Dictionary

All Word

91151 सिकसिक क्रि.वि. घिन मानेर; निकनिक।
91152 सिकसिक क्रि.वि. वि. २. पूरै भिजेको।
91153 सिकसिक क्रि.वि. ३. भिजेर घिनलाग्दो भएको।
91154 सिकसिकाइ ना. सिकसिकाउने भाव, क्रिया वा प्रक्रिया।
91155 सिकसिकाइनु अ.क्रि. घिनाइनु।
91156 सिकसिकाउनु अ.क्रि. फोहोरमैला देखेर निकनिक मान्नु, सिकसिको लाग्नु; घिनाउनु।
91157 सिकसिको वि. पूरै भिजेको।
91158 सिकसिको वि. २. अलिअलि भिजेर घिनलाग्दो भएको; सिगसिगो।
91159 सिकसिको वि. ना ३. भिजेको ठाउँ।
91160 सिका ना. माटाका भाँडा आदि अघचिलो पारेर राख्नका लागि बिँडामा तीनतिर डोरी लाएर झुन्ड्याइएको वस्तु; सिक।
91161 सिकाइ ना. सिक्ने भाव, क्रिया वा प्रक्रिया।
91162 सिकाइनु क.क्रि. सिकाउने काम गरिनु; सिक्न लाइनु।
91163 सिकाउनु स.क्रि. कुनै नयाँ कामकुराको ज्ञान दिनु।
91164 सिकाउनु स.क्रि. २. शिक्षा दिनु, अर्ती वा उपदेश दिनु।
91165 सिकाउनु स.क्रि. ३. तालिम दिनु सधाउनु।
91166 सिकाउनु स.क्रि. प्रे. क्रि. ४. सिक्न लाउनु, ज्ञान गराउनु, बोध गराउनु, पढाउनु।
91167 सिकाकाई ना. एउटै भेट्नुमा पत्रपत्र परेका छदेखि बिस जोरसम्म पात हुने, लामा लहरा भएको, माथिल्लोपट्टि फिक्का हरियो त्यान्द्रे पात र पुष्पदलमा सेता नसा हुने, कोसाका रूपमा फल लाग्ने (लेगुनोसी समूहको) एक वनस्पति।
91168 सिकायत ना. कसैसँग कुनै व्यक्तिका विषयमा गरिने उजुरी वा चास्सचुस्स कुरा; छुल्याइँ; चुक्ली।
91169 सिकायत ना. २. शरीरमा हुने गडबडी, रोग; व्यथा।
91170 सिकार ना. एकमाथि अर्को खप्टिएको जस्तो सिङ हुने एक मृग, जरायो।
91171 सिकार ना. मनोविनोदका निम्ति तथा मासु खान वा दुर्लभ वस्तु प्राप्त गर्न वन्यजन्तु र पक्षीलाई लखेट्ने, समाउने गर्नुका साथै बन्दुक, गोली आदिले हिर्काई मार्ने काम; आखेट, ऐरो; मृगया।
91172 सिकार ना. २. त्यसरी समातिएको वा मारिएको पशुपन्छी।
91173 सिकार ना. ३. खाने मासु।
91174 सिकार ना. ४. अरूको जालमा अल्झेको वा त्यसबाट दुःखी भएको मानिस।
91175 सिकारी ना. सिकार गर्ने वा सिकार खेल्ने व्यक्ति।
91176 सिकारी ना. २. ब्याधा।
91177 सिकारी ना. वि. ३. सिकारसम्बन्धी; सिकारको।
91178 सिकारु वि. कुनै नयाँ कामकुरो सिक्न लागेको; सिक्न चाहने (व्यक्ति)।
91179 सिकिस्त वि. ज्यादै बिरामी मर्न आँटेको मरणासन्न।
91180 सिकिस्त वि. २. ज्यादै अप्ठेरो परिस्थितिमा अल्झेको, नराम्रो अवस्थामा परेको।
91181 सिकिस्त वि. ३. खाँचो, खट्टा।
91182 सिकिस्ती ना. बिरामीको मरणासन्न अवस्था सिकिस्तको स्थिति।
91183 सिकिस्ती ना. २. ज्यादै कठिन अवस्था।
91184 सिकिस्ती ना. ३. ठुलो खाँचो अत्यावश्यकता।
91185 सिकुटे वि. ज्यादै पातलो शरीर भएको, सुसुपाल, चमेरे।
91186 सिकुवा सिक्न लागेको सिकारु।
91187 सिकुवा ना. घरको भुइँतलामा रहेको प्रायः ठुलो कोठा, बैठककोठा।
91188 सिकुवा ना. २. मूल ढोकासँगै रहेको, बस्न मिल्ने खालको बाहिरी लाम्चो पेटी पिँढी।
91189 सिकुवा ना. ३. घरको गजतर्फको भाग वा छानो।
91190 सिकुवा ना. ४. घुमजस्तो एक प्रकारको पातलो छाता।
91191 सिको ना. अरूले गरेको देखेर त्यस्तै गरिने कामकुरा; नक्कल; देखासिकी।
91192 सिक्का ना. सरकारी टकसारमा तयार गरिएको, धातुको विभिन्न मूल्य भएको चक्की, मुद्रा, रुपियाँपैसा।
91193 सिक्का ना. २. आफ्नो धाक जमाउने काम; रवाफ।
91194 सिक्का ना. ३. हैकम; प्रभाव।
91195 सिक्ख ना. गुरु नानकले चलाएको धार्मिक सम्प्रदायको अनुयायी व्यक्ति, केश, काइँयो, कङ्कण, कृपाण र कछाड- यी पाँच चिजहरूलाई अँगाल्ने सिख सम्प्रदायका अनुयायी।
91196 सिक्टर ना. कसैको कामको मदतगार; कार्य-सहायक; अनुयायी।
91197 सिक्त वि. गउँत, पानी आदिले सेचन गरिएको, अभिषेक गरिएको अभिषिक्।
91198 सिक्त वि. २. पानीले लथपथ भएको भिजेको।
91199 सिक्थ ना. मइन, मोम।
91200 सिक्थ ना. २. महका चाकाको सुक्खा खोस्टो।