Dictionary

All Word

90551 सामञ्जस्य ना. ४. बराबरी, समानता, तुल्यता।
90552 सामदान ना. मैनबत्ती आदि बाल्दा अड्याइने ठाडो पानस।
90553 सामदुलिङ गुम्बा ना. नेपालको मुस्ताङ जिल्लामा अवस्थित कादजपापन्थी बौद्धहरूको प्रसिद्ध तीर्थस्थलका रूपमा रहेको गुम्बा।
90554 सामना ना. सामुन्ने पारेर एकअर्को पक्ष वा व्यक्तिका बिच सङ्घर्ष गर्ने काम, मुकाबिला मुठभेड।
90555 सामना ना. २. आमनेसामने हुने काम मुखामुख।
90556 सामन्त ना. शक्तिशाली राजालाई कर बुझाउने सानो राजा; रजौटो।
90557 सामन्त ना. २. राजा वा प्रमुख शासकको आड लिएर सर्वसाधारण जनतालाई शोषण गर्ने व्यक्ति।
90558 सामन्त ना. ३. लिच्छविकालीन उच्च ओहदाको एक दर्जा।
90559 सामन्ततन्त्र ना. राज्यको भूभाग ठुलठुला भारदार, सामन्त, सरदार,जमिनदार वा धनीहरूको अधिकारक्षेत्रमा रही त्यसको बदलामा राजालाई आर्थिक सहायता दिइने शासनव्यवस्था।
90560 सामन्तवाद ना. कुनै राज्यअन्तर्गतका सामन्त, जमिनदार बिर्तावाल आदिलाई खेती, मोही आदिमाथि पूरापूर अधिकार दिइने सिद्धान्त वा शासनपद्धति।
90561 सामन्तवाद ना. २. सामन्तहरूको सत्ता मान्ने शासनव्यवस्था, सामन्ततन्त्र।
90562 सामन्तवादी वि. सामन्तवादको अनुयायी, सामन्ततन्त्रमा विश्वास भएको।
90563 सामन्तसाही ना. सामन्तवाद।
90564 सामन्ती वि. सामन्तको; सामन्तसम्बन्धी।
90565 सामन्ती वि. ना. २. सामन्तको काम वा पद।
90566 सामयिक वि. समय सुहाउँदो समयका दृष्टिले उपयुक्त समयानुकूल।
90567 सामयिक वि. २. नियत समयमा गरिने, ठिक समयमा हुने।
90568 सामयिक वि. ३. समयको; बेलाबखतको।
90569 सामयिक कर ना. समयका आधारमा उठाइने कर, तोकिएको समयमा मात्र कुनै वस्तुमाथि लगाइने कर।
90570 सामयिक चर्चा ना. रेडियो, पत्रपत्रिका आदिबाट बेलाबखत प्रचार- प्रसारमा ल्याइने समसामयिक जल्दाबल्दा घटना, विषय वा समाधानका उपाय।
90571 सामयिकता ना. समयानुकूल हुनाको भाव वा स्थिति।
90572 सामयिक पत्र ना. वेला-बखत लेखिने कागजात, सावधिक पत्र।
90573 सामयिक परीक्षा ना. कुनै शैक्षिक तह पूरा गर्ने अन्तिम परीक्षामा नपुग्दै बिचबिचमा लिइने परीक्षा।
90574 सामयिक प्रकाशन ना. कुनै विशेष चाडपर्व आदिको समय मिलाई वा वेला बखत प्रकाशनमा ल्याइने पत्रपत्रिका।
90575 सामयिक वार्ता ना. रेडियो वा पत्र पत्रिकाबाट प्रसारित गरिने समसामयिक घटना, प्रश्न वा विषयको चर्चा, सामयिक चर्चा।
90576 सामयिकी वि. समयसम्बन्धी; सामयिक।
90577 सामरिक वि. समर वा युद्धसँग सम्बन्धित; लडाइँसम्बन्धी; युद्धको।
90578 सामरिक व्यवस्था ना. युद्धको सञ्चालन तथा शस्त्र अस्त्रसम्बन्धी चाँजोपाँजो।
90579 सामरी वि. हे. साँवली (जस्तो सामरी भन्ज्याङ)।
90580 सामर्थी वि. सामर्थ्य भएको, खुपी भएको, समर्थ, बलवान्।
90581 सामर्थ्य ना. समर्थ हुनाको भाव, गुण वा अवस्था, समर्थता।
90582 सामर्थ्य ना. २. क्षमता, योग्यता।
90583 सामर्थ्य ना. ३ शक्ति; बल।
90584 सामर्थ्य ना. ४. शब्दको व्यञ्जनाशक्ति।
90585 सामल ना. यात्रा गर्दा चाहिने आर्थिक साधन, बाटाखर्च।
90586 सामल ना. २. खानेपकाउने दैनिक खाद्य पदार्।
90587 सामल तुमल ना. घरमा बिहानबेलुकाको छाक टार्न वा बाटो लाग्दा खान चाहिने चामल, खाजा आदि खानेकुरा।
90588 सामली ना. सामल बोक्ने व्यक्ति, सामलतुमल लिने भरिया।
90589 सामलो वि. साँवलो।
90590 सामवेद ना. चार वेदमध्ये तेस्रो वेद।
90591 सामवेदी ना. सामवेदको ज्ञाता, सामवेद पढ्ने वा पाठ गर्ने व्यक्ति।
90592 सामवेदी ना. २. वि. सामवेदसम्बन्धी।
90593 सामसाम सुमसुम ना. नचाहिंदो कामकुरा अलमल गर्ने काम, अल्याङमल्याङ।
90594 सामसाम सुमसुम ना. २. लम्याङलुङ, जुम्सोपन।
90595 सामसाम सुमसुम ना. ३. अँध्यारोमा वा अन्धाले हातले यताउति छाम्ने काम छामछामछुमछुम।
90596 सामसुन वि. कुनै आवाज वा कोही व्यक्ति नभएको, सुनसान, चकमन्न।
90597 सामसुन वि. २. निस्तब्ध, निश्छल।
90598 सामसुम क्रि.वि. होहल्ला बन्द हुने गरी; हल्लीखल्ली बन्द हुने गरी हल्लीखल्ली नभएको चालमा चुपचाप।
90599 सामसुम क्रि.वि. २. आगोको बिउसमेत नरहने गरी निभेर।
90600 सामसुम क्रि.वि. ३. कैझगडा, विद्रोह आदि सबै शान्त हुने चालले।