Dictionary

All Word

90501 साप्ताहिक वि. ना. ३. एकएक सातामा प्रकाशित हुने पत्रपत्रिका वा समाचारपत्र।
90502 साफ वि. धुलोमैलो आदि नभएको, स्वच्छ, सफा।
90503 साफ वि. २. मिलावट वा खोट नभएको, शुद्ध।
90504 साफ वि. ३. खुलस्त स्पष्ट।
90505 साफ वि. ४. उज्ज्वल, चम्किलो।
90506 साफ वि. ५. खाली, शून्य।
90507 साफ वि. ६. चुक्ता भइसकेको तिर्न बाँकी नरहेको (हिसाब आदि)।
90508 साफ वि. क्रि.वि. ७. बेसरी, बेसमारी।
90509 साफल्य ना. सफल हुनाको भाव, गुण वा अवस्था, सफलता।
90510 साफा ना. साउने फागुको सङ्क्षिप्त रूप, साउने फागु।
90511 साफा ना. फेटा; पगरी।
90512 साफी ना. एकपल्ट लेखेको कुरा दोहोऱ्याएर सफा र शुद्धसँग सार्ने काम मसौदा वा खेसा राम्ररी सार्ने काम।
90513 साफी ना. २. दोहोऱ्याएर सफासँग सारेको कागत मसौदा वा खेस्रा सारेको शुद्ध प्रति।
90514 साफी ना. वि. ३. दोहोऱ्याएर सफासँग सारेको, मसौदाबाट सफा प्रति उतारिएको।
90515 साफी ना. गाँजा, कक्कड आदिका चिलिमको भेट्नामा धुवाँ छान्नका लागि बेरिने कपडा वा त्यसमा घुसारिने घाँस, पराल आदिको बुजो।
90516 साफी ना. २. रुमाल।
90517 साबर ना. साँभर नामको मृगको नरम छाला।
90518 साबर ना. २. एक प्रकारसित तयार पारिएको कमलो छाला।
90519 साबर ना. ३. झिल।
90520 साबरी वि. साबर झिलको खारा पानीबाट बनेको (नुन) २. साबरबाट निर्मित ( जस्ता, ब्याग आदि)।
90521 साबिक वि. अहिलेको भन्दा पूर्व अवस्थाको; पहिलेको।
90522 साबिक वि. (उदा.- हाल नापीले साबिक रोपनीमा घटाएको छ)।
90523 साबिक वि. २. पहिलेदेखि चल्दै आएको; सनातन।
90524 साबिक वि. (उदा. साबिक रीतिरिवाजलाई पनि कायमै राख्नु सांस्कृतिक उपादेयता हो)।
90525 साबिक ऐन ना. कायम भइरहेको ऐन, चालु ऐन।
90526 साबिक ऐन ना. २. अहिलेको भन्दा पुरानो ऐन, पुरानो कानुन।
90527 साबिकवाला वि. हालभन्दा पहिले काम गर्ने, पुरानियाँ (कामदार)।
90528 साबित वि. निस्साप्रमाणबाट सिद्ध भएको, सबुत पुगेको, प्रामाणिक।
90529 साबित वि. २. अपराध वा दोष स्वीकार गरेको, कायल भएको।
90530 साबिती ना. भुल वा अपराध स्वीकार गर्ने काम साबित हुने काम।
90531 साबिती ना. वि. २. अपराध वा दोष स्वीकार गर्ने खालको ( बयान )।
90532 साबुत / साबुद वि. टुटफुट नभएको, सग्लो,सिङ्गो।
90533 साबुत / साबुद वि. २. पूरा, सबै सम्पूर्ण।
90534 साबुदाना ना. ताडका जातको रुखको गुभाको गुदीबाट बनाइने, खान हुने सेता मसिना दाना।
90535 साबुन ना. कपडा, कपाल, शरीर आदि सफा गर्नका लागि क्षार, तेल आदि रासायनिक पदार्थको मिश्रणबाट बनाइएको पानीमा घोल्दा वा शरीर र वस्त्रमा दल्दा फिँज आउने पदार्।
90536 साबेल ना. कथ्य. साभेल।
90537 साबेल ना. माटो, ढुङ्गा आदि उठाउने, पन्छाउने वा फ्याँक्ने, कोदालीको जस्तो पातो र लामो, सोको बिंड भएको औजार वा हाते ज्यावल।
90538 साभार क्रि.वि. लगाएको गुनले विनीत बन्दै; आभार प्रकट गर्दै कृतज्ञतापूर्वक।
90539 साभार क्रि.वि. वि. २. कुनै पुस्तकपत्रिका वा लेख आदिबाट लिइएको, उद्धृ।
90540 साभिलाष क्रि.वि. अभिलाषासहित, इच्छापूर्वक, चाहनाअनुसार।
90541 साम ना. ऋक्, यजुः; साम र अथर्व चार वेदमध्ये एक।
90542 साम ना. २. वेदमा गाइने मन्त्र, सामवेदका कण्डिका।
90543 साम ना. ३. कूटनैतिक चार उपाय- साम, दान, दण्ड, भेदमध्ये एक।
90544 साम ना. ४. प्रिय वचन, मिठो बोली।
90545 सामकालिक वि. समान कालको एकै समयको (ध्वनि)।
90546 सामग्री ना. कुनै विशेष कामका लागि चाहिने साधन, सरसामान, सामाग्री।
90547 सामग्री ना. २. उपकरण साधन।
90548 सामञ्जस्य ना. रूप, रस, गुण, धर्म आदिमा एकरूप हुनाको भाव वा अवस्था मेलमिलाप।
90549 सामञ्जस्य ना. २. उपयुक्तता, औचित्य।
90550 सामञ्जस्य ना. ३. अनुकूल हुनाको भाव, मिल्दोपना।