Dictionary

All Word

90801 सारो वि. ना. २. ज्यादै बिरामी भएको स्थिति, सिकिस्तको अवस्था।
90802 सारोपा ना. लक्षणाशक्तिको एक भेद, उपमानमा उपमेयको आरोप गरिने एक प्रकारको लक्षणा।
90803 सारुँ ना. हे. सारौ।
90804 सारौं ना. कालो रङको शरीर, पहेँला खुट्टा र पहेंलै चुच्चो हुने, काली र डाङ्ग्रे गरी दुई जात भएको सानो चरो, रूपी, सारौंटे।
90805 सारौंटी / सारौंटे ना. सारौं; सारुँ।
90806 सार्क ना. एक जातको ठुलो समुद्री माछो।
90807 सार्क ना. साउथ एसियन एसोसियसन फर रिजनल कपरेसनको सङ्क्षिप्त रूप आपसी सहयोग, समझदारी र सद्भावनाका माध्यमबाट क्षेत्रीय सम्बन्धको विकास गर्ने उद्देश्यबाट दक्षिण एसियाका सात देश (भारत, पाकिस्तान, नेपाल, बङ्गलादेश, श्रीलङ्का, भुटान र मालदिव्स) को सहभागितामा ऐतिहासिक प्रथम शिखर सम्मेलनद्वारा वि. सं. २०४२ मा संस्थापित काठमाडौं सचिवलय रहेको अन्तर्राष्ट्रिय स्तरको एउटा सङ्गठन।
90808 सार्की ना. नुनिलो माटो वा क्षारको प्रयोग गरेर काँचो छालालाई बलियो र पाको बनाउने परम्परित काम भएको एक जाति, छालाको काम गर्ने व्यक्ति, चर्मकार।
90809 सार्की खटिरो ना. प्रायः हातका औँलाका जोर्नी भएका ठाउँमा निस्कने पानी भरिएर डहाउने एक घातक खटिरो।
90810 सार्जङ ना. नेपालको एउटा पुरानो पल्टन।
90811 सार्थ वि. अर्थ वा मतलब भएको, अभिप्राययुक्त, सार्थक।
90812 सार्थ वि. ना. २. व्यापारीहरूको दल, देशविदेश घुम्दै वाणिज्य, व्यवसाय गर्ने जमा।
90813 सार्थ वि. ३. समूह, टोली।
90814 सार्थक वि. अर्थअनुसारको अर्थले बताएबमोजिमको मतलब भएको।
90815 सार्थक वि. २. सफल, सिद्ध, अनुकूल।
90816 सार्थक वि. ३. काम लाग्ने, उपयोगी।
90817 सार्थकता ना. सार्थक हुनाको भाव, गुण वा स्थिति, सफलता।
90818 सार्थवाह ना. वैदेशिक वा समुद्री व्यापारी घुमन्ता व्यापारी।
90819 सार्थवाह ना. २. व्यापारी दलको नेता, प्रमुख व्यापारी।
90820 सार्ध वि. आधाले सहित; साढे ना.यो. २. साथ सँग सहि।
90821 सार्वकालिक वि. सबै कालमा हुने सबै समयमा पाइने।
90822 सार्वजनिक वि. सबै जनाको उपयोगका लागि बनाइएको, सबैलाई समान रूपले काम लाग्ने, सार्वजनीन (नियम, व्यवस्था, निर्माण, प्रयोग इ.)।
90823 सार्वजनिक वि. २. सबैसित सम्बन्ध भएको, धेरैसँग सम्बन्धि।
90824 सार्वजनिक गुठी ना. सर्वसाधारण जनताले वेलामौकामा उपभोग गर्न पाउने साझा गुठी, सबैको हक- भोगको गुठी।
90825 सार्वजनिक जग्गा ना. सरकार वा स्थानीय प्रशासनको अधीनमा रहेको र सर्वसाधारण जनताले समेत समान रूपमा उत्सव समारोह आदिमा उपभोग गर्न पाउने जग्गा।
90826 सार्वजनिक जवाफदेही वि. सार्वजनिक रूपमा जवाफ दिनुपर्ने वा त्यस्तो उत्तरदायित्व भएको (काम, पद आदि)।
90827 सार्वजनिक बाटो ना. सबैले हिँड्न वा चल्तीफिर्ती गर्न पाउने बाटो।
90828 सार्वजनिक बिदा ना. सबै तहका वैतनिक वा अवैतनिक कामदारहरूले समान रूपले उपभोग गर्न पाउने बिदा।
90829 सार्वजनिक लेखा समिति ना. विनियोजनलेख वा आधिकारिक सभामा प्रस्तुत अरू कुनै हिसाबको जाँचबुझ गरी प्रतिवेदन तयार गरी पेस गर्ने सार्वजनिक समिति।
90830 सार्वजनिक संस्था ना. सर्वसाधारण जनताको भलाइका लागि खोलिएको संस्था।
90831 सार्वजनिक सभा ना. सर्वसाधारण जनताको भेला हुने सभा।
90832 सार्वजनिक सुरक्षा ना. सर्वसाधारण जनतालाई उपद्रवी तत्त्वको सम्भावित आघातबाट बचाउन गरिने बन्दोबस्।
90833 सार्वजनिक स्थान ना. सार्वजनिक जग्गा।
90834 सार्वजनिक हित ना. सबै जनालाई विनाभेदभाव प्रदान गरिने कल्याणकार्य।
90835 सार्वजनीन वि. विश्वजनीन, सार्वभौम सार्वजनिक।
90836 सार्वदेशिक वि. सम्पूर्ण देशसँग सम्बन्ध भएको, सबै देशको।
90837 सार्वदेशिक वि. २. जहाँतहीं पाइने।
90838 सार्वनामिक वि. सर्वनामसम्बन्धी सर्वनामको।
90839 सार्वभौम वि. सम्पूर्ण भूमिसँग सम्बन्धित सबै पृथ्वीको।
90840 सार्वभौम वि. २. कुनै एक राष्ट्रअन्तर्गतको यावत् भूमिसम्बन्धी, राष्ट्रको भूभागसँग सम्बन्धि।
90841 सार्वभौम वि. ना ३. सम्पूर्ण पृथ्वीको मालिक, चक्रवर्ती, सम्राट्।
90842 सार्वभौम वि. ४. उत्तर दिशामा रहेको दिग्गज।
90843 सार्वभौमसत्ता ना. राज्यका चार तत्त्व जनसङ्ख्या, भूभाग, सार्वभौमसत्ता र सरकारमध्ये एक तत्त्व, नेपालको राजनीतिक व्यवस्थाअनुसार सर्वसाधारण जनतामा रहेको राज्यगत सर्वोच्च शक्ति, सार्वभौमिकता, प्रभुसत्ता।
90844 सार्वभौमसत्ता सम्पन्न वि. सार्वभौम सत्ताले युक्त भएको प्रभुसत्तासम्पन्न (राष्ट्र)।
90845 सार्वभौमिक वि. सार्वभौम।
90846 सार्वभौमिकता ना. सार्वभौम सत्ता।
90847 साल ना. बाह्र महिनाको समय, वर्ष, संवत्।
90848 साल ना. गर्भको बच्चालाई चारैतिरबाट बेरेर सुरक्षा प्रदान गर्ने र बालक जन्मँदा नाभिमा जोरिएर आउने आन्द्रो तथा मांसपेशी,औँरो, काँडो।
90849 साल ना. तिल, तोरी, रायो आदि पेलेर तेल निकाल्ने यन्त्र कोल।
90850 साल ना. २. दुई काठ जोर्नका लागि दुवैमा प्वाल पारी ठोकिने काठको कीला, काठको चुकुल।