Dictionary

All Word

90401 साधु ना. 3. पोइल गएकी वा परपुरुषसँग लागेकी स्त्रीको विवाहित पति (का. अ.)।
90402 साधु ना. वि. ४. शिष्ट।
90403 साधुता /त्व ना. साधु हुनाको भाव वा अवस्था, सोझोपन, सौजन्य।
90404 साधुमती ना. बौद्ध धर्मानुसार दशभूमि र त्रयोदशभूमिको नवौं भूमि।
90405 साधुवाद ना. कसैले उपकार, अनुग्रह आदि असल काम गर्दा साधु- साधु' भनेर स्याबासी दिन भनिने शब्द, स्याबास, धन्यवाद।
90406 साधुसन्त ना. सांसारिक झमेलामा नअल्झेको सज्जन, महात्मा।
90407 साध्य वि. सिद्ध गर्न सकिने, पूरा गर्न सकिने, फत्ते गर्न सकिने।
90408 साध्य वि. २. घट्न सक्ने हुन सक्ने, सम्भव।
90409 साध्य वि. ३. निको पार्न सकिने, निवारण गर्न सकिने।
90410 साध्य वि. ना ४. देवयोनिविशेष।
90411 साध्य वि. ५. समाधानका निम्ति प्रस्तुत समस्या सिद्ध हुन सक्ने तर्कयुक्त कुरो।
90412 साध्यवसाय/साध्यवसाना/ साध्यवसानिका ना. साहित्यमा पूर्वोक्त विषयको अन्य विषयका साथ अभेदसम्बन्ध देखाएमा हुने लक्षणा।
90413 साध्या ना. लामाको सेवा गर्ने चेली।
90414 साध्वी ना. पवित्र आचरण भएकी स्त्री; पतिव्रता स्त्री।
90415 सान ना. मत्ताका पछिपछि लागेर हिँड्ने हात्तीको बयान।
90416 सान ना. ओठ, जिब्रो, टाउको, हात, आँखा आदि चलाएर अरूलाई मनको भाव प्रकट गर्ने काम; इसारा; सङ्के।
90417 सान ना. २. जनाउ, सूचना।
90418 सान ना. गौरव, इज्जत वा प्रतिष्ठाको अवस्था; चकचकी।
90419 सान ना. २. तडकभडक ढाँचा।
90420 सान ना. 3. बडप्पन, मैमत्याइँ।
90421 सान ना. हतियार उध्याउने वा धार लगाउने काम।
90422 सान ना. २. रत्नहरूमा रहने पानी।
90423 सानढुङ्गो ना. हँसिया आदि हतियार उध्याउने कालो कडा ढुङ्गो; सान लगाउने ढुङ्गो।
90424 सानदार वि. सान भएको गौरवशाली, भव्य।
90425 सानदार वि. २. प्रभाव पार्ने सुन्दर।
90426 सानदार वि. ३. ढाँचावाल, भड्किलो।
90427 सानन्द वि. आनन्दले युक्त, प्रसन्न।
90428 सानन्द वि. क्रि.वि. २. आनन्दका साथ; आनन्दपूर्वक; खुसीसा।
90429 सानबान ना. हे. साहनवाहन।
90430 सानसौकत ना. सजिने सिँगारिने स्थिति सजावट।
90431 सानसौकत ना. २. ठाँटबाँट तडकभडक।
90432 साना वि. सानो।
90433 साना उद्योग ना. थोरै मानिस, थोरै श्रम र सानै पुँजीले चलाइने उद्योग।
90434 सानाबा / बाबु ना. आमाकी बहिनीको लोग्ने।
90435 सानिमा ना. सानीआमा।
90436 सानिमा सासू ना. पति वा पत्नीकी सानीमा।
90437 सानिमा सासू ना. २. आफ्नी सासूभन्दा पछि विवाह गरिएकी सासूकी सौता।
90438 सानी वि. धेरै वर्ष नखाएकी, कम उमेरकी।
90439 सानी वि. २. नसप्रेकी, नबढेकी सानो कदकी।
90440 सानीआमा ना. आमाकी बहिनी; सानीमा।
90441 सानीआमा ना. २. आमाकी सौतेनी बैनी; सौतेनी आमा।
90442 सानीमा ना. हे. सानिमा।
90443 सानु वि. सानो।
90444 सानु करौंदा ना. ससाना पात, ल्वाङका आकारका फूल, आधा प्याजी वा रातो र आधा सेतो रङका फल हुने एक जातको बोट, त्यसैको अमिलो रस हुने फल, करमर्द्दी।
90445 सानुतिनु वि. थोरै महत्त्व वा मोलको कम मूल्यको।
90446 सानुतिनु वि. २. सानो।
90447 सानुकेराउ ना. हरिया र साना गेडा हुने एक जातको केराउ।
90448 सानु जटामसी ना. गुलाबका जस्ता पात र हरिया रङका हाँगा हुने, फेदमा भुत्ला भएका, लामालामा दुइटा मुलाजस्ता जरा हुने, हिमालयमा पाइने सुगन्धी बुटी, एक जातको जटामसी।
90449 सानु तिते पिँडालु ना. लामालामा पात, सेतो ठुलो फूल र छ्यापीको जस्तो कन्द हुने, हिमालयमा पाइने आयुर्वेदका अनुसार ज्वरनाशक र वीर्यवर्द्धक मानिएको, जङ्गलमा पाइने, एक बुटी; ऋषभ।
90450 सानु ना. बालबालिकालाई प्रेमले बोलाउँदा प्रयोग गरिने शब्द।