Dictionary

All Word

91451 सिपालु वि. कुनै कामकुरो गर्नमा दक्षता प्राप्त गरेको; सिप भएको पोख्।
91452 सिपाही ना. फौज वा प्रहरीसेवातर्फको निम्नवैतनिक कर्मचारी।
91453 सिपाही ना. २. सेवक, दू।
91454 सिपी ना. पानी जमेको ठाउँमा समुद्रमा पाइने, शङ्खजस्तो कडा च्याप्टो खोलभित्र रहने एक जातको किरो।
91455 सिपी ना. २. टाँक, किलिप आदि बनाइने त्यसकै खोलको फग्ल्याँटो।
91456 सिप्किनु / सिप्किनो ना. स्याउलो आदिको सानो सिटो, घाँससहितको सानो हाँगो।
91457 सिप्रिक्क क्रि.वि. भित्र सुकेर चेप्टिने गरी; सेप्रो भएर स्याप्प।
91458 सिप्रिक्क क्रि.वि. २. टाँसिने वा गाँसिने चालले।
91459 सिप्रिङ ना. माछा मार्न प्रयोग गरिने, चोयाबाट बुनेको, डोकोजस्तो आकारको टोकरी।
91460 सिप्लिकान ना. लाम्चा नरम पात हुने, पहेँला फूल फुल्ने र गोल फल फल्ने तथा मुन्टाको अचार, तरकारी आदि खाइने एक जातको रुख।
91461 सिफर ना. बिफर बिग्रेर शरीरको जोर्नीमा आउने एक जातको खटिरो वा लोला।
91462 सिफारिस ना. कसैको कुनै काम सफल पार्नका लागि उसका बारेमा गरिने मौखिक वा लिखित प्रशंसा; अनुमोदन।
91463 सिफारिस ना. २. अरू कसैको कुनै कार्यसम्पादनका लागि कसैसँग गरिने अनुरोध; कसैको योग्यता वा कार्यक्षमताबारे लेखिएको पत्र, भनसुन।
91464 सिफारिस पत्र ना. कसैको योग्यता वा कार्यक्षमताबारे लेखिएको पत्र, नोकरी, विश्वास आदिको प्राप्तिका लागि सहयोग हुने गरी व्यक्ति वा संस्था आदिबाट गरिने प्रशंसाको लिखित पत्र।
91465 सिफारिसी वि. सिफारिस गरिएको अनुमोदि।
91466 सिभिल ना. निजामती।
91467 सिभिल ना. २. नागरिक, असैनिक।
91468 सिभिल इन्जिनियर ना. सार्वजनिक इन्जिनियर।
91469 सिभिल सर्जन ना. सर्वसाधारण रोगीको स्वास्थ्यका लागि चिरफार गर्ने चिकित्सक, अप्रेसन गर्ने डाक्टर।
91470 सिम ना. पानी कहिल्यै नसुक्ने जमिन चिसमिरो जग्गा, सिमसार।
91471 सिम वि. जग्गाका चार तह (अब्बल, दोयम, सिम, चहार) मध्ये तेस्रो, राम्रो खेती नहुने (जग्गा)।
91472 सिम वि. २. तेस्रो दर्जाको।
91473 सिमकाने ना. डाँठ नभएको, हरिया पात हुने, निलो फूल फुल्ने, भुइँमा घिस्रने एक जातको घाँस।
91474 सिमकुखुरो ना. जलकुखुरो।
91475 सिमघाँस ना. पहेँला धेरै फूल फुल्ने, पुष्पदल र फूल लामा हुने, सेता मसिना बियाँ वा बिउ भएको फल लाग्ने एक वनस्पति।
91476 सिमन्टी ना. घर आदि बनाउने काममा बलियो जोडाइका लागि माटाको सट्टा प्रयोग गरिने, ढुङ्गा आदिको रासायनिक मिश्रणबाट तयार पारिने एक किसिमको धुलो।
91477 सिमरायो ना. सिमसारमा हुने, परपऱ्याउने खालको रायो।
91478 सिमरौनगढ ना. सिम्रौनगढ।
91479 सिमल ना. राता ठुलठुला फूल फुल्ने, लाम्चो किसिमको कोसाभित्र बाटुला फल लाग्ने, एउटै भेट्नामा धेरै पात लाग्ने, भुवाबाट डसना, तकिया आदि बनाइने, काँडा हुने जातको ठुलो रुख।
91480 सिमलकन्द ना. पाँचपाँच कुना परेको पात, खुड्किलैखुड्किला परेको जस्तो डाँठ र प्युठाने मुलाका आकारको जरा हुने एक जातको बोट।
91481 सिमलकन्द ना. २. त्यसैको कन्दमूल।
91482 सिमलकाँडे वि. सिमलका काँडाको आकारको पुष्ट सानो चुच्चो परेको (स्तन)।
91483 सिमलकाँडे वि. २. त्यस्तो स्तन भएकी (युवती)।
91484 सिमलचरी ना. अन्नकी अधिष्ठात्री देवी; धान्यलक्ष्मी।
91485 सिमलट्टे ना. पानीलट्टे।
91486 सिमलतरुल ना. सिमलकन्द।
91487 सिमसार ना. पानी नसुक्ने र अलिअलि झार हुने चिसमिरो जमिन, पनौटे जग्गा सिम।
91488 सिमसार ना. २. हिलो र पानी भएको ठाउँ, धाप, दलदल।
91489 सिमसिम क्रि.वि. मसिना थोपाका साथ पानी परिरहने गरी बिरबिर, रिमरिम।
91490 सिमसिम क्रि.वि. ना. २. हल्का पानी परिरहने चाल।
91491 सिमसिमे वि. सिमसिम पानी परिरहेको (मौसम)।
91492 सिमाना ना. अन्तिम रेखा, साँध, सीमा २. किनारा, छेउ।
91493 सिमाना कर ना. सीमाकर।
91494 सिमाना जाँच ना. दुई देशका बिचको सीमारेखालाई दुरुस्त राख्न जाँचपडताल गर्ने काम।
91495 सिमाली ना. सिँवाली।
91496 सिमी ना. बोडीका जस्ता साना हरिया पात हुने, विभिन्न रङका फूल फुल्ने, हरिया वा सेता कोसा फल्ने लहरो त्यसैको कोसाभित्र हुने तरकारी, दाल आदिका लागि प्रसिद्ध गेडो।
91497 सिमे वि. सिमसम्बन्धी सिमको।
91498 सिमे वि. २. सिममा उम्रने सिमसारमा पाइने।
91499 सिमे वि. ना ३. सिमबाट उब्जने रोग।
91500 सिमे वि. ४. सिममा बस्छ भन्ने ठानिएको एक कल्पित देवयोनि।