Dictionary

All Word

90901 सावधानी ना. सावधान हुनाको भाव वा स्थिति सतर्कता।
90902 सावधि वि. हद वा सीमा तोकिएको अवधि किटिएको।
90903 सावधि वि. २. सीमा बाँधिएको, मर्यादि।
90904 सावधिक वि. समय तोकिएको, निश्चित समयमा निस्कने वा प्रकाशित हुने (पत्रपत्रिका) तोकिएको समयमा पूरा गरिने (काम)।
90905 सावधिक जीवन बिमा ना. केही वर्ष तोकेर त्यस अवधिमा पूरा गरिने जीवन बिमा।
90906 सावधिक निक्षेप ना. विशेष अवधि वा समयसम्मका लागि जम्मा गरिने रुपियाँपैसा आदि; म्यादी खातामा जम्मा गरिएको रकम।
90907 सावधिक पत्र ना. निश्चित अवधिमा प्रकाशित हुने पत्रपत्रिका।
90908 सावधिक पद ना. समय वा म्याद तोकिएको वैतनिक वा अवैतनिक पद।
90909 सावधिक परीक्षा ना. छात्रछात्राहरूको प्रमुख परीक्षाबाहेक खासखास अवधिमा लिइने परीक्षा (टर्मिनल)।
90910 सावयव वि. अवयव वा अङ्गहरूले सहि।
90911 सावयव रूपक ना. उपमेयवर्गका नाना अवयवअवयवीहरूमा उपमानवर्गका नाना अवयवीहरूको आरोप भएमा हुने एक रूपक।
90912 सावरी ना. भारतको राजपुताना प्रदेशमा भएको नुनिलो पानीको झिलबाट तयार गरिएको नुन, साबरी।
90913 सावरी ना. वि. २. उक्त फिलबाट तयार गरिएको (नुन)।
90914 सावरी ना. चिल्लो बान्कीको, तिखो चुच्चो हुने र सेतो तथा रातोरातो रङ्गको एक थरी चरो।
90915 सावाँ ना. मूलधन; साउँ।
90916 सावाँब्याज ना. सावाँ र ब्याज।
90917 सावा ना. सभा; कचहरी; गोष्ठी।
90918 सावा ना. २. सूर्यमण्डल।
90919 सावा ना. ३. चन्द्रमण्डल।
90920 सावासुत ना. गाउँघरमा कचहरी वा सभा आदि गर्दा गराउँदा तिर्नुपर्ने दस्तुर, सभाशुल्क।
90921 सावित्री ना. सूर्यलाई स्तुति गरिएको वेदमन्त्र गायत्री मन्त्र।
90922 सावित्री ना. २. सरस्वती।
90923 सावित्री ना. ३. पुराणप्रसिद्ध सत्यवानकी पतिव्रता पत्नी।
90924 सावित्री ना. ४. पतिव्रता नारी।
90925 सावित्री ना. ५. सौभाग्यवती नारी, सधवा स्त्री।
90926 साश्रु वि. आँसुले भरिएको (आँखा); आँखामा टिलपिल- टिलपिल आँसु लिएको (व्यक्ति)।
90927 साश्रु वि. क्रि.वि. २. गहभरि आँसु लिएर।
90928 साष्टाङ्ग वि. आठ अङ्ग (शिर, हात, गोडा, हृदय, आँखा, तिघ्रा, वचन र मन ) ले सहित; अष्टाङ्गयुक्।
90929 साष्टाङ्ग वि. २. मन, वचन र कर्मले गरिएको, श्रद्धायुक्।
90930 साष्टाङ्ग दण्डवत् प्रणाम ना. पूज्य व्यक्ति वा देवतालाई दण्ड वा लट्ठी जस्तै पसेर आठै अङ्गले भुइँ छुने गरी हात जोडेर गरिने प्रणाम त्यसरी नम्रता देखाउँदै गरिने ढोग, नमस्कार वा अभिवादन।
90931 सास ना. नाक वा मुखबाट प्राकृतिक तवरले हावा भित्र खिची फोक्सोमा पुप्याएर त्यही वायु बाहिर निकाल्ने काम; श्वास।
90932 सास ना. २. त्यसरी भित्र-बाहिर गर्ने वायु।
90933 सास ना. ३. ज्यान, प्राण, जीवन।
90934 सास न वास ना. सास पनि नफेर्ने, बोल्दा पनि नबोल्ने अवस्था।
90935 सासना ना. पीडा, कष्ट, सास्ती।
90936 सासू ना. पतिकी आमा।
90937 सासू ना. २. पत्नीकी आमा।
90938 सासूससुरा ना. पति वा पत्नीका बाबुआमा।
90939 सासूबुहारी ना. पतिकी आमा र पुत्रवधू।
90940 सासेर ना. बिसौली, धार्नी आदिको तौलप्रणालीमा धार्नी पूरा हुन आधा बोडी कम भएको नापो; सात सेर।
90941 सास्ती ना. सासना; यातना; कष्ट; पीडा।
90942 सास्ती ना. २. दण्ड; सजाय।
90943 साह ना. मधेसमा तेली, कानू, सुनार आदि व्यवसायी जातिको नामका पछि प्रयोग गरिने आदरसूचक शब्द वा थर।
90944 साह ना. ठकुरीको एक थर।
90945 साह ना. २. राजा, बादशाह।
90946 साह ना. ३. ठकुरी क्षेत्रीको एक उपाधि।
90947 साहजादा ना. राजाका छोरा वा भाइ।
90948 साहजादी ना. राजाकी छोरी वा बहिनी।
90949 साहचर्य ना. साथै हिँडडुल गर्ने र खानपिन गर्ने काम, सधै साथमा रहने काम, सङ्गति।
90950 साहचर्य ना. २. सहचर हुनाको भाव वा अवस्था, मेलमिलाप।