Dictionary

All Word

91401 सिनु ना. पशुपन्छी आदिको मरेको शरीर, मुर्दा, लास।
91402 सिने कला ना. चलचित्रनिर्माण गर्ने वा चलचित्रमा अभिनय गर्ने सिप।
91403 सिनेट ना. विधायिकाका दुई सदनमध्ये एक सदन; प्रतिनिधिसभा।
91404 सिनेट ना. २ प्राचीन रोमको राष्ट्रपरिषद् वा व्यवस्थापिका।
91405 सिनेट ना. ३. अमेरिकाको प्रतिनिधिसभा वा उच्च सदन।
91406 सिनेट ना. ४. विश्वविद्यालयको प्रबन्धसमिति।
91407 सिनेटर ना. सिनेटको सदस्य, विधायक।
91408 सिने नाटक ना. विद्युत्तरङ्गीय प्रकाशपुञ्जबाट सेतो पर्दामा चलचित्रका रूपमा देखाइने नाटक।
91409 सिनेमा ना. विद्युत्तरङ्गीय प्रकाशपुञ्ज सेतो पर्दामा परेर गतिशील देखिने छायाचित्र, चलचित्र; बाइस्कोप।
91410 सिन्काउली ना. लाम्चा पात हुने, अण्डाकार साना फल फल्ने र सेता फूल फुल्ने एक रुख वा त्यसैको पात, तेजपा।
91411 सिन्की ना. खाडल वा गोल्फु, घैटो आदिमा खाँदेर अमिल्याइएको मुला, मुला खाल्डामा हाली गुम्साई अमिलो पसेपछि झिकेको, साँधेर अचार र झोलिलो तिहुन खाइने वस्तु।
91412 सिन्के ना. नेपाली कागज बनाउने काममा प्रयोग गरिने एक प्रकारको जङ्गली झार।
91413 सिन्के वि. सिन्का हुने, सिन्कैसिन्का भएको।
91414 सिन्के वि. २. सिन्काजस्तो मसिनो।
91415 सिन्केधूप ना. पातलो छेस्को वा बाँसको सरोमा धूपचूर्ण बेरी बनाइएको धूप, अगरबत्ती।
91416 सिन्केमुला ना. काठ पसेको सानो, झिनो मुला।
91417 सिन्को ना. पातहरू गाँस्नका लागि बनाइएको बाँसको मसिनो छेस्को।
91418 सिन्को ना. २. सिरुका पातका डाँठजस्ता ससाना लाम्चा टुक्रा, छेस्को।
91419 सिन्को कटाइ ना. विवाहविच्छेदका लागि जातिविशेषमा प्रचलित पुरानो प्रथा।
91420 सिन्को पाङ्ग्रो / पाङ्रो ना. पतिपत्नीको परस्पर परित्याग, सम्बन्धविच्छेद।
91421 सिन्को लुकाइ ना. माटाको थुप्रोमा सिन्को लुकाई खोजेर खेलिने एक थरी बालखेल, धूलीमाटी।
91422 सिन्कौली ना. सिन्काउली, तेजपा।
91423 सिन्कौली ना. २. सिन्कोलुकाइ खेल।
91424 सिन्जा ना. कर्णाली अञ्चलमा पर्ने प्रसिद्ध ऐतिहासिक स्थल।
91425 सिन्जाली वि. सिन्जा क्षेत्रमा पाइएको; सिन्जाको।
91426 सिन्जाली वि. ना. २. सिन्जाक्षेत्रको प्राचीन नेपाली भाषा वा भाषिका।
91427 सिन्डिकेट ना. कुनै कामकुरामा संयुक्त रूपमा लागेका व्यक्तिहरूको सङ्गठन।
91428 सिन्डिकेट ना. २. कुनै काम वा व्यापार चलाउन वा पूरा गर्न बनाइएको व्यक्तिगत कम्पनी।
91429 सिन्दुरे ना. विवाहमा दुलहीलाई सिन्दूर हाल्दा गणेश र ग्रहकलश भएको ठाउँबाट दुलहीको सिउँदोसम्म सिन्दूरको रेखा नटुटाई हाल्दै लगिने सेतो कपडाको थान।
91430 सिन्दुरे ना. २. गहुँको बोटमा लाग्ने सिन्दूरको रङको किरो।
91431 सिन्दुरे ना. वि. ३. सिन्दूरसम्बन्धी सिन्दूरको।
91432 सिन्दुरे ना. ४. सिन्दूर राख्ने, सिन्दूर हाल्ने (भाँडो)।
91433 सिन्दूर ना. सौभाग्यवती स्त्रीले शोभाका निम्ति निधारमा सिउँदामा लगाउने वा देवपूजामा प्रयोग गरिने सुन्तलारङको चूर्ण, सिंदुर।
91434 सिन्दूर ना. २. सौभाग्यशृङ्गार।
91435 सिन्दूर ना. 3. सरकारी कर्मचारीको शोभा वा मान (जस्तो- सरकारी सिन्दूर)।
91436 सिन्दूर ना. ४. नोकरी, सेवा।
91437 सिन्दूरजात्रा / यात्रा ना. कुनै ठुलो कार्य सिद्ध हुँदा गरिने देवदेवीको पूजासहितको नगरप्रदक्षिणा, सफलताको उत्सव।
91438 सिन्दूरजात्रा / यात्रा ना. २. राजाको राज्याभिषेकपछि गरिने नगरप्रदक्षिणा।
91439 सिन्दूरजात्रा / यात्रा ना. ३. ठुलो बाजी, प्रतियोगिता वा चुनाव आदिमा विजय हासिल गर्नेलाई रथ वा बग्गीमा राखी सिन्दूरलावा बर्साउँदै गरिने नगरपरिक्रमा।
91440 सिन्धु ना. समुद्र; सागर।
91441 सिन्धु ना. २. ठुलो नदी, पाकिस्तानमा बहने नदी।
91442 सिन्धु ना. ३. सप्त सिन्धुमध्ये एक।
91443 सिन्धु ना. ४. बाग्मती अञ्चलमा काठमाडौंदेखि पूर्वपट्टि रहेको सिन्धुपालचोक जिल्लाको एक क्षेत्र।
91444 सिन्धुघाटी ना. सिन्ध प्रदेशमा रहेको घाटी।
91445 सिन्धुपालचोक बाग्मती अञ्चलमा पर्ने एक जिल्ला।
91446 सिन्धुली ना. जनकपुर अञ्चलको मध्य भेगमा पर्ने एक पहाडी जिल्ला।
91447 सिन्धुलीगढी ना. सिन्धुली जिल्लामा पर्ने एक प्राचीन ऐतिहासिक किल्ला।
91448 सिन्धुवार ना. वृक्ष वा त्यसैको फल।
91449 सिप ना. स्वाभाविकता र उपयुक्तताका साथ मानसिक तथा शारीरिक काम गर्ने दक्षता, हात, औंला, खुट्टा र आँखाको सन्तुलनद्वारा गरिने कार्यशैली; निपुणता, कौशल।
91450 सिप ना. २. हातद्वारा काम गरेर मालसामान तयार गरिने धातु वा अन्यपदार्थसम्बन्धी कला, कारिगरी, शिल्प, हस्तकौशल।