Dictionary

All Word

90451 सानु ना. २. साना।
90452 सानुनय क्रि.वि. अनुनय वा विनयपूर्वक, नम्रतासा।
90453 सानुनय क्रि.वि. वि. २. विनययुक्त, विनयशील।
90454 सानुपवै ना. सानो जातको पवै।
90455 सानुपिप्ला ना. पानपाते आकारका हरिया पात हुने, पानकै जस्ता फूल फुल्ने, किम्बुका जस्ता र पिरो स्वादका फल फल्ने एक जातको वनस्पति।
90456 सानुपिपल ना. लाम्चा पात, पहेँला फल र सेतो हाँगा हुने पीपलका जातको एक बोट अश्वत्थिका।
90457 सानुबन्ध वि. कुनै सर्त वा बन्धन भएको प्रतिज्ञा गरिएको।
90458 सानुबन्ध वि. २. सम्बन्ध वा क्रम नटुटेको।
90459 साने ना. सानो व्यक्तिलाई हेला गरेर बोलाउँदा प्रयोग गरिने शब्द।
90460 सानो वि. आकार, परिमाण, कद, दर्जा आदि कम भएको, उचाइ, मोटाइ आदि कम भएको, झिनो सानु।
90461 सानो जुनटिकी ना. सानो, चन्द्राकार वा गोला भावको, टुप्पा मठारिएको, भाले र पोथी अड्ग भिन्नाभिन्नै फूलमा लाग्ने, आयुर्वेदमा पेटसम्बन्धी रोगमा हितकर बताइएको एक जातको वृक्ष।
90462 सानोतिनो वि. ससानो सानुतिनु।
90463 सानोतिनो वि. २. साधारण मामुली।
90464 सानो नगदी कोष ना. हाताहात भुक्तानी दिनका लागि बराबर सोधभर्ना हुने पेस्कीका रूपमा दिई स्थापना गरिएको सानो रकमको नगदी कोष।
90465 सानोसूतक ना. सुत्केरी हुनुभन्दा पहिले निस्कने पानीफोको।
90466 सान्ती ना./ना. यो. राम्रोसँग वा बराबरी वितरण गर्ने काम केही शब्दका पछाडि जोडिएर उक्त अर्थ दिने शब्द (जस्तै- पालोसान्ती, भागसान्ती, हिसाबसान्ती आदि)।
90467 सान्त्वना ना. प्रियजनको मृत्यु वा कुनै प्रकारको हानिनोक्सानीले गर्दा दुःखमा परेका व्यक्तिलाई शान्ति वा धैर्य दिने काम सम्झाउने बुझाउने काम।
90468 सान्त्वना ना. २. ढाढस आश्वासन।
90469 सान्त्वना ना. ३. सन्तुष्ट हुने वा पार्ने वचन, चित्त बुझाउने कुरो, मानसिक शान्ति।
90470 सान्त्वना पुरस्कार ना. प्रतियोगितामा भाग लिनेमध्ये प्रथम, द्वितीय वा तृतीय नभएका तर योग्यता वा विशेषताका आधारमा तृतीयभन्दा केही मात्र पछि देखिने व्यक्तिलाई प्रोत्साहनस्वरूप दिइने पुरस्कार।
90471 सान्थुङ्गे ना. सानो एक जातको सयपत्री।
90472 सान्ध्य वि. सन्ध्यासम्बन्धी, बेलुकीपखको साँझको।
90473 सान्ध्य वि. २. सन्ध्याका समयमा हुने।
90474 सान्ध्यकुसुमा ना. सन्ध्याका समयमा फुल्ने फूल।
90475 सान्ध्यगोष्ठी ना. सन्ध्याका समयमा हुने, आमन्त्रित मित्रहरूको रमाइलो गोष्ठी।
90476 सान्ध्यलालिमा ना. साँझपख क्षितिजमा देखिने रातोपना।
90477 सान्निध्य ना. सन्निधि वा समीप हुनाको भाव वा स्थिति, सामीप्य।
90478 साप्नु स.क्रि. नाप्नुको पूरक।
90479 सापट ना. पछि फिर्ता लिने वा दिने गरी कसैलाई दिइएको वा कसैसँग लिइएको धन, मालसामान आदि।
90480 सापट ना. २. काम सिद्धिएपछि फिर्ता गर्ने गरी धन, मालसामान आदि लिने वा दिने काम उधारो ऋण, कर्जा।
90481 सापटी वि. पछि फिर्ता गर्ने गरी लिइएको वा दिइएको धनमाल आदि)।
90482 सापटी वि. ना. २. सापट ऋण।
90483 सापत्न्य ना. सौतेनी हुनाको भाव वा अवस्था, सौतेनी व्यवहार।
90484 सापिलो वि. नापिने, नपना हुने।
90485 सापेक्ष वि. स्वतन्त्र रूपले रहेको नभएर अर्काको अपेक्षा वा आशा राख्ने अर्कासित सम्बद्ध।
90486 सापेक्ष वि. २. अन्य तत्त्व, विचार, दृष्टिकोण आदिबाट सम्बन्धित हुनाले त्यसैको अपेक्षा राख्ने।
90487 सापेक्षता ना. सापेक्ष हुनाको भाव, गुण वा अवस्था।
90488 सापेक्षवाद ना. विश्वको कुनै पनि कुरा आफैंमा स्वतन्त्र नभएर अर्कासित कुनै न कुनै रूपमा सम्बद्ध हुन्छ भनेर मान्ने सिद्धान्।
90489 सापेक्ष विराम ना. कुनै विषयको आधारमा गरिने विराम वा रोक, सापेक्ष रूपमा गरिने विराम।
90490 सापेक्ष विराम ना. २. सापेक्ष विरामचिह्न।
90491 सापेक्ष विराम चिह्न ना. परस्परको सापेक्षता देखाउन वाक्यांश वा वाक्यार्धमा दिइने विरामचिह्न; (;) चिह्न।
90492 सापेक्षिक वि. सापेक्ष भएको, सापेक्षसम्बन्धी, सापेक्ष।
90493 सापेक्षिक आर्द्रता ना. कुनै निश्चित तापमा हुने वायुको घनत्वमा पाइने जलवाष्पको वास्तविक मात्रा र त्यही तापमा सन्तृप्त वायुमा रहेको मात्राको बिचको अनुपात (सामान्यतः प्रतिशतमा बताइन्छ )।
90494 सापेक्षिक आर्द्रता ना. २. हाइग्रो मिटरद्वारा निर्धारित गरिने वातावरणीय चिसोपन।
90495 सापो ना. नाप्ने काम।
90496 सापो ना. २. नापोको अग्रक।
90497 सापोनापो क्रि.वि. मिल्नेमिल्ने गरी सरदर सालाखाला।
90498 सापोनापो क्रि.वि. २. रोखपोख।
90499 साप्ताहिक वि. प्रत्येक सप्ताहमा हुने हरेक हप्ताको हप्ताभरिको।
90500 साप्ताहिक वि. २. सप्ताहसम्बन्धी सात दिनको साताको।