Dictionary

All Word

90651 सामुदायिक धार ना. समयसमयमा समुद्रमा आउने पानीको चाप, समुद्री आँधी।
90652 सामुदायिक बिमा ना. समुद्रपारबाट आयातनिर्यात गरिने वस्तुमा गरिने बिमा, पारवहन वस्तुबिमा।
90653 सामुदायिक सुरक्षा समिति ना. सामुद्रिक यात्रा वा पारवहनको सुरक्षा गर्ने संस्था।
90654 सामुन्ने क्रि.वि. सामु मुखेन्जी, अगाडि।
90655 सामूहिक वि. समूहको; समूहसम्बन्धी; सामुदायिक।
90656 सामूहिक जीवन ना. धेरै जनसमुदायसँग सम्बन्ध राख्ने जीवन।
90657 सामूहिक प्रयास ना. कुनै काम पूरा गर्नका लागि समूहमा एकत्र भई गरिने प्रयास।
90658 सामूहिक सुरक्षा ना. दैवी वा भौतिक सम्भाव्य आपत्बाट जनसाधारणलाई संस्थागत रूपमा प्रदान गरिने सुरक्षा।
90659 सामेल ना. विशेष उर्दीबमोजिम तोकिएका ठाउँमा उपस्थित हुने काम हाजिरी।
90660 सामेल ना. २. भेला।
90661 सामेल ना. वि. ३. एकत्रित; उपस्थित; हाजिर।
90662 सामेली ना. सामेल हुने काम हाजिरी, उपस्थिति।
90663 सामेली ना. वि. २. सामेल हुने।
90664 साम्पत्तिक वि. सम्पत्तिसम्बन्धी; धनमालको।
90665 साम्प्रतिक वि. वर्तमान समयको यसै बेलाको तत्कालको।
90666 साम्प्रतिक वि. २. उपयुक्त, ठिक्क।
90667 साम्प्रदायिक वि. कुनै निश्चित जाति, धर्म, सम्प्रदाय वा गुटसँग सम्बन्ध भएको, सम्प्रदायसम्बन्धी।
90668 साम्प्रदायिकता ना. आफ्नो जाति, धर्म, सम्प्रदाय वा गुटको मात्र हित गर्ने र अन्य सम्प्रदाय आदिको हितको उपेक्षा गर्ने काम, सकुचित मनोवृत्ति।
90669 साम्ब ना. अम्बा वा पार्वतीसहितका शिव, शिव, महादेव।
90670 साम्ब ना. २. कृष्णका जाम्बवतीका गर्भबाट उत्पन्न पुत्र।
90671 साम्मे ना. साम्य।
90672 साम्मे ना. (उदा.- उनीहरूको झगडा अझै साम्मे भएको छैन)।
90673 साम्य ना. सम हुनाको भाव, गुण वा अवस्था उस्तै हुनाको स्थिति तुल्यता, समानता।
90674 साम्य ना. २. दुई विरोधी पक्ष वा व्यक्तिका बिच ल्याइने सम्झौता वा मेल सामञ्जस्य।
90675 साम्य ना. ३. पानी, रिस, आगो आदिको वेगमा आएको कमी, शान्ति।
90676 साम्यवाद ना. मार्क्सद्वारा प्रतिष्ठित तथा लेनिनद्वारा क्रियान्वित, सम्बन्धित सम्पत्तिको अधिकार व्यक्तिविशेषमा नरही समुदाय वा समाजको अधिकारमा रहनुपर्छ भन्ने र सार्वजनिक उत्पादन, प्रबन्ध र उपयोगका सिद्धान्तमा समाजव्यवस्था स्थिर गर्ने राजनीतिक सिद्धान्त, आर्थिक विषमता हटाई शोषित वर्गलाई सशक्त पार्दै उन्नत समाजको स्थापना गर्ने राजनीतिक विचारधारा।
90677 साम्यवादी वि. साम्यवादको सिद्धान्तमा विश्वास राख्ने, साम्यवादको अनुयायी।
90678 साम्यावस्था ना. सत्त्व, रज, तम यी तीन गुण घटीबढी नभई समान रूपले रहेको अवस्था कुनै गुणको उत्कर्षहीन स्थिति।
90679 साम्यावस्था ना. २. उतारचढाउ नभएको एकनासको अवस्था, शान्त स्थिति।
90680 साम्राज्य ना. ससाना धेरैवटा राज्य सम्मिलित भएको ठुलो राज्य सम्राट्ले शासन गरेको राज्य २. राज्यको सर्वोच्च शक्ति, प्रभुसत्ता, सार्वभौमिकता।
90681 साम्राज्य ना. ३. कुनै काम वा क्षेत्रमा रहेको कसैको पूर्ण अधिकार।
90682 साम्राज्यवाद ना. ससाना कमजोर देश वा राज्यहरूलाई शक्तिद्वारा वशमा पारेर राज्यको विस्तार गर्ने सिद्धान्त, साम्राज्य खडा गर्ने सिद्धान्।
90683 साम्राज्यवाद ना. २. एक देशले अर्को देशमा आर्थिक, राजनीतिक वा सैनिक शोषण गर्ने सिद्धान्त वा विचार।
90684 साम्राज्यवादी वि. साम्राज्यवादको सिद्धान्त मान्ने साम्राज्यवादको अनुयायी।
90685 सायक ना. धनुको ताँदोमा अड्याएर तन्काई वेगसित हुत्याइने अस्त्र, बाण, शर।
90686 सायङ्काल ना. साँझको समय वा बखत, बेलुकीपख ; सन्ध्याकाल साँझ।
90687 सायङ्काल ना. २. मृतकका निम्ति प्रेतकर्मका उद्देश्यले मरेका दिनदेखि नौ दिनसम्म बेलुका किरियापुत्रीहरूले बत्ती बाल्ने काम।
90688 सायङ्कालिक / सायङ्कालीन वि. सायङ्काल- सम्बन्धी; सायङ्कालको।
90689 सायद क्रि.वि. कथम्कदाचित्, केही गरी; सम्भवतः; सके।
90690 सायम् ना. सन्ध्याको समय साँझ, सायङ्काल।
90691 सायम् ना. क्रि.वि. २. साँझको समयमा।
90692 सायर ना. कपडाको बार; भी।
90693 सायर ना. उर्दू, अरबी, फारसी आदि भाषामा कविता रच्ने व्यक्ति कवि।
90694 सायरी ना. उर्दू, अरबी फारसी आदि भाषामा रचिएका कविता वा ती कविताको पाठ।
90695 सायरी ना. २. सायरको काम वा वृत्ति।
90696 साया ना. स्त्री जातिले लगाउने घाँगरजस्तो लुगा।
90697 साया ना. २. थारू जातिका स्त्रीहरूले पहिरिने एक प्रकारको कपडा।
90698 साया ना. ३. छाया।
90699 सायास वि. आयास वा प्रयाससहित ठुलो मेहनतका सा।
90700 सायास वि. क्रि.वि. २. ठुलो परिश्रम गरेर; यत्नका साथ; सपरिश्रम।