Dictionary

All Word

90951 साहचर्यवाद ना. समय र स्थानगत सामीप्यले गर्दा खासखास वस्तु वा प्रक्रियासँग सम्बद्धता गाँस्ने मानसिक प्रक्रिया, खास परिस्थिति वा तत्त्वसँग प्रत्यक्षीकृत तथा अर्थपूर्ण सम्बन्धद्वारा अनुक्रियाढाँचा प्राप्त गर्ने वा सिक्ने मनोवैज्ञानिक सिद्धान्।
90952 साहनवाहन ना. सरसामान र भाइभतिजाहरू।
90953 साहनवाहन ना. २. आफ्ना साधन र अनुचर, मालमत्ता र भरिया।
90954 साहनवाहन ना. ३. चाहिने सामग्री र बोक्ने हात्तीघोडाहरू।
90955 साहब ना. हे. साहेब।
90956 साहस ना. कठिन वा अप्ठेरा काम पनि गर्ने आँट; हिम्म।
90957 साहस ना. २. लूट; बलात्कार; अपहरण।
90958 साहसिक वि. साहस भएको आँटी, साहसी।
90959 साहसिक वि. २. निर्भीक, निडर।
90960 साहसिक वि. ३. पराक्रमी, शक्तिशाली।
90961 साहसिक वि. ४. क्रूर, निष्ठुर, निर्दय।
90962 साहसिलो वि. हिम्मत भएको, साहसयुक्त, आँटिलो।
90963 साहसी वि. साहसिलो, साहसिक।
90964 साहा ना. सामन्त वा राजाहरूलाई प्राप्त एक प्राचीन उपाधि।
90965 साहा समागमका लागि भैंसीले राँगो खोज्ने वा गाईले बहर खोज्ने काम।
90966 साहा २. समागम भएका गाईभैंसीको गर्भ नरही फेरि समागम गर्ने इच्छा उल्टाइ।
90967 साहा ना. हिलो सम्म पार्ने दाँजस्तो कृषि औजार।
90968 साहाबेसाहा ना. खरिदबिक्री गरिने अन्नपात र मालमत्ता आदि बेसाहा।
90969 साहाबेसाहा ना. २. बेसाहाको दरभाउ।
90970 साहाय्य ना. धेरैतिरबाट भएको मद्द।
90971 साहाय्य ना. २. मित्रता; मैत्री; हारगुहार।
90972 साहिँली वि. जन्मको क्रमले गन्दै जाँदा तेस्री (स्त्री); माहिलीपछि जन्मेकी।
90973 साहिँली औँलो ना. माझी औंलो कान्छी औँलाका बिचको औँलो, अनामिका।
90974 साहिँलो वि. जन्मको क्रमले तेस्रो (भाइ); माहिलोपछि जन्मेको, साइँलो।
90975 साहिँलो वि. ना. २. साहिँलीको लोग्ने।
90976 साहित्य ना. सहित हुनाको भाव, गुण वा अवस्था, साथ रहेको स्थिति।
90977 साहित्य ना. २. कुनै देश वा जातिको व्यावहारिक वा भावनात्मक विषयसम्बन्धी ग्रन्थ लेख आदि, वाङ्मय।
90978 साहित्य ना. ३. जीवनजगत्सँग सम्बद्ध विविध विषयमा सौन्दर्य, रूप, गुण, भावुकता आदिका दृष्टिले अभिव्यक्त हुने वा रचिने हृदयस्पर्शी लेख, ग्रन्थ आदि।
90979 साहित्य ना. ४. इतिहास, पुराण, पुराकथा वा समाज आदिबाट उपजीव्य वस्तु लिएर रस, छन्द, अलङ्कार आदिले यथासम्भव सजाई रचिएको गद्य वा पद्यकृति, काल्पनिक र भावुकतापूर्ण पद्यमय वा गद्यमय रचना (कविता, खण्डकाव्य, महाकाव्य, नाटक, कथा, उपन्यास आदि)।
90980 साहित्य ना. ५. परस्पर सापेक्ष पदको एउटै क्रियामा हुने अन्वय।
90981 साहित्य ना. ६. गद्य वा पद्यकृतिहरूबाट हुने रसको आस्वाद।
90982 साहित्यकार ना. साहित्यका ग्रन्थहरू लेख्ने व्यक्ति, गद्य वा पद्यकृतिको रचयिता, कवि वा गद्यकार, लेखक।
90983 साहित्यानुरागी वि. साहित्यमा अनुराग राख्ने, साहित्यप्रेमी।
90984 साहित्यिक वि. साहित्यसँग सम्बन्ध राख्ने, साहित्यसम्बन्धी।
90985 साहित्यिक वि. ना. २. साहित्यकार।
90986 साहित्यिक उपनाम ना. लेखक वा कविहरूले आफ्ना कृतिमा प्रकाशित गर्ने वास्तविकभन्दा अर्को नाम।
90987 साहित्यिक भाषा ना. साहित्यका फाँटमा प्रयोग हुने आलङ्कारिक र भावपूर्ण भाषा; काव्यभाषा।
90988 साहिनु/साहिनो ना. जन्म गोत्र वा कुटुम्बको सम्बन्धबाट बन्ने नाता; साइनु; नातो।
90989 साही वि. ठकुरीहरूको एक वर्गको पदवी।
90990 साही वि. हे.शाही।
90991 साही अधिपत्र ना. मानपदवी पाउने व्यक्तिहरूलाई राजाबाट प्रदान गर्ने गरिएको मानपदवीको प्रशस्तिसमेत भएको पत्र।
90992 साही आयोग ना. राजाबाट कुनै विशेष कार्यको सम्पादनका निम्ति गठन गरिने आयोग।
90993 साही घोषणा ना. राजा वा बादशाहबाट शासनक्षेत्रमा दिइने विशिष्ट वक्तव्य।
90994 साही परिवार ना. राजपरिवार।
90995 साही रक्षक ना. अङ्गरक्षक।
90996 साही सम्बोधन ना. राजाबाट देशवासीका नाममा गरिने सम्बोधन;भाषण।
90997 साही सूचना ना. राजाबाट जारी गरिने सूचना।
90998 साही सेना ना. नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र बन्नुपूर्वको नेपाली सेनाको नाम।
90999 साही स्वीकृति ना. संसदबाट पास भएका विधेयकलाई राजाबाट लालमोहर लगाउने काम।
91000 साही ना. जुर्रा (बाज ) को पोथी।