Dictionary

All Word

89851 सहलिया वि. [ सहलह +इया >सहलहियो ]२. सहलह गर्ने, लसपसे।
89852 सहवरण ना. पञ्चायती व्यवस्थामा राष्ट्रिय पञ्चायतबाहेक पञ्चायतका अन्य तहका निर्वाचित वा मनोनीत सदस्य कुनै कारणवश बिचमा सदस्यताबाट मुक्त भएमा सदस्यहरूबाटै सर्वसम्मतिका आधारमा गरिने छनोट वा मनोनयन।
89853 सहवास ना. दुई वा दुईभन्दा धेरै मानिस सँगै बस्ने काम;बसाउठी।
89854 सहवास ना. २. समागम सम्भोग।
89855 सहवासी वि. सँगै बस्ने, एकसाथ रहने।
89856 सहवासी वि. ना. २. सँगी, साथी।
89857 सहवासी वि. ३. छिमेकी।
89858 सहशिक्षा ना. विद्यालय, महाविद्यालय आदि शैक्षिक संस्थाहरूमा बालकबालिका र युवायुवतीहरूमा भेदभाव नराखी समान रूपले दिइने शिक्षा) केटाकेटीलाई एकसाथ राखेर दिइने शिक्षा।
89859 सहशिक्षालय ना. सहशिक्षाको व्यवस्था भएको विद्यालय, सहशिक्षा दिने शिक्षणसंस्था।
89860 सहसंवेद्य वि. विभिन्न मानसिक आवेगका बिचमा सामञ्जस्यको स्थिति भएको, समन्वित मनोदशाको।
89861 सहसंवेद्यता ना. सहसंवेद्य हुनाको भाव वा स्थिति, समन्वित मनोदशा।
89862 सहसचिव ना. निजामती सेवामा राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारी, सचिवभन्दा एक श्रेणीमुनिको सचिवको सहयोगी कर्मचारी।
89863 सहसम्बन्ध ना. दुई श्रेणी वा दुई किसिमका विचारको एक अर्कासँग रहेको सम्बन्ध।
89864 सहसम्बन्ध ना. २. दुई व्यक्ति वा वस्तुमा परस्पर देखिने सम्बन्ध।
89865 सहसा क्रि.वि. अपर्झटमा एकाएक अकस्मात् अचानक।
89866 सहसा क्रि.वि. २. सोचविचार नगरीकन हडबडाएर।
89867 सहसेनानी ना. नेपाली सेनामा सेनानीभन्दा तल्लो एक दर्जा;क्याप्टेन; कप्तान।
89868 सहसोपचार ना. कसैको मानसिक स्थितिमा प्रभाव पारेर रोग निको पार्न झटपट गरिने मनोवैज्ञानिक किसिमको उपचार।
89869 सहसोपचार ना. २. कुनै रोगको तत्काल गरिने उपचार।
89870 सहस्र ना. हजारको सङ्ख्या वा अङ्क (१०००० )।
89871 सहस्र ना. वि. २. दश सय; हजार।
89872 सहस्र ना. ३. धेरै; अनगन्ती, असङ्ख्य ( लाक्षणिक अर्थमा)।
89873 सहस्रजरी ना. सहस्रबुटी।
89874 सहस्रदण्ड ना. दण्ड वा धनुषको हजार गुना बराबरको नाप।
89875 सहस्रदण्ड ना. २. एक कोस बराबरको नाप।
89876 सहस्र दल ना. हजार दल वा पत्र भएको कमल।
89877 सहस्र दल ना. २. ध्यान गर्दा कल्पना गरिने चक्रको क्रममा सातौं वा अन्तिम सहस्रौं दल भएको कमलको फूल।
89878 सहस्र दल ना. ३. हठयोगमा प्रयुक्त हुने हजारौं पत्र भएको कल्पित फूल।
89879 सहस्रधारा ना. देवता आदिलाई स्नान गराउनाका निम्ति पानी खसालिने हजारौं छिद्र भएको पात्र।
89880 सहस्रधारा ना. २. माघे जात्रामा हजारौं धारा लगाउन एउटा प्वालमा पचासौं गहुँका छ्वाली घुसारिने, सहस्रौं प्वाल भएको, पानीले भरिएको गाग्रो।
89881 सहस्रधारा ना. ३. हजारौँ मुख भएको पानीको मुहान।
89882 सहस्रनाम ना. कुनै देवदेवीको हजारौं नाम भएको पत्र (जस्तो- विष्णुसहस्रनाम, दुर्गासहस्रनाम, शिवसहस्रनाम आदि)।
89883 सहस्रपाद ना. सूर्य।
89884 सहस्रपाद ना. २. विष्णु।
89885 सहस्रपाद ना. 3. अरिमुठे किरो।
89886 सहस्रबाहु ना. सहस्रार्जुन।
89887 सहस्रबाहु ना. २. अग्नि।
89888 सहस्रबाहु ना. ३. शिव।
89889 सहस्रबाहु ना. ४. विष्णु।
89890 सहस्रबुटी ना. धेरै मसिना जरा लागेको लसुनको जस्तो पोटी हुने, पोटीबाटै ठुला र बाक्ला पात लाग्ने ठुलो हरियो थुँगोमा ससाना गुलाफी फूल फुल्ने एक जातको बुटी, सहस्रजडी; मयूरशिखा।
89891 सहस्रलोचन ना. इन्द्र।
89892 सहस्रलोचन ना. २. सहस्राक्ष।
89893 सहस्राक्ष वि. हजार आँखा हुने।
89894 सहस्राक्ष वि. ना. २. इन्द्र।
89895 सहस्राक्ष वि. ३. विष्णु।
89896 सहस्राक्ष वि. ४. ब्रह्मा।
89897 सहस्राब्दी ना. कुनै संवत्‌को एकदेखि हजार वर्षसम्मको अवधि।
89898 सहस्राब्दी ना. २. एक हजार वर्ष वा दश शताब्दीको समूह।
89899 सहस्रार्जुन ना. कृतवीर्यका छोरा, पुराणप्रसिद्ध बलिष्ठ राजा, कार्तवीर्य, सहस्रबाहु।
89900 सहस्रौं वि. हजारौं।