Dictionary

All Word

90751 सारथि ना. २. साथी मित्र।
90752 सारथि ना. ३. सहायक।
90753 सारथि ना. ४. नेता नायक।
90754 सारथित्व ना. सारथिको काम वा पद।
90755 सारनतारन ना. सारसुर गर्ने काम; सारफेर।
90756 सारनतारन ना. २. आवतजाव।
90757 सारनतारन ना. ३. लिने र दिने काम; लेनदेन।
90758 सारनी ना. जमिन समथर छ वा छैन भनी हेर्ने डकर्मीको साधन; बटान।
90759 सारफेर ना. अदलबदल गर्ने काम, अदलीबदली; साटफेर, सारनतारन।
90760 सारफेर ना. २. पग्लने पदार्थ आपसमा मिलाउने काम; घालघुल।
90761 सारवान् वि. सार भएको, खँदिलो, सारगर्भि।
90762 सारस ना. प्रायः जलाशयको नजिकमा रहने, ठुँड, गर्धन र खुट्टा ज्यादै लामा हुने बकुल्लाका आकारको ठुलो चरा।
90763 सारस ना. २. हाँस, हंस।
90764 सारस ना. ३. चन्द्रमा ४. कमल वि. ५. तलाउसम्बन्धी जलाशयको।
90765 सारसङ्क्षेप ना. कुनै शोधप्रबन्धको सङ्क्षिप्त ढाँचाकाँचा।
90766 सारसङ्क्षेप ना. २. सार रूपमा आएको सङ्क्षेप, सारपूर्ण सङ्क्षेप, सार एवं सङ्क्षेप।
90767 सारसुर ना. मालसामान यताको उता र उताको यता राख्ने काम सार्ने काम।
90768 सारसुर ना. २. सुरसार।
90769 सारसोर ना. स्पष्ट उच्चारणका साथ हातको सार लगाएर वेदको मन्त्र पाठ गर्ने काम।
90770 सारसौंदो वि. बिरामी वा बिसन्चो नभएको, निरोगी, तन्दुरुस्त, स्वस्।
90771 सारसौंदो वि. २. मोटोघाटो, हृष्टपुष्ट।
90772 सारस्वत वि. सरस्वतीको भक्त, सरस्वतीसम्बन्धी, वाणीसँग सम्बन्धि।
90773 सारस्वत वि. ना. २. प्रसिद्ध व्याकरणग्रन्।
90774 सारस्वर ना. स्वरको आरोहअवरोहअनुसार हात हल्लाएर वेद पाठ गर्ने काम, सारसोर।
90775 सारांश ना. सारभाग, निचोर, निष्कर्ष।
90776 सारांश ना. २. कुनै कुरो वा लेखको सङ्क्षिप्त रूप तेरिज, मजबुन।
90777 सारांश ना. ३. आशय तात्पर्य अभिप्राय।
90778 सारांश ना. ४ नतिजा परिणाम।
90779 सारांश ना. ५. परिशिष्ट उपसंहार।
90780 सारा वि. भएजति सबै; सम्पूर्ण समस्।
90781 सारा वि. २. भएजति यावत्।
90782 सारिका ना. चुच्चो आँखाको डिल र खुट्टा पहेँलो हुने र अरुसर्वाङ्ग कालो हुने, सिकाएमा मानिसको बोली बोल्ने एक पक्षी, मैना।
90783 सारिका ना. २. सारौं चरा।
90784 सारिणी ना. ग्रहगति, ग्रहफल, समयक्रम आदिको उल्लेख भएको ज्योतिषशास्त्रीय तालिका वा कोष्ठक।
90785 सारिणी ना. २ सहदेवी, महामना बुटी, पीतपुष्पी।
90786 सारिणी ना. २. कपास।
90787 सारिणी ना. ३. पहेँलो खालको सिसौ।
90788 सारिणी ना. ४. आँखाको ज्योति बढाउने एक जातको जङ्गली जडीबुटी, रातो पुनर्नवा।
90789 सारिणी ना. ५. जलधारा प्रवाह।
90790 सारिणीकरण ना. कुनै खास तथ्य वा तथ्याङ्कलाई अन्तिम रूप दिएर क्रमबद्ध तरिकाले लेख्ने काम रेखाद्वारा कोठाकोठा बनाई त्यसमा कुनै विषय वा अङ्कलाई क्रमिक रूपमा राख्ने प्रक्रिया।
90791 सारिनु क.क्रि. सार्ने काम गरिनु।
90792 सारी ना. आइमाईहरूले कम्मरदेखि गोलीगाँठासम्म ढाक्ने गरी लगाउने एक प्रकारको फरिया, जनाना धोती साडी।
90793 सारी ना. २. रेसमी, जरी आदिको बुट्टा भएको, स्त्रीहरूले लगाउने बहुमूल्य धोती।
90794 सारी ना. सारौं चरा।
90795 सारी ना. २. पच्चिस, पासा आदि खेलको गोटी।
90796 सारी ना. ३. धारिला मोटा खण्डे पातहरूमा काँढैकाँढा उम्रने सानो रुख, सिउँडी।
90797 सारीकोटो ना. सारौं, सारौंटे।
90798 सारूप्य ना. समान रूप हुनाको भाव, गुण वा अवस्था, एकरूपता उस्तै स्वरूप भएको स्थिति।
90799 सारूप्य ना. २. जीवात्मा परमात्माका रूपमा मिल्ने स्थिति मुक्तिको एक भेद।
90800 सारो वि. नरम नभएको, धेरै खँदिलो, कडा, साह्रो।