Dictionary

All Word

90851 साल ना. सालको रुख, शालवृक्ष।
90852 साल ना. २. एक जातको माछो।
90853 साल ना. ३. पर्खाल।
90854 साल ना. दोसल्ला जस्तो उनी वा रेसमी ओढ्ने वस्त्र।
90855 सालक ना. जिउभरि माछाको जस्तै कल्लैकत्ला भएको, लामोमोटो पुच्छर हुने, हरेक खुट्टामा पाँचपाँचवटा नङ हुने, जलथल दुवैमा हिँड्ने चतुष्पद प्राणी।
90856 सालखुट्टे ना. एक जातको जडीबुटी।
90857 सालघारी ना. सालका रुखहरू प्रशस्त भएको ठाउँ, सालका रुखहरूको समूह।
90858 सालतमाम ना. सालको समाप्ति, वर्षको अन्त बर्खान्।
90859 सालतमामी ना. सालतमाम।
90860 सालधूप ना. सालको रुखबाट निस्कने खोटो, सालको धूप।
90861 सालनाल ना. बच्चा जन्मदा साथसाथ निस्कने साल र नाल, गर्भको बच्चा बेरेर निस्केको नसा र मासुको लुँदो, जरायु।
90862 सालबसाल क्रि.वि. हरेक साल, प्रत्येक वर्ष बर्सेनि सालिन्दा।
90863 सालबसाली ना. हरेक वर्षको प्रतिवर्ष हुने।
90864 सालसुल ना. तिरतार; लेनदेनको फर्स्योट, फच्चे; चुक्ता।
90865 साला वि. साल वा वर्षसम्बन्धी वार्षिक; सालको।
90866 साला ना. सालो'को तिर्यक् रूप।
90867 साला ना. २. कसैलाई गाली गर्दा हेपेर बोलिने शब्द साले।
90868 सालाखाला क्रि.वि. दुई वा सोभन्दा बढी भिन्न वस्तु एकै ठाउँ पार्ने वा मिलाउने गरी छ्यासमिस।
90869 सालाखाला क्रि.वि. २ सानोठुलो, असल मसलको रोखपोख मिलाएर सरदर।
90870 सालाना क्रि.वि. हरसाल, प्रतिवर्ष सालियाना।
90871 सालाना क्रि.वि. वि. २. सालभरमा हुने, सालबसाली।
90872 सालिक ना. धातु, ढुङ्गा, काठ आदिबाट बनाइएको कुनै व्यक्तिको प्रतिमूर्ति प्रतिमा सालिग।
90873 सालिक ना. २. स्मारकका रूपमा ठूलै आकारको बनाएर सार्वजनिक स्थल आदिमा राखिने धातु वा ढुङ्गाको मूर्ति।
90874 सालित्र ना. पशुचिकित्सक, पशुवैद्य।
90875 सालिन्दा क्रि.वि. हरेक साल, प्रतिवर्ष बर्सेनि।
90876 सालिभे ना. एक जातको फट्याङ्ग्रो।
90877 सालिम मिस्री ना. धेरै लामा र ठुला पात, कोसाका रूपमा फुल्ने सेता फूल र पिँडालुको जस्तो कन्द हुने एक जातको बुटी; सुधामूली।
90878 सालिम्बो ना. खर जस्तै एक किसिमको घाँस।
90879 सालियाना वि. सालैपिच्छेको; हरेक सालको; प्रतिवर्ष हुने।
90880 सालियाना वि. ना. २. सालिन्दा बुझाइने रकम।
90881 साली ना. पत्नीकी बहिनी।
90882 साले ना. कुनै व्यक्तिलाई हेपेर गाली गरिने शब्द।
90883 सालेबम ना. चारवटा घोडा जोतेर तानिने ठुलो बग्गी।
90884 सालेमाले ना. मुछ्ने वा मथल्ने काम, सरोबर, मिसमास।
90885 सालैज्यू ना. लोकगीतको बिचबिचमा प्रयोग गरिने एउटा थेगो; मगर जातिले रोदी बस्दा गाउने गीतको दोहोरिने भाग।
90886 सालैज्यू ना. २. मगरजातिले मादल बजाउँदै गाउने रोदीगीतको एक भेद।
90887 सालो ना. पत्नीको भाइ।
90888 सालोक्य ना. आराध्य ईश्वरको लोकमा सदा रहन पाइने मुक्ति, मुक्तिको एक प्रकार।
90889 साल्ट ट्रेडिङ ना. नुन, चिनी आदिको बिक्री वितरण।
90890 साल्ट ट्रेडिङ कर्पोरेसन ना. नेपालमा कम्पनी ऐनअनुसार अर्धसरकारी संस्थाका रूपमा खुलेको, नुन, चिनी आदि बिक्रीवितरण गर्ने संस्थान।
90891 साल्बू ना. हिउँ पग्लेका समयमा नेपालबाट भोटतर्फ आवतजावत गर्ने, रसुवा जिल्लामा रहेको एक प्रसिद्ध घाटी।
90892 साल्मी ना. सालसम्बन्धी वा तेल पेल्ने काम गर्ने नेवार जातिको एक थर मानन्धर।
90893 साल्मे ना. भीरमा पाइने एक प्रकारको घाँस।
90894 सावकाश वि. छुट्टी वा अवकाश पाएको, फुर्सद भएको।
90895 सावकाश वि. क्रि.वि. २. फुर्सदमा; मौकामा।
90896 सावगास ना. आफ्नो आर्थिक अवस्था, सीमित जायजेथा।
90897 सावगास ना. २. सामर्थ्य शक्ति।
90898 सावगास ना. ३. अवसर मौका, अनुकूलता।
90899 सावधान वि. एकाग्र वा एकमना भएको, होसियार, सचेत, एकाग्र।
90900 सावधानता ना. होसियारी, सतर्कता।