Dictionary

All Word

91101 सिंहपुच्छ्रे वि. ना. २. सिंहको जस्तो पुच्छर भएको एक जातको वानर।
91102 सिंहराज ना. वनको सम्राट्तुल्य शक्तिशाली सिंह।
91103 सिंहराज ना. २. वीर पुरुष।
91104 सिंहल ना. प्राचीन भारतको दक्षिणमा रहेको, केही मानिसका मतमा, वर्तमान श्रीलङ्का मानिने द्वीप, लङ्का द्वीप।
91105 सिंहली वि. सिंहलद्वीपमा हुने, सिंहलसम्बन्धी।
91106 सिंहली वि. २. सिंहलद्वीपको निवासी।
91107 सिंहली वि. ना. ३. सिंहलदीपको भाषा।
91108 सिंहावलोकन ना. सिंहले झैं पछिल्तिर फर्केर हेर्ने काम।
91109 सिंहावलोकन ना. २. पहिले गरिसकेका काममा बिचबिचमा लगाइने दृष्टि।
91110 सिंहावलोकन ना. ३. समीक्षा वा समालोचना।
91111 सिंहासन ना. दुवैतिर सिंहका मूर्ति उठाई तिनका पीठमा बनाइएको, राजा, देवता आदिको विशिष्ट आसन।
91112 सिइनु क.क्रि. सिउने काम गरिनु।
91113 सिउँडी ना. मसिना पाटापाटा परेका फूल फुल्ने, तीन वा तीनभन्दा बढी पाटा परेका हरिया डाँठ हुने, डाँठका टुप्पामा मात्र बाक्लो पात हुने र दुध निस्कने काँडादार बोट स्यूँडी, सिहुँडी।
91114 सिउँडे ना. तीन कुना परेका ठुला पात, धतुराका आकारका ससाना धेरै रङका फूल र राता गोला फल हुने एक जातको लहरो।
91115 सिउँदो ना. निधारमाथि शिरका रौं दायाँबायाँ पन्छाउँदा बिचमा पर्ने रेखा; स्यूँदो; सीमन्।
91116 सिउ ना. सिउने काम, तुन्ने काम (बालबोलीमा )।
91117 सिउनु स.क्रि. नाथ्रीमा उनेका सिया-धागाले गाँस्नु वा जोर्नु; तुन्नु; खुट्नु; सुर्कनु; स्यूनु।
91118 सिउनी ना. सिउने वा सिएको घर, सिएको ठाउँ वा डोब, सिलाइ स्यूनी।
91119 सिउनी ना. २. सिएको ज्याला; सिलाइको मजुरी।
91120 सिउर ना. मुजुर, जुरेली आदि चराका टाउकामाथि हुने केशगुच्छ; स्युर।
91121 सिउर ना. २ कुखुरा वा हाँसका टाउकामा च्याप्टो वा डोलो भई निस्केको मासुको लोलो।
91122 सिउर ना. ३. कपालमा मसिना आँठैआँठा झिकी बाटेको एक किसिमको चुल्ठो, सिउरी।
91123 सिउरनु स.क्रि. शिरमा, कोटकमिजको माथिल्लो खल्तीमा वा छाना, दलिनहुँदो कुनै हल्का वस्तु नखस्ने गरी राख्नु वा घुसार्नु, स्युरनु।
91124 सिउराइ ना. सिउरने भाव, क्रिया वा प्रक्रिया।
91125 सिउराइनु क.क्रि. सिउराउने काम गरिनु, सिउरन लाइनु।
91126 सिउराउनु प्रे.क्रि. सिउरने पार्नु; सिउरन लाउनु।
91127 सिउरिनु स.क्रि. सिउने काम गरिनु।
91128 सिउरी ना. कपालका रौंमा धेरै आँठा झिकी बाटिने एक किसिमको चुल्ठो, सिउर, स्युडी।
91129 सिउरी ना. २. भात, ढिँडो आदि पकाइएका भाँडा घेरामा लागेर सुकेको माड माम्रो।
91130 सिउरे वि. सिउर भएको, कल्कीवाल।
91131 सिउसिउ क्रि.वि. ज्यादै जाडोले मुखबाट बारबार सिउ आवाज निस्कने गरी।
91132 सिउसिउ क्रि.वि. ना. २. भेडा, बाख्रा , कुखुरा आदिलाई धपाइने शब्द।
91133 सिउसिउ राजा ना. जनश्रुतिबाट नाम चल्दै आएका एक राजा; शिवसिंह राजा।
91134 सिउसिउ राजा ना. (उदा.- अनि सिउसिउ राजाको पालो आयो, अनि शिवसिंह राजा भए।- बालकृष्ण सम, चिसो चुल्हो)।
91135 सिऔटो ना. सिएको वस्तु।
91136 सिक्नु स.क्रि. अरू कसैबाट कुनै कामकुरो वा बानीबेहोरा जान्नु बुझ्नु, अरूद्वारा ज्ञान हासिल गर्नु।
91137 सिक्नु स.क्रि. २. शिक्षा प्राप्त गर्नु, अध्ययन गर्नु, पढ्नु।
91138 सिक्नु स.क्रि. ३. अभ्यास गर्नु, रट्नु, घोक्नु।
91139 सिक्नु स.क्रि. ४. देखासिकी गर्नु, सिको गर्नु, नक्कल गर्नु।
91140 सिक ना. कुनै मालसामान अघचिलो पारेर झुन्ड्याउन डोरी, तार आदिबाट बनाइएको जाली, मालताल झुन्ड्याइने उझिन्डो।
91141 सिक ना. बाँस, काठ आदिको मसिनो, लामो छेस्को, सिन्का।
91142 सिक ना. २. अत्तर, तरल औषधी आदिले भिजाउन कपास, कपडा आदि बेरिएको सिन्को।
91143 सिकटे वि. सुकुटे, सिकुटे।
91144 सिकता ना. बालुवा।
91145 सिकता ना. २. बलौटे जमिन।
91146 सिकताश्म ना. भूगर्भशास्त्रका अनुसार बालुवा जमेर बनेको ढुङ्गो; बलौटे ढुङ्गो।
91147 सिकन्जा ना. कस्ने, थिच्ने वा निचोर्ने यन्त्र।
91148 सिकन्जा ना. २. कुनै अङ्ग बेसरी थिचेर अपराधीलाई सास्ती दिइने एक प्रकारको यन्त्र।
91149 सिकर्नी ना. पानी निथारेको दहीमा अलैँची आदि मसला र चिनी मिलाई फेटेर बनाइएको खाद्य वस्तु; रसालो; सिखर्नी।
91150 सिकर्मी ना. काठको चौकोस, झ्यालढोका र दराज आदि बनाउने कर्मी; काठको काम गर्ने कारिगर।