Dictionary

All Word

89951 सहुलियत ना. कुनै विषय समय तथा परिस्थितिमा सबैलाई वा खासखास किसिमका व्यक्तिलाई दिइने सुविधा, कुनै कामकुरामा गरिने सजिलोपन, सुगमता।
89952 सहुलियतदार वि. सहुलियत दिने।
89953 सहृदय वि. अर्काको दुःखमा दुःखित भएर मन पगाल्ने, मर्मशील।
89954 सहृदय वि. २. कोमल हृदय भएको, दयालु।
89955 सहृदय वि. ३. काव्य, कथा आदिको पारख गर्ने र तिनका विशेषताबाट प्रभावित हुने साहित्यको अधिकारी वा योग्य पाठक, रसज्ञ रसिक।
89956 सहृदय वि. ४. सज्जन, भलो।
89957 सहृदयता ना. सहृदय हुनाको भाव वा अवस्था, चित्तको कोमलता, दयार्द्रता, कारुणिकता।
89958 सहेतुक वि. कुनै हेतु वा कारण भएको।
89959 सहेतुक वि. २. उद्देश्य भएको, सकारण।
89960 सहेली ना. साथमा रहने स्त्री, संगिनी, सहचरी।
89961 सहेली ना. २. सेविका; सुसारे; उपचारिका।
89962 सहोक्ति ना. एकभन्दा बढी व्यक्ति एकसाथ बोल्ने काम साथमा बोल्ने काम।
89963 सहोक्ति ना. २ सँग, साथ, सहित आदि शब्दको प्रयोग गरेर अनेक वस्तुको सहभाव देखाई तिनको समान कार्यको मनोरञ्जक वर्णन गर्दा हुने एक अर्थालङ्कार।
89964 सहोडा ना. लाम्चा पात र सेता फूल हुने, सुन्तला रङका फल फल्ने एक जातको बोट वा त्यसैको फल; खाग्सी।
89965 सहोदर वि. एउटै आमाको गर्भबाट पैदा भएको, साक्खै (दाजु वा भाइ)।
89966 सहोदर वि. सहोदरा (स्त्री.)।
89967 सह्य वि. सहन वा खप्न सकिने, सहन लायक, सहन योग्य।
89968 सह्यार्नु स.क्रि. स्याहार गर्नु सँभाल्नु।
89969 सह्यार्नु स.क्रि. २. सेवाटहल गर्नु; पालनपोषण गर्नु।
89970 सह्यार्नु स.क्रि. ३. अङ्गीकार गर्नु।
89971 सह्यार्नु स.क्रि. ४. सम्भार गर्नु; स्याहार्नु।
89972 सह्यार ना. कुनै वस्तु वा मालसामानलाई जतनसाथ राख्ने काम; हिफाज।
89973 सह्यार ना. २ बालबच्चाहरूको हेरविचार गर्ने काम, सुसार।
89974 सह्यार ना. ३. पालनपोषण गर्ने काम, स्याहार।
89975 सह्यारसुसार ना. स्याहारसुसार।
89976 सह्याराइ ना. सह्यार्ने भाव, क्रिया वा प्रक्रिया।
89977 सह्यारिनु क.क्रि. सह्यार्ने काम गरिनु; सह्यार गरिनु।
89978 सह्रनी / सह्राना / सह्रानी ना. सराहना, प्रशंसा; तारिफ।
89979 सह्रनीलाग्दो वि. प्रशंसा गर्न योग्य, सह्राउन लायक।
89980 सह्राइ ना. सह्राउने भाव, क्रिया वा प्रक्रिया।
89981 सह्राइनु क.क्रि. सह्रनी गरिनु।
89982 सह्राउनु स.क्रि. कसैको विद्या, बुद्धि, स्वभाव, गुण आदिको प्रशंसा गर्नु; सह्रनी गर्नु।
89983 सा ना. गाईभैंसीले भाले ( साँढे वा राँगो) खोज्दाको लक्षण, गाईबस्तुको भालेसित मिसिने चाहना।
89984 साँखिलो वि. हे. साखिलो।
89985 साँखुलो ना. एक जातको डुन्डु साग।
89986 साँखु ना. एकदमै सेतो नभएर घुर्मैलो सेतो वर्ण हुने (गाई)।
89987 साँखे वि. सफा सेतो रङ नभएर घुर्मैलो सेतो रङ हुने (गोरु )।
89988 साँगु ना. हे. साँघु।
89989 साँगुऱ्याइ ना. हे. साँधुऱ्याइ।
89990 साँगुऱ्याइनु क.क्रि. साँघुऱ्याइनु।
89991 साँगुऱ्याउनु स.क्रि. साँघुऱ्याउनु।
89992 साँगुरिनु अ.क्रि. हे. साँघुरिनु।
89993 साँगुरो वि. हे. साँघुरो।
89994 साँगे ना. मारुनी नाच सम्पन्न गर्ने वेलामा गाइने गी।
89995 साँधी ना. हिँडडुल गर्ने ठाउँमा तेर्सिएर छुतछात गराउने वस्तु (छेस्को, घाँस, पराल आदि)।
89996 साँधी ना. २. छू।
89997 साँघु ना. सानातिना नदीनाला तर्न दुवै किनारामा वा पानीमाथि ढुङ्गा आदि थुपारी त्यसमाथि अड्याइएको काठको हिउँदे पुल, फड्के, साँगु।
89998 साँघुरिनु अ.क्रि. साँघुरो हुनु, साङ्ग्रिनु, खुम्चिनु, चाउरिनु, साँगुरिनु।
89999 साँघुरी वि. अलिअलि साँघुरिएको, थोरै साँघुरो (जस्तो- साँघुरी डाँडो, साँघुरी गढी, साँघुरी भन्ज्याङ आदि)।
90000 साँघुरो वि. लम्बाइ वा चौडाइ सानो भएको, फराकिलो नभएको, साग्रो कोप्चो, साँगुरो २ चाहिँदो मात्रामा नअटाउने, वस्तुअनुसार सानो ठाउँ, भाँडो, लुगा आदि)।