Dictionary

All Word

90051 साँधी ना. सिमाना; साँध।
90052 साँधी ना. वि. २. साध्य; साद्धे।
90053 साँप ना. सर्प; लम्किरो।
90054 साँपको गोहो ना. साँप हिंड्ने बाटो।
90055 साँपे वि. उमेर पुग्दा पनि साँप झैं घस्रने (बालक)।
90056 साँपे वि. २. गोडा लुलो र नटेकिने भएको (व्यक्ति)।
90057 साँप्रे वि. ठुला साँप्रा वा तिघ्रा भएकी (स्त्री)।
90058 साँप्रे वि. ना. २. तरुनी आइमाईलाई गाली गर्दा प्रयोग गरिने शब्द।
90059 साँप्रो ना. खसी, बोका, राँगा आदिको तिघ्रो; सपेटो।
90060 साँप्रो ना. २. मानिसको तिघ्रो ( गाली वा निन्दाका अर्थमा )।
90061 साँप्रो च्यात्नु टु. रिसमा कसैको तिघ्रा फटाएर तान्नु।
90062 साँप्रो च्यात्नु टु. २. सम्भोग गर्नु।
90063 साँप्लो ना. सुन, चाँदीको मोटो, लामो टुक्रो।
90064 साँप्लो ना. सुप्लो।
90065 साँबी ना. धान कुट्न मुस्लीका टुप्पामा कपेर जडिएको फलामको चक्का।
90066 साँबे वि. साँबीसम्बन्धी, साँबीको।
90067 साँबे पाथी ना. साँबी बनाएबापत कामीले पाउने पाथी अन्न।
90068 साँभे ना. सेतो र ध्वाँसे रङको धर्के बुट्टा हुने, मानिसलाई लखेट्ने एक जातको बिखालु सर्प, पाटे।
90069 साँवल ना. सामल।
90070 साँवलो वि. केही कालो वर्णको, श्यामवर्णको, सामलो।
90071 साँवा ना. मूलधन; साउँ।
90072 साँवाब्याज ना. सापटी दिइएको धनमध्ये मूल धनसहितको ब्याज साउँ र ब्याज।
90073 सांवत्सर वि. संवत्सरसित सम्बन्ध भएको, सांवत्सरिक।
90074 सांवत्सरिक वि. संवत्सरसम्बन्धी, संवत्सरको वार्षिक।
90075 सांवादिक वि. संवादसित सम्बन्ध भएको, संवादसम्बन्धी, समाचारको।
90076 सांवादिक वि. २. बोलचालमा चलेको वा चल्न सक्ने।
90077 सांवादिक वि. ३. विवादास्पद विवादग्रस्।
90078 सांवादिक वि. ना. ४. पत्रपत्रिका, रेडियो आदिमा समाचार दिने व्यक्ति संवाददाता।
90079 सांसद ना. संसद्का सदस्य।
90080 सांसर्गिक वि. संसर्गबाट पैदा हुने, लसपसबाट उब्जने।
90081 सांसारिक वि. संसारमा भएको, संसारका सम्पूर्ण गतिविधिसँग सम्बन्धि।
90082 सांस्कारिक वि. संस्कारसम्बन्धी, संस्कारबाट उत्पन्न, संस्कारजन्य।
90083 सांस्कृतिक वि. संस्कृतिसँग सम्बन्ध भएको, संस्कृतिका क्षेत्रमा हुने, आउने वा मिल्ने (जस्तो- सांस्कृतिक प्रेरणा, सांस्कृतिक महत्त्व, सांस्कृतिक सद्भावना आदि)।
90084 साइँ ना. स्वामी।
90085 साइँ ना. २. सन्न्यासीहरूलाई सम्बोधन गर्दा प्रयोग गरिने शब्द (जस्तो- साइँ बाबा )।
90086 साइँदुवा / साइँधुवा ना. नचाहिंदो उपद्रव गर्ने व्यक्ति, उद्दण्ड व्यक्ति।
90087 साइँदुवा / साइँधुवा ना. २. हत्यारो।
90088 साइँदुवा / साइँधुवा ना. ३. दोषी बापती।
90089 साइँदुवा / साइँधुवा ना. ४. कुनै लोग्नेमान्छेलाई गाली गर्दा बोलिने शब्द।
90090 साइँदुवा / साइँधुवा ना. स्त्री. साइँदुवी / साइँधुवी।
90091 साइँली वि. साहिँली।
90092 साइँलो वि. साहिँलो।
90093 साइ ना. घरको; जग घडेरी २. आधार।
90094 साइ ना. ३. लोग्ने, पति।
90095 साइ ना. ४. जार।
90096 साइकल ना. दुई खुट्टाले चलाइने, दुई पाङ्ग्रे सवारी, बाइस्कल, साइकिल।
90097 साइकल दौड ना. साइकल दौडाएर खेलिने एक प्रकारको प्रतियोगितात्मक खेल।
90098 साइकल बिसौनी ना. साइकल अड्याउने वा राख्ने ठाउँ (साइकल स्ट्यान्ड)।
90099 साइकिल ना. साइकल, बाइस्कल।
90100 साइज ना. सानोठुलो वा लम्बाइचौडाइको परिमाण।