Dictionary

All Word

90001 साँघुरो वि. ना. ३. खाँचो; हर्जा।
90002 साँघुरो वि. ४. कमी न्यूनता।
90003 साँघुऱ्याइ ना. साँघुरिने भाव, क्रिया वा प्रक्रिया, साँगुऱ्याइ [√ साँधुऱ्याउ + आइ) ] २. साँधुऱ्याउने भाव, क्रिया वा प्रक्रिया।
90004 साँघुऱ्याइनु क.क्रि. साँघुरो पारिनु, साँगुऱ्याइनु।
90005 साँघुऱ्याउनु स.क्रि. साँघुरो पार्नु, साँगुऱ्याउनु।
90006 साँच्नु स.क्रि. खर्च नगरी वा नमासी पछिका निम्ति जोगाएर राख्नु सञ्चित गर्नु, बचाउनु।
90007 साँच्नु स.क्रि. २. एकत्रित गरेर राख्नु जम्मा गर्नु, सङ्ग्रह गर्नु सँगाल्नु।
90008 साँच्नु स.क्रि. ३. कुनै निश्चित कामका लागि तोकिएको वस्तुलाई किफायत गरेर केही उबार्नु।
90009 साँचासाँची वि. झुटो वा ठट्टाका रूपमा नभएको; बनावटी वा देखावटी नभएको, सत्य, यथार्थ, वास्तविक, साँचो।
90010 साँचिनु क.क्रि. जम्मा गरिनु; सङ्ग्रह गरिनु।
90011 साँचिनु क.क्रि. २. जोगाइनु, बचाइनु, उबारिनु।
90012 साँचिनु क.क्रि. अ.क्रि. 3. कतैबाट पनि दुःख नपाउने स्थितिमा पुगिननु ; सुरक्षित होइनु , बाँचिनु।
90013 साँचिलो वि. आफूलाई निर्दोष वा साँचो भएको देखाउने, साखुल्ले, साखिलो।
90014 साँचिलो वि. स्त्री. साँचिली।
90015 साँचो वि. झुटो नभएको, बनावटी वा देखावटी नभएको जस्तो छ त्यस्तै सत्य वास्तविक।
90016 साँचो वि. (उदा.- साँचो डग्दैन, झुटो तग्दैन उखान )।
90017 साँचो ना. मुछेको माटो आदि गिलो पदार्थ हालेर विशेष आकारको वस्तु बनाउने साधन, गिलो पदार्थबाट कुनै रूप वा आकार आदि ढाल्ने तदाकार भाँडो।
90018 साँचो ना. २. कुनै बुट्टा वा चित्र छाप्ने साधन।
90019 साँचो ना. ३. ताल्चा खोल्ने साधन।
90020 साँचो ना. ४. जुत्ता बनाउँदा निश्चित आकारको रूप दिन प्रयोग गरिने, काठ आदिको साधन।
90021 साँचो झुटो वि. साँचो र झुटो सत्य र मिथ्या सत्यासत्य।
90022 साँचोमुचो ना. साँचाहरूका समूह, साँचाको झुत्तो।
90023 साँचोमुचो ना. २. सञ्चिता, बच।
90024 साँच्चि वि. हे. साँच्ची।
90025 साँच्ची वि. जस्ताको तस्तो साँचो, सत्य, साँच्चि।
90026 साँच्ची वि. ना. २. कुनै कुराका प्रसङ्गमा कुनै अर्को आवश्यक कुरा सम्झँदा भनिने शब्द (उदा.- साँच्ची, आजकाल उनी कहाँ छन् हैं?) क्रि.वि. ३. साँच्चै साँच्चीकै।
90027 साँच्चीकै क्रि.वि. साँच्चै।
90028 साँच्चै क्रि.वि. साँचो नै; साँच्चीकै, वस्तुतः।
90029 साँझ ना. दिन र रातको सन्धिकाल दिनको अन्त्य र रात्रिको सुरुको समय घाम अस्ताएपछिको केही बेरको समय, सन्ध्याकाल, सायङ्काल; बेलुका।
90030 साँझ ना. क्रि.वि. २. दिन र रातको बिचको समयमा।
90031 साँझबत्ती ना. सांस्कृतिक रीति तथा धार्मिक भावनाअनुसार साँझमा घरमा बालिने बत्ती।
90032 साँढ ना. साँढे।
90033 साँढ ना. २. सिङ मोटा हुने एक जातको लेकाली ठुलो भेडो, बरुवालको थुमा।
90034 साँढ ना. ३. मोटो र बलियो व्यक्ति।
90035 साँढ ना. ४. मर्यादा, अनुशासन नभएको व्यक्ति।
90036 साँढा वि. कसैका अधीनमा नबस्ने, कसैको अनुशासनमा नरहने, स्वच्छन्द छाडा।
90037 साँढी ना. मानिस मरेका एघारौं दिन वृषोत्सर्ग गर्दा डामेको बाछाका साथमा छोडिने बाछी।
90038 साँढी ना. २. कसैका नियन्त्रण, अनुशासनमा नरहेकी स्त्री; आफूखुसी आचरण गर्ने स्त्री।
90039 साँढे ना. वृषोत्सर्गमा वा अन्य धार्मिक उद्देश्यले डामेर छोडिएको बहर, साँढ।
90040 साँढे ना. २. मोटोघाटो र बलियो भईकन मनलागी व्यवहार गर्ने व्यक्ति।
90041 साँढे ना. वि. ३. उच्छृङ्खल; उद्दण्ड ( साँढेको जुधाइ, बाछाको मिचाइ- उखान )।
90042 साँदन ना. सालजस्तो, बाटुला पात र लाम्चा पात हुने दुई भेद भएको एक जातको रुख।
90043 साँध्नु स.क्रि. कुनै वस्तुमा नुन, खोर्सानी,अमिलो आदि हालेर मुछी अचार, चटनी आदि बनाउनु।
90044 साँध्नु स.क्रि. २. धेरै कुरा एक ठाउँमा मिलाएर मुछ्नु, रिध्नु।
90045 साँध्नु स.क्रि. ३. कुरा काट्नु।
90046 साँध ना. हतियार उध्याउने चक्का वा मणिलाई सफा गर्ने पत्थर, सान।
90047 साँध ना. जमिनका भिन्नभिन्न टुक्रालाई छुट्टयाउने दुई जमिनका बिचको भाग वा छेऊ भिन्नभिन्न टुक्रा जमिनको सन्धिरेखा सिमाना, सीमा।
90048 साँधसँधियार ना. आफ्ना जग्गाजमिनसँग जोडिएको जग्गा र सो जग्गाका मालिक, छरछिमेक।
90049 साँधसिमाना ना. चारैतिरको साँध।
90050 साँधसुध ना. सिप लगाएर अचार आदि साँध्ने काम।