Dictionary

All Word

91051 सिँगारे वि. सिँगारपटार गरेको; ठाँट परेको।
91052 सिँगारे वि. २. सर्वाङ्ग कालो र निधारका दुई छेउमा ठाडो सेतो धर्सा भएको (बाख्रो; बोको आदि); सिङारे, सिङारी।
91053 सिँगारे वि. ना. ३. त्यस्तो बाख्रो वा बोको।
91054 सिँगालो वि. सिङ हुने, सिङ भएको।
91055 सिँगौरी ना. सिँगाउरी, सिङौरी।
91056 सिँगौरो ना. हे. १. सिँगाउरो।
91057 सिँगौरो ना. २. मुलाको कोसो।
91058 सिँघान ना. हे. सिँगान।
91059 सिँघाने वि. सिँगाने।
91060 सिँच्नु स.क्रि. पानी छर्कनु; सेचन वा अभिषेक गर्नु, छम्कनु; सिच्नु।
91061 सिँच्नु स.क्रि. २. बालीनालीमा कुलो वा अन्य कृत्रिम तरिकाले पानी पुऱ्याउने काम गर्नु, बोटबिरुवामा पानी छम्कनु।
91062 सिँचाइ ना. जग्गाजमिनमा कुलो वा अन्य कृत्रिम तरिकाले पानी लगाउने काम।
91063 सिँचाइनु क.क्रि सिँच्न लाइनु।
91064 सिँचाउनु प्रे. क्रि. सिँच्न लाउनु।
91065 सिँचिनु क.क्रि सिँच्ने काम गरिनु।
91066 सिँढी ना. अग्लो ठाउँ, मन्दिर, घरको तला आदिमा चढ्नका लागि खुड्किलाखुड्किला पारी इँट, ढुङ्गा, सिमन्टी आदिबाट बनाइएको भऱ्याङ, लिस्नु।
91067 सिँढी ना. २. खुड्किलो।
91068 सिँढी ना. ३. बिस्तारै उँभो लाग्ने वा उन्नति हुने क्रम।
91069 सिँढी ना. ४. पङ्क्ति श्रेणी।
91070 सिँदुर ना. सिन्दूर।
91071 सिँदुरजात्रा ना. सिन्दूरयात्रा।
91072 सिँदुरे ना. ससाना गाढा, राता झुप्पा भएका फल फल्ने, खैरो मञ्जरीका रूपमा फूल फुल्ने एक वृक्ष, त्यसैको फूल।
91073 सिँदुरे वि. सिँदुर भएको।
91074 सिँदुरे वि. ना. २. सम्पूर्ण शरीर कालो भई डँडाल्नोमा जुरोसम्मका केही रौं वा सिङनेरका केही रौं राता भएको गोरु।
91075 सिँदुरे वि. ३. विवाहमा दुलहीलाई सिन्दूर हाल्दा गणेशको प्रतिमाबाट दुलहीको सिउँदोसम्म सिन्दूरको अटूट रेखा हाल्दा भुइँमा नपरोस् भनी बिछ्याइने नयाँ कपडा।
91076 सिँदुरे वि. ४. विवाहमा दुलहाका तर्फबाट लगिने सिन्दूरको भाँडो वा थैली।
91077 सिँदुरे वि. ५. खरमा हुने र मान्छेका शरीरमा लाग्ने एक प्रकारको किरो।
91078 सिँदुरे आँप ना. भेट्नापट्टिको बोक्रामा सिँदुरको जस्तो रङ हुने आँप।
91079 सिँदुरे बट्टा ना. विवाहमा लगनको बेला सिँदुर हाल्ने बट्टा; पानबट्टा।
91080 सिँधिया ना. सिजिया।
91081 सिँधुली ना. जनकपुर अञ्चलको दक्षिणी पहाडी भागमा पर्ने एक जिल्ला सिन्धुली।
91082 सिँधुली ना. २. सिँधुली जिल्लामा रहेको एक प्रसिद्ध गढी।
91083 सिँधेनुन ना. सिन्धप्रदेशको पहाडी खानीबाट निस्कने हल्का रातो रङको पवित्र मानिएको, ढुङ्गाजस्तो सारो नुन।
91084 सिँधो वि. घिउतेल आदि चिल्लो हालेको, गोरस पुगेको।
91085 सिँधोपिठो ना. चिल्लो हालेर पकाएको पुवा, बाबर आदि।
91086 सिँवाली ना. एउटै भेट्नुमा तीनतीनवटा लाम्चा पात हुने, डल्ला खालका धेरै रङ्गका फूल फुल्ने एक जातको बोट।
91087 सिँवाली ना. पानीभित्रको ढुङ्गामा जम्ने काईजस्तो झ्याउ, पानीको सतहमा जम्ने काई, सिमाली।
91088 सिँवाली ना. २. त्यसैबाट बनाइएको पातलो रोटी; सागा।
91089 सिंह ना. गर्दनमा लामालामा जगर हुने, बलियो एक हिंस्रक जङ्गली प्राणी, शेर, केशरी।
91090 सिंह ना. २. बाह्रवटा राशिमध्येको पाँचौ राशि, कर्केट र कन्याको बिचको राशि।
91091 सिंह ना. ३. भाद्र महिनाको सङ्क्रान्ति।
91092 सिंह ना. ४. महान् पराक्रमी, नामुद वीर।
91093 सिंहचिल ना. एक प्रकारको मांसाहारी पक्षी।
91094 सिंहदरबार ना. वि. सं. १९६४- मा तयार भई राणा प्रधान मन्त्रीहरू बस्ने गरेको र सात सालपछि नेपाल सरकारको सचिवालय रहेको एक प्रसिद्ध र ऐतिहासिक विशाल भवन।
91095 सिंहद्वार ना. दरबार, मन्दिर आदिका मूलढोकामा दुवैतिर सिंह राखेर बनाइएको कलात्मक द्वार दरबार आदिको मूल ढोका।
91096 सिंहध्वज ना. नेपालको राष्ट्रिय झन्डा बोकेको, चारकुने पाटामा निर्मित सिंहको आकार वा चिह्न।
91097 सिंहनाद ना. सिंह गर्जंदा आउने आवाज, सिंहको गर्जन।
91098 सिंहनाद ना. २. युद्धमा विपक्षीलाई दिइने हाँक, ललकार।
91099 सिंहनाद ना. 3. हाँक दिएर भनिने कुरा; जोडका साथ गरिने कामकुरो।
91100 सिंहपुच्छ्रे वि. सिंहको पुच्छरजस्तो।