Dictionary

All Word

91001 साहुती ना. कानेखुसी; गुप्त सल्लाह, साउती।
91002 साहुल ना. डकर्मीले भित्ताको काम गर्दा सुर सोझो भएनभएको जाँच्ने ज्याबल, सबाल।
91003 साहु ना. व्यापारीका लागि प्रयोग गरिने आदरसूचक शब्द दुकानदार।
91004 साहु ना. २. सज्जन, भद्र व्यक्ति, भलादमी।
91005 साहु ना. ३. ऋण दिने वा ब्याजमा रुपियाँ लाउने व्यक्ति, सापट दिने व्यक्ति, धनी, महाजन।
91006 साहु ना. ४. पिराहा, सताउने व्यक्ति।
91007 साहु असामी ना. ऋण दिने र लिने व्यक्ति धनी र रिनी।
91008 साहुकार ना. रुपियाँपैसा सरसापट दिने र सुन-चाँदीको खरिद-बिक्री गर्ने व्यापारी महाजन।
91009 साहुकारी ना. साहुकारको पेसा, महाजनी।
91010 साहू ना. हे. साहु।
91011 साहेब ना. ठुलाबडा व्यक्तिलाई आदरसाथ सम्बोधन गरिने शब्द श्रीमान् महोदय, साहब।
91012 साहेब ना. २. मालिक, स्वामी; अधिपति।
91013 साहेबज्यू ना. राजपरिवारदेखि बाहेकका शाहवंशका कुनै व्यक्तिलाई श्री ५ बाट बक्सिने दर्जा।
91014 साहेबी वि. साहेबको; साहेब वा मालिकलाई सुनाइने, साहेबद्वारा गरिने।
91015 साहेबी वि. ना. २. साहेब हुनाको भाव वा अवस्था।
91016 साह्रै वि. / क्रि.वि. सिकिस्।
91017 साह्रो वि. गिलो नभएको, नरम नहुने, कडा, सारो।
91018 साह्रो वि. २. सिकिस्त असाध्य ( बिरामी। ) ३. चर्को उच्च (स्वर)।
91019 साह्रो वि. ४. बढ्ता ज्यादा अति।
91020 साह्रो वि. ५. खस्रो , दह्रो।
91021 साह्रो वि. ना. ६ ज्यादै बिरामी, मरणासन्न व्यक्ति।
91022 साह्रोगाह्रो वि. गाह्रो;अप्ठेरो; खनखाँचो; खट्टापट्टा; सन्धिसर्पन।
91023 सिँक्क क्रि.वि. सिँगान जोरसित बाहिर निकाल्ने वा मास्तिर खिचिने गरी; सिँगान फाल्दा आवाज आउने गरेर।
91024 सिँक्कसिँक्क क्रि.वि. लगातार सिँक्क गरेर।
91025 सिँगटो ना. पराइनुका जस्तै बोट र पात हुने एक रुख।
91026 सिँगडा ना. तीन कुना परेका पात हुने, पानीमा उम्रने, तीनकुने फल लाग्ने एक जातको लहरो, पानीरुख, सिङडा।
91027 सिँगडा ना. २. त्यसैको फल, पानीफल।
91028 सिँगडा ना. ३. सिँगडाको फल जस्तै तीनकुने पारी भित्र सुक्खा तरकारी हालेर बाहिरबाट गहुँको बेलेको काँचो रोटी बेरेर घिउ वा तेलमा पकाइएको नुनिलो खाद्यवस्तु।
91029 सिँगाउरी ना. पशुले सिङ जुधाई लड्ने वा सिङले माटो उधिनी खेल्ने काम; सिँगौरी; सिङाउरी।
91030 सिँगाउरो ना. मालसामान वा लगाउने कपडा झुन्ड्याउनका लागि अङ्कुसे पारी भित्तामा ठोकिएको काठ; सिँगौरो; सिङौरो।
91031 सिँगाउरो ना. २. मुलाको कोसो।
91032 सिँगान ना. नाकका प्वालबाट निस्कने कफजस्तो मल; सिँघान; सिङान।
91033 सिँगाने वि. नाकबाट सिँगान चुहाइरहने।
91034 सिँघाने / सिङाने लुरे, फोहोरी।
91035 सिँघाने / सिङाने ना. 3. सिँगान पुछ्ने रुमाल।
91036 सिँघाने / सिङाने ४. चिप्लो ऱ्यालजस्तो लेदो पदार्थ निस्कने एक झार।
91037 सिँघाने / सिङाने ५. टुसो पलाउँदा सिँगान जस्तै देखिने मालिङ्गो।
91038 सिँगार्नु स.क्रि. सिँगार गर्नु, अलङ्कृत पार्नु;सजाउनु, सिङारर्नु।
91039 सिँगार्नु स.क्रि. २. मरमसला हालेर तिहून तरकारी आदि देख्नमा राम्रो र खानमा स्वादिलो बनाउनु।
91040 सिँगार ना. शरीरको शोभा बढाउन लुगा, गहना र टीका आदि लाउने काम, केश कोरीबाटी लुगा, गहना र सिन्दूर, गाजल आदि लाउने काम शृङ्गार, ठाँटबाँट।
91041 सिँगार ना. २. शोभा, सौन्दर्य, राम्रोपन।
91042 सिँगार ना. ३. सजावट।
91043 सिँगारपटार ना. सिँगार्ने र सजिसजाउ पार्ने काम।
91044 सिँगारपटार ना. २. लुगा,गहना टीका आदिले शरीरलाई आकर्षक बनाउने काम।
91045 सिँगाराइ ना. सिँगार्ने भाव, क्रिया वा प्रक्रिया, सिँगारपटार।
91046 सिँगाराइ ना. २. लुगा, गहना आदिले सजिने वा सजाउने प्रक्रिया।
91047 सिँगारिनु अ.क्रि. / क.क्रि. सजिसजाउ होइनु वा गरिनु।
91048 सिँगारी ना. सर्वाङ्ग कालो र निधारमा सेतो ठाडो धर्सा परेको बाख्रो; सिँगारे।
91049 सिँगारु ना. छोराछोरी नपाउने स्त्री वा पुरुष, हिजडा, नपुंसक।
91050 सिँगारु ना. २. पश्चिम नेपालको विशेषतः जाजरकोट जिल्लामा प्रचलित एक प्रसिद्ध लोकनृत्य।