रमुख सहयोगी स्त्रीपात्र।
89812 सहनीय वि. सहन उचित वा योग्य; सहन सकिने; सद्म।
89813 सहपथिक वि. बाटोमा सँगसँगै हिँड्ने।
89814 सहपथिक वि. २. एउटै बाटामा हिँड्ने।
89815 सहप्रतिवादी ना. कुनै मुद्दामामिलामा मुख्य प्रतिवादीसँगै प्रतिवादीका रूपमा देखिएको गौण प्रतिवादी।
89816 सहप्रशासक ना. संस्थान आदि अर्धसरकारी वा स्वायत्त संस्थामा उपप्रशासकभन्दा माथिल्लो निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणीसरहको प्रशासनिक कर्मचारी।
89817 सहप्राध्यापक ना. उपप्राध्यापकभन्दा माथिल्लो र प्राध्यापकभन्दा तल्लो तहको राजपत्राङ्कित प्रथम श्रेणीसरहको, विश्वविद्यालयमा प्राध्यापन गर्ने शिक्षक; रिडर।
89818 सहपाठी वि. एउटै कक्षामा साथसाथै पढ्ने, एउटै पाठ पढ्ने, सहाध्यायी, पाठेभाइ।
89819 सहभागिता ना. सहभागी हुनाको भाव, कुनै कामकुरामा अरूका साथै भाग लिने वा सहभागी भएर काम गर्ने प्रक्रिया वा अवस्था।
89820 सहभागिता ना. २. अरूका साथ मिलेर काम गर्ने अवसर वा अधिकार।
89821 सहभागी वि. अरुसरह कुनै कामकुरामा भाग लिने वा सरिक हुने, अरूका साथ भाग लिने।
89822 सहभागी वि. २. कुनै कामको लाभहानिमा समान भागी हुने।
89823 सहभागी वि. ना ३. त्यस्तै व्यक्ति।
89824 सहभाव ना. एकसाथ हुने क्रिया वा अवस्था, मित्रता, बसउठ; सख्यभाव।
89825 सहभावी वि. साथमा रहने, साथसाथ हुने।
89826 सहभावी वि. २. सहचर, साथी।
89827 सहभावी वि. ३. मदतगार।
89828 सहभोज / सहभोजन ना. कुनै पर्व, उत्सव वा आनन्दका अवसरमा एकभन्दा बढी व्यक्ति एक साथ बसेर गरिने भोजन, धेरै जना एकसाथ बसेर खाने काम।
89829 सहभोजी वि. एकसाथ बसेर खाने, सँगसँगै भोजन गर्ने।
89830 सहमत वि. अरूसित राय मिलेको; एउटै राय भएको; एउटै मत वा विचार भएको।
89831 सहमत वि. २. मन्जुर भएको।
89832 सहमति ना. सहमत हुनाको भाव वा अवस्था, कुनै कामकुरामा एउटै राय हुने काम; ऐकमत्य।
89833 सहमरण ना. साथसाथैको मरण।
89834 सहमरण ना. २. सती जाने काम; सहगमन।
89835 सहयोग ना. परस्परमा एकअर्कामा गरिने मद्दत, पारस्परिक सहायता।
89836 सहयोग ना. २. परस्पर मद्दतका साथ गरिने काम।
89837 सहयोगी वि. सहयोग गर्ने, मद्दत दिने मदतगार।
89838 सहयोगी वि. २ परस्परमा सहयोगका साथ वा मिलेर गरिने ( कार्यक्रम आदि)।
89839 सहर ना. ठुलठुला सडक, बजार, उद्योग, कारोबार आदि साधनसम्पन्न भएको ठुलो बाक्लो बस्ती; नगर; पुर।
89840 सहर ना. एक जातको टल्कने माछो; शफर।
89841 सहराउँदो वि. सबै शरीर चिल्लो हुने।
89842 सहराउँदो वि. २. चिल्लो वा भुटुन पुगेको।
89843 सहरिया वि. सहरमा बस्ने वा हुने; सहरसम्बन्धी; सहरको।
89844 सहरिया वि. ना. २. सहरका बासिन्दा।
89845 सहरी वि. सहरमा भएको; सहरको; सहरिया।
89846 सहरीकरण ना. सहर बसाउने वा निर्माण गराउने काम।
89847 सहरी क्षेत्र ना. नगर वा नगरपालिकाको निर्धारित सीमाभित्र पर्ने सहरको क्षेत्र।
89848 सहरी मार्ग ना. सहरको क्षेत्रमा पर्ने वा परेको मूल बाटो।
89849 सहलह ना. सबै किसिमका मानिससँगको लसपस; भेदभावविनाको छातछू।
89850 सहलिया वि. साधारण; सामान्य;मामुली।