Dictionary

All Word

90601 सामसुम्म क्रि.वि. अझै जोडसित सामसुम हुने गरी।
90602 सामा ना. धानको खेतमा उम्रने र धानको जस्तै बोट हुने मसिना राता दाना फल्ने जङ्गली धान वा त्यसैको चामल, नाभो धान।
90603 सामा ना. जुत्ताको माथिल्लोपट्टि रहने भाग वा घर।
90604 सामा ना. पूजा गर्ने सरसामग्री पूजाको सामान (जस्तो- पूजासामा )।
90605 सामाग्री ना. हे. सामग्री।
90606 सामाजिक वि. समाजसँग सम्बन्धित समाजको।
90607 सामाजिक वि. २. समाजमा पाइने, हुने वा रहेको (कुरीति, चलन, व्यवस्था, नीति आदि)।
90608 सामाजिक वि. ना ३. काव्यनाटक आदिका श्रोता वा दर्शक।
90609 सामाजिक अध्ययन ना. सामाजिक शिक्षा।
90610 सामाजिक करार ना. राजनीतिक दर्शनअनुसार समाजको उत्पत्तिको एक सिद्धान्त, हब्स, लक र रुसोको सिद्धान्।
90611 सामाजिक तत्त्व ना. समाजमा रहेर समाजकै हितका लागि काम गर्ने व्यक्ति वा साधन।
90612 सामाजिकता ना. समाजअनुसार चल्ने काम, समाजमिल्दो व्यवहार वा चालचलन।
90613 सामाजिक भूगोल ना. समाजको अध्ययन गर्ने भूगोल।
90614 सामाजिक विज्ञान ना. समाजसँग सम्बन्धित क्रमबद्ध ज्ञान।
90615 सामाजिक शास्त्र ना. जनसाधारणको व्यवहारदर्शनको विषयमा लेखिएको शास्त्र, इतिहास, भूगोल, अर्थशास्त्र आदि।
90616 सामाजिक शिक्षा ना. सामाजिक शास्त्रका मुख्यतः इतिहास, भूगोल, नागरिक शास्त्र, अर्थशास्त्र र समाजशास्त्रका स्रोतबाट लिइएको, विद्यालयतहको शिक्षाका लागि उपयुक्त एकीकृत तथा सम्मिश्रित विषयवस्तु।
90617 सामाजिक समायोजन ना. व्यक्ति वा समूह बदलिंदो परिस्थिति र सामाजिक वातावरणको दबाबसँग अनुकूलित हुँदै जाने प्रक्रिया।
90618 सामाजिक सुरक्षा ना. समाजमा हुन सक्ने चोरी, डकैती, लुटपिट, कुटपिट, असुरक्षा आदिबाट बच्ने वा बचाउने संस्थागत व्यवस्था।
90619 सामाजिक सेवा ना. जनसाधारणको सेवा, समाजका रोगी, अपाङ्ग आदिको भलाइका लागि गरिने काम।
90620 सामान ना. जीवनका लागि आवश्यक उपयोगी वस्तु; मालमत्ता; असबाब।
90621 सामान ना. २. सामग्री; साधन।
90622 सामान्य वि. कुनै खास विशेषता नभएको, मामुली; साधारण।
90623 सामान्य वि. २. जनसाधारणसँग सम्बन्ध भएको; सार्वजनिक।
90624 सामान्य वि. ना. ३. रूप, गुण, धर्म आदिका दृष्टिले परस्परमा रहेको समानता, बराबरी।
90625 सामान्य वि. ४. उपमान र उपमेय वा प्रस्तुत र अप्रस्तुतका बिच समान रूपले रहने गुण, धर्म आदिको वर्णन गर्दा पर्ने एक अर्थालङ्कार।
90626 सामान्य आबर्जे ना. सबै कारोबारको हिसाब वर्गीकरण गरी त्यसको अभिलेख राख्ने आबर्जे।
90627 सामान्य कानुन ना. आम जनताको साधारण व्यवहार तथा रीतिरिवाज आदिमा प्रयोग हुने कानुन।
90628 सामान्य कोष ना. कुनै खास कामकुराका निम्ति स्थापित गरिएको नभई सार्वजनिक प्रयोजनका निम्ति खर्च हुने वा खर्च गर्न पाइने कोष।
90629 सामान्यतः / तया क्रि.वि. साधारण किसिमले।
90630 सामान्य तत्त्व ना. प्राणिमात्रमा रहने पृथ्वी, जल, तेज, वायु र आकाश नामक पाँच तत्त्व।
90631 सामान्य रूप ना. व्याकरणशास्त्रका अनुसार विभक्ति, प्रत्यय आदि लाग्नुभन्दा पहिलेको रूप।
90632 सामान्या ना. साहित्यशास्त्रका अनुसार सबै पुरुषसँग समान रूपले प्रेम देखाउने नायिका, वेश्या।
90633 सामान्यीकरण ना. विभिन्न वस्तुमा एकरूपता ल्याउने काम, धर्म, गुण, विशेषता आदिको माध्यमबाट स्थापित गरिने समानता साधारणीकरण।
90634 सामासिक वि. समाससँग सम्बन्धित; समासको।
90635 सामासिक वि. २. समासका रूपमा हुने।
90636 सामासिक वि. ३. सङ्क्षिप्त छोटकरी (विधि)।
90637 सामासिकता ना. सामासिक हुनाको भाव, क्रिया वा अवस्था।
90638 सामियाना ना. धेरै मानिस बस्न हुने, ठुलो र चारैतिर खुला हुने पाल समेना, समियाना पाल।
90639 सामी ना. मुसल, ढिकी आदिको कुट्ने काठमा हालिने, फलामको धारिलो मुन्द्राजस्तो साधन।
90640 सामीप्य ना. समीप हुनाको भाव, गुण वा स्थिति, निकटता,सान्निध्य।
90641 सामु क्रि.वि. अघिल्तिर मुखेन्जी सामुन्ने।
90642 सामुसामु क्रि.वि. मुखामुख भएर, आमुन्नेसामुन्ने।
90643 सामुदायिक वि. समुदायसम्बन्धी; समूहको; सामूहिक।
90644 सामुदायिक मनोरञ्जन ना. कुनै समुदाय वा समूहमा साथसाथै मनाइने रमाइलो क्षण।
90645 सामुदायिक योजना ना. जनसमुदायको हितका दृष्टिले कृषिसुधार, शिक्षा, बाटोघाटो, स्वास्थ्य आदि योजना जनसमुदायद्वारा नै सञ्चालित हुने कार्यक्रम।
90646 सामुदायिक स्वास्थ्य सेवा ना. जनसमुदायको हितका दृष्टिले सञ्चालन गरिने औषधीउपचारसम्बन्धी सेवाकार्य; स्वास्थ्यका लागि प्रतिकारात्मक विधिहरू सिकाउन चलाइने अभियान वा कार्यक्रम।
90647 सामुद्रिक वि. समुद्रसम्बन्धी, समुद्रको।
90648 सामुद्रिक वि. २. समुद्रमा पैदा हुने।
90649 सामुद्रिक वि. ३. शरीरका चिह्न वा रेखासम्बन्धी ना. ४. हातपाउका रेखा र शरीरका चिह्न आदि हेरेर मानिसको शुभाशुभ फल बताउने ज्योतिषविद्या, फलित ज्योतिषशास्त्रको एक अङ्ग।
90650 सामुद्रिक वि. ५. त्यस्तो ज्योतिषशास्त्रको ज्ञाता।