Dictionary

All Word

91201 सिक्री ना. धातुका मुन्द्राहरू एकअर्कामा जेल्दै बनाइएको साङ्लो, जन्जिर।
91202 सिक्री ना. २. सुन वा चाँदीका मसिना मुन्द्री जोडेर बनाइएको, शिरमा, निधारका दुईतिर वा गलामा लाउने मालाजस्तो गहना।
91203 सिक्रीटाँका ना. सिलाइमा सिक्रीजस्तो आकारको बनाएर दिइने टाँका।
91204 सिक्रे वि. सिक्रो मात्रै भएको।
91205 सिक्रेइलो वि. धेरै सिक्रा र थोरै पात भएको।
91206 सिक्रो वि. पात, फूल आदि झरिसकेको (बोट वा लहरा )।
91207 सिक्रो वि. २. ताप्के आदि माल झुन्ड्याउन रिङजस्तो चक्कालाई तीनतिरबाट तीनवटा डोरीले बाँधेर दलिनतिर राखिने एक किसिमको उझिन्डो; सिक।
91208 सिक्लाइ वि. सिक्ने भाव, क्रिया वा प्रक्रिया, सिकाइ।
91209 सिख ना. गुरु नानका अनुयायी।
91210 सिख ना. २. हे. सिक्ख।
91211 सिखर्नी ना. हे. सिकर्नी।
91212 सिखल ना. धान चुट्ने खलाको वरिपरि लगाइने नलको वा परालको घेरो।
91213 सिगरेट ना. चुरोट।
91214 सिगसिगाइ ना. सिकसिकाइ।
91215 सिगसिगाइनु अ.क्रि. सिकसिकाइनु।
91216 सिगसिगाउनु अ.क्रि. सिगसिगो मान्नु; सिकसिकाउनु।
91217 सिगसिगो वि. हे. सिकसिको।
91218 सिगार ना. सुर्तीको पातमात्र पत्रैपत्र गरी बेरेर बनाइएको एक प्रकारको ठुलो चुरोट।
91219 सिङ ना. प्रायः खुर भएका र मासु नखाने पशुहरूका टाउकामा उम्रेको, आत्मरक्षाका लागि हतियारको काम दिने हाडको सोठो; शृङ्ग; विषाण, सिँग।
91220 सिङजुरो ना. पूर्ण यौवनको चिनु, उमेर पुगेपछि बल, बुद्धि आउने स्थिति।
91221 सिङजुरो ना. २. जर्कटो हुने चाल।
91222 सिङजोरी ना. टाउको जुधाएर खेलिने केटाकेटीको एक खेल।
91223 सिङ न पुच्छर ना. फेद न टुप्पो।
91224 सिङ न पुच्छर ना. २. केही काम नलाग्ने अर्थ दिने व्यञ्जना।
91225 सिङपासे ना. दुहुँदा पुच्छर गाईबस्तुको सिङमा र खुट्टामा अल्झाउने डोरी।
91226 सिङपासो ना. सिङ जस्तै आँकुसे परेको पासो वा बन्धन।
91227 सिङपासो ना. २. सिङको पासो।
91228 सिङपुच्छर ना. सिङ र पुच्छर, छेउ र टुप्पो उठान र बैठान।
91229 सिङार ना. सिँगार।
91230 सिङार पटार ना. सिँगारपटार।
91231 सिङाराइ ना. सिङार्ने भाव वा क्रिया।
91232 सिङारु ना. सिँगारु।
91233 सिङारिनु अ.क्रि. सिँगारिनु।
91234 सिङारे वि. सिँगारे।
91235 सिङ्गमरमर / सिङ्गमर्मर ना. सङ्गमरमर।
91236 सिङ्गी ना. सासले तानेर शरीरको कुनै अङ्गमा भएको वात वा रक्तविकार हटाउने सिङ वा त्यस्तै आकारको कुनै ढुङ्ग्रो।
91237 सिङ्गुलै क्रि.वि. खास आफै स्वयम्।
91238 सिङ्गुलै क्रि.वि. २. सिङ्गो नै सिङ्गै।
91239 सिङ्गे माछो ना. जिउमा कत्ला हुने रातोरातो माछो।
91240 सिङ्गो वि. शिरपुछार सबै भएको, पूरै अङ्ग भएको सग्लो।
91241 सिङ्गो वि. २. एक मात्र केवल एक।
91242 सिङ्गो वि. ३. नफोरेको; नखोटिएको अखण्डि।
91243 सिङ्घसन ना. प्रायः हरियो रङको एक प्रकारको बहुमूल्य पत्थर।
91244 सिङ्घा ना. बिहा, व्रतबन्ध आदि उत्सवहरूमा विशेषतः थारूसमाजमा प्रचलित, फुकेर बजाइने नरसिङ्गाका आकारको सानो बाजा।
91245 सिङडा ना. हे. सिँगडा।
91246 सिङान ना. हे. सिँगान।
91247 सिङाने वि. सिँगाने।
91248 सिङार्नु स.क्रि. हे. सिँगार्नु।
91249 सिङौरी ना. हे. सिँगौरी।
91250 सिङौरो ना. हे. सिँगौरो।