Dictionary

All Word

91301 सित वि. २. चमकदार चहकिलो।
91302 सित वि. ३. सफा, स्वच्छ, सुग्घर।
91303 सित वि. ना. ४. शुक्लपक्ष, सुदी।
91304 सितन ना. भात, रोटी, ढिंडो, चिउरा आदिलाई स्वादिलो बनाउन साथमा खाइने तिहून, तरकारी, अचार, चटनी आदि खानेकुरो।
91305 सितमणि ना. काँचजस्तो पारदर्शक बहुमूल्य पत्थर, बिल्लौर।
91306 सितार ना. नखी लगाएको वा नलगाएको दाहिने हातका औंलाले तार तानेर देब्रे हातका औंलाले पर्दामा चाली झङ्कार निस्कने गरी स्वरसाधन गरिने, सात तार भएको एक तुम्बादार प्रसिद्ध बाजा।
91307 सितारा ना. सुन, चाँदी, अभ्रख आदिबाट बनेको, बाटुलो, चोसे आदि आकारको हुने, प्रायः शृङ्गारका लागि निधारमा तथा आँखाका घेरामा लगाइने र दुपट्टा, सारी आदिमा पनि जडिने, पातलो, ससानो टल्कने चक्की।
91308 सितारा ना. २. रातको समयमा आकाशमा चम्कने तारा।
91309 सितारिया ना. सितार बजाउने व्यक्ति।
91310 सितिमिति क्रि.वि. सानोतिनो प्रयासद्वारा, थोरै मेहनतले हत्तपत्।
91311 सितो ना. पाकेको चामलको दानो; भातको चुरो मरी फुलेको गेडो।
91312 सित्तैं क्रि.वि. कुनै मूल्य नलिईकन विनामोल।
91313 सित्तैं क्रि.वि. २. बिनसित्ति व्यर्।
91314 सित्तैं क्रि.वि. ३. अकारण, नाहक।
91315 सिद्ध वि. तयार भएको; बनेको, पूर्ण।
91316 सिद्ध वि. २. भने जस्तै परिणाम निस्केको सफल।
91317 सिद्ध वि. ३. उद्देश्य पूरा भएको।
91318 सिद्ध वि. ४. आध्यात्मिक सिद्धि प्राप्त गरेको।
91319 सिद्ध वि. ५. तर्क वा प्रमाणद्वारा ठिक ठहऱ्याइएको, प्रमाणि।
91320 सिद्ध वि. ६. सिपालु, दक्ष, निपुण।
91321 सिद्ध वि. ७. पाकेको, खान लायक।
91322 सिद्ध वि. ८. निश्चित, पक्का ना. अणिमा आदि अष्टसिद्धिमध्ये पूरै वा केही सिद्धि प्राप्त गरेको योगी।
91323 सिद्ध वि. १०. ऋषि तपस्वी।
91324 सिद्ध वि. ११. सत्ताइस योगमध्ये एक योग।
91325 सिद्ध वि. १२. पहेँलो सस्र्युं।
91326 सिद्ध वि. १३. एक देवयोनि।
91327 सिद्धगुटिका ना. अदृश्य हुनाका निम्ति मुखमा हालिने मन्त्रसिद्ध कल्पित गोली।
91328 सिद्धता ना. सिद्ध हुनाको भाव वा स्थिति।
91329 सिद्धपीठ ना. योग वा तान्त्रिक साधना चाँडै सिद्ध हुने, पहिलेका सिद्धहरू बसेको ठाउँ।
91330 सिद्धपोखरी ना. काठमाडौं उपत्यकाभित्र भक्तपुर नगरको पश्चिम छेउमा रहेको, प्रतिवर्ष मेला लाग्ने एक पोखरी।
91331 सिद्धहस्त वि. आफ्नो काममा राम्रोसँग हात बसेको छिटो र सफा काम गर्न सक्ने सिपालु।
91332 सिद्धा ना. ज्योतिषशास्त्रअनुसार आठ योगिनीमध्ये सातौँ योगिनी।
91333 सिद्धा ना. २. सिद्धि पाएकी नारी।
91334 सिद्धाञ्जन ना. आँखामा लगाउँदा भुइँभित्र दबिएको वस्तु पनि देखिने भनी प्रसिद्ध भएको, मन्त्रसिद्ध अञ्जन वा गाजल।
91335 सिद्धान्त ना. विचार, तर्क र अनुभवद्वारा स्थापित मत प्रमाणित विचार शृङ्खला।
91336 सिद्धान्त ना. २. साहित्य सङ्गीत, कला, विज्ञान आदिका सम्बन्धमा विद्वान्द्वारा प्रतिपादित सत्य रूपमा ग्रहण गरिएको मूल विचार मान्य म।
91337 सिद्धान्त ना. ३ ऋषिमुनिहरूको मान्य उपदेश।
91338 सिद्धान्त ना. ४. निचोर कुरो, सारतत्त्व।
91339 सिद्धान्त ना. ५. कुनै धार्मिक, दार्शनिक, राजनीतिक, सामाजिक आदि सर्वमान्य म।
91340 सिद्धान्त ना. ६. निश्चित मतका आधारमा लेखिएको कुनै शास्त्रीय ग्रन्।
91341 सिद्धान्त ना. ७. साधारण व्यवहारमा प्रायः एकरूपता ल्याउन स्थापित कुनै नियम।
91342 सिद्धान्तवादी वि. धर्म, दर्शन, राजनीति आदि क्षेत्रमा प्रतिपादित कुनै मतको कट्टर अनुयायी।
91343 सिद्धान्ती वि. शास्त्रीय सिद्धान्तहरूको धुरन्धर ज्ञाता।
91344 सिद्धान्ती वि. २. आफूद्वारा स्वीकृत धार्मिक, राजनीतिक आदि सिद्धान्तमा अडिग।
91345 सिद्धान्न ना. खान तयार गरिएको मिठाई, रोटी, भात आदि, पाकेको अन्न पक्वान्न।
91346 सिद्धान्न ना. २. एक जनालाई एक छाकजति खान पुग्ने चामल, दाल, आदि सरजाम सिधा।
91347 सिद्धार्थ ना. शाक्यवंशीय राजा शुद्धोदनका पुत्र गौतम बुद्ध लगभग अढाइ हजार वर्षपूर्व पश्चिम नेपालको लुम्बिनी- प्रदेशमा जन्मेर देशबाहिरसमेत बुद्धदर्शनको प्रचार गर्ने ऐतिहासिक महापुरुष।
91348 सिद्धार्थ ना. वि. २. मतलब पूरा भएको, आँटेको काम सफल भएको।
91349 सिद्धार्थ गौतम ना. गौतम बुद्ध।
91350 सिद्धार्थ राजमार्ग ना. गण्डकी अञ्चलको पोखरालाई लुम्बिनी अञ्चलको नेपालभारत सिमाना सुनौलीसँग जोड्ने गरी भारतीय सहयोगबाट बनेको एक सय असी किलोमिटर लामो सडक, सुनौली- पोखरा राजमार्ग।