Dictionary

All Word

89901 सहाइ ना. सहने भाव, क्रिया वा प्रक्रिया।
89902 सहाइनु क.क्रि. सहन लाइनु वा सहने पारिनु।
89903 सहाउनु प्रे. क्रि. सहन लाउनु वा सहने पार्नु।
89904 सहाध्यायी वि. सँगै अध्ययन गर्ने, सहपाठी।
89905 सहाध्यायी वि. ना. २. त्यस्तो व्यक्ति वा विद्यार्थी।
89906 सहानुभूति ना. अरूको मनमा भएको दुःखको अनुभूतिबाट संवेदित भई आफूलाई हुने अनुभूति, अर्काको दुःख, वेदना आदिमा हुने समान अनुभूति, अरूको दुःख देखेर वा सुनेर आफ्ना मनमा हुने सहानुभव।
89907 सहापराधी ना. सामाजिक, नैतिक वा कानुनी दृष्टिले अपराधपूर्ण काम गर्ने अपराधीलाई साथ दिने व्यक्ति, अपराधीसँग सरिक हुने वा मिलेमतो गर्ने व्यक्ति, मतियार।
89908 सहाय ना. सहायता, आड, मद।
89909 सहाय ना. २. सहायक मदतगार।
89910 सहाय ना. ३. मित्र, साथी, दौंतर।
89911 सहायक ना. कुनै कामकुरा राम्रो, चाँडो वा सफलतापूर्वक गर्न मद्दत गर्ने व्यक्ति सहायता गर्ने व्यक्ति; लागिमेली गर्ने वा सघाउने व्यक्ति।
89912 सहायक ना. २. आफ्ना अधीनमा रहेर काम गर्ने वा आफूलाई गर्न लागेको काममा सहयोग गर्ने व्यक्ति, सहकारी, सहयोगी।
89913 सहायक ना. ३. मित्र, साथी।
89914 सहायक ना. वि. ४. सहायता गर्ने, सघाउने।
89915 सहायक अनुदान ना. कुनै सङ्घ संस्था तथा स्थानीय तहका अड्डाहरूलाई सहायताका रूपमा वा अन्य प्रयोजनका निम्ति दिइने आर्थिक सहयोग वा चन्दा।
89916 सहायक अनुदान ना. २. आफ्ना साधन र शक्तिले मात्र स्वावलम्बी हुन नसक्ने खालका संस्था वा उद्यमले सहायताका रूपमा सरकारबाट पाउने एकमुस्ट रकम।
89917 सहायक आजीविका ना. मुख्य पेसा वा कामबाट हुने आम्दानीले आफ्नो वा आफूमाथि आश्रित परिवारका सदस्यहरूको भरणपोषण हुन नसक्ने देखेर केही अतिरिक्त आयका लागि गरिने कामधन्दा;गौण व्यवसाय।
89918 सहायक क्याम्पस प्रमुख ना. विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा क्याम्पस प्रमुखलाई प्रशासनकार्यमा सहायता गर्ने अधिकारी क्याम्पस प्रमुखभन्दा मुनिको प्रशासनिक अधिकारी।
89919 सहायक ग्रन्थसूची ना. कुनै अनुसन्धानात्मक लेख, पुस्तक आदि लेख्दा सहायता लिइएका पुस्तक, पत्रपत्रिकाहरूको सूची।
89920 सहायक डिन ना. विश्वविद्यालयअन्तर्गतका कुनै अध्ययन संस्थानमा त्यस अध्ययन संस्थानका डिनलाई प्रशासनसम्बन्धी काममा सहयोग गर्ने अधिकारी, डिनभन्दा मुनिको प्रशासनिक अधिकारी।
89921 सहायक नदी ना. अर्को ठुलो नदीमा पुगी मिसिएर बग्ने नदी।
89922 सहायक प्रशासक ना. विश्वविद्यालयअन्तर्गत विभिन्न निकायहरूमा प्रशासनिक काम गर्ने तृतीय श्रेणीको अधिकृत कर्मचारी।
89923 सहायक प्रशिक्षक ना. विश्वविद्यालयका क्याम्पसहरूमा प्रशिक्षकभन्दा तल्लो दर्जाको शिक्षक।
89924 सहायक प्राध्यापक ना. विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा अध्यापनकार्य गर्ने, प्रशिक्षकभन्दा माथिल्लो दर्जाको र उपप्राध्यापकभन्दा तल्लो दर्जाको शिक्षक।
89925 सहायक मन्त्री ना. कुनै मन्त्रालयमा मन्त्री वा राज्यमन्त्रीलाई मन्त्रालयसँग सम्बन्धित काममा सहायता पुऱ्याउने मन्त्री।
89926 सहायक मार्ग ना. ठुलो राजमार्गमा जोडिने शाखामार्ग।
89927 सहायक मार्ग ना. २. मूल बाटोमा जोडिने गाउँले बाटो वा सानो बाटो।
89928 सहायक रथी ना. शाही सैनिकमा ब्रिगेड वा वाहिनीको एक दर्जा सेनाको एक उच्च पद (ब्रिगेडियर जनरल )।
89929 सहायक विषय ना. पढाइ हुने विषयहरूमा मूल र अनिवार्य विषयबाहेकको अतिरिक्त विषय २ शिक्षार्थीले छानेर आफ्नो अध्ययनको मूलविषय नबनाउने अथवा मूलविषयभन्दा कम पाठ्यांशहरू अध्ययन गरिने ऐच्छिक विषय।
89930 सहायता ना. कुनै कामकुरा राम्रो, चाँडो वा सफलतापूर्वक सम्पन्न गर्न दिइने आर्थिक, प्राविधिक, शारीरिक आदि मद्दत; सहयोग।
89931 सहायता ना. २. आडभरोसा, आश्रय।
89932 सहायता गृह ना. आपत्ति वा सङ्कटमा परेका मानिसको सहायताका लागि स्थापना गरिएको घर।
89933 सहारा ना. सहायता मद।
89934 सहारा ना. २. आड भरोसा।
89935 सहारा ना. ३. आधार, आश्रय।
89936 सहिद ना. आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति।
89937 सहिद दिवस ना. सहिदहरूको सम्झना गर्दै उनीहरूप्रति श्रद्धाञ्जली प्रकट गरिने विशेष दिन।
89938 सहिद सप्ताह ना. सहिदहरूको अमर सम्झनामा श्रद्धाञ्जली प्रकट गरिने सप्ताहव्यापी कार्यक्रम २. नेपालमा प्रत्येक वर्ष माघ १० गतेदेखि माघ १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने एक साता।
89939 सहिद स्मारक ना. सहिदहरूको अमर सम्झनामा स्थापित वा निर्मित चिह्न सालिक, कुञ्ज, द्वार आदि।
89940 सहिष्णु वि. कष्ट वा पीडा सहन सक्ने, सहनशील।
89941 सहिष्णुता ना. सहिष्णु हुनाको भाव, गुण वा अवस्था, सहनशीलता।
89942 सही ना. कुनै लिखित कागतपत्र, लेख आदिका कुरामा स्वीकृति वा सहमति जनाउन आफ्नो नाउँ लेख्ने वा दस्तखत गर्ने वा ल्याप्चे आदि लगाउने काम, कुनै लिखित कुरामा स्वीकृति वा मन्जुरी दिने काम।
89943 सही ना. २ हस्ताक्षर दस्तख।
89944 सही ना. ३. मन्जुरी स्वीकार।
89945 सही ना. वि. ४. सत्य, साँचो।
89946 सही ना. ५ यथार्थ, उचित, ठिक, मनासिब।
89947 सहीछाप ना. कुनै लिखित कागतपत्र, लेख आदिमा आफ्नो मन्जुरी जनाउन गरिने हस्ताक्षर वा औंठो, नामाङ्कित मुद्रा आदिले लगाइने छाप।
89948 सहीछाप ना. २. सही।
89949 सही थपाइ ना. अर्काले गरेको कुरासँग जनाइने सहमति, कसैका कुरा चित्त बुझे पनि नबुझे पनि सकार्ने काम, होमा हो।
89950 सहीसही बिसहीबिसही ना. अरूलाई आफ्नो कामको मूल्याङ्कन गर्न नदिई आफै आफ्नो समीक्षक हुने नीति अधिनायकवाद।