Dictionary

All Word

91551 सिरुबारे ना. लाम्चा पात, गुलाफी घोगाका आकारका फूल र घोगामा मसिना तिलजस्ता टल्कने गेडा हुने एक जातको कार शितावर।
91552 सिरेटो ना. हिउँदमा हिमालयबाट बहने अत्यन्त चिसो वायु।
91553 सिरेटो ना. २. मुटु छेड्ने खालको चिसो बतास, स्याँठ; शीतलहरी।
91554 सिरोभरो ना. सम्पूर्ण जिम्मेवारी बनाउन र बिगार्न दुवै सक्ने स्थिति सर्वाधिकार।
91555 सिरौंला ना. कथ्य) सिरम्ला।
91556 सिरौंला ना. १. धान उसिनेर सुकाइसकेपछि भुटेर बनाइएको चामल।
91557 सिर्कनु ना. मसिनु लट्ठी, सिप्किनु।
91558 सिर्का ना. घाममा राखेर अमिल्याएको उखु, अङ्गुर, अनार आदिको रस।
91559 सिकसिक ना. सानाठुला सिर्काको समूह।
91560 सिर्को ना. थुनबाट निस्केको दुधको मसिनो र सानो धारो।
91561 सिर्को ना. २. सानो मुख भएको भाँडो वा दुधदानी आदिबाट थिचेर निकालिने पानी आदिको मसिनो धारो।
91562 सिर्जना ना. नयाँ निर्माण, सृष्टि रचना।
91563 सिर्जना ना. २. सृष्टि; उत्पत्ति सृजना।
91564 सिर्जना ना. ३. आरम्भ सुरु।
91565 सिर्तो ना. ससाना वा भुरे राजारजौटाहरूले ठुला राजा वा सम्राट्लाई बुझाउने कर।
91566 सिर्तो ना. २. करबलबाट दिइने रकम।
91567 सिर्फ क्रि.वि. खालि; केवल मात्र।
91568 सिर्र क्रि.वि. चिसो कडा हावा चल्ने गरी।
91569 सिर्र क्रि.वि. २. सिर्को निस्कने चालले।
91570 सिर्र क्रि.वि. सात) सिरिरि/ सिरिरिरि।
91571 सिल ना. शिला, ढुङ्गो (जस्तो सिलढुङ्गे)।
91572 सिल ना. उनेका माछाहरूको माला।
91573 सिल ना. २. कपालमा पर्ने जम्राहरूको ताँती।
91574 सिल ना. कुनै वस्तुको गोप्यता र सुरक्षाका लागि सम्बन्धित व्यक्तिले मात्र खोल्ने गरी खाम, कपडाको थैलो आदिको बाहिर जोर्नीहरूमा लगाइने लाहाछाप।
91575 सिल ना. २. विद्यालय, सरकारी कार्यालय आदि सङ्घसंस्थाहरूको नाम आदि लेखिएको रबरछाप, मोहर, लालमोहर।
91576 सिल ना. सामान्यतः सात फिट लम्बाइ भएको, धेरैजसो समुद्रमा र कहिलेकाहीँ जमिनमा पनि बस्ने, हातखुट्टाले पानी खियाउन सक्ने, झन्डै एक टन भार भएको स्तनपायी जन्तु।
91577 सिलखान/ सिलखाना ना. फौजी हातहतियार राख्ने सुरक्षित ठाउँ वा भवन, शस्त्रागार, जङ्गी; असबाबखाना।
91578 सिलगढी ना. नेपालको पश्चिम क्षेत्रमा सेती अञ्चल अन्तर्गत पर्ने डोटी जिल्लाको प्रमुख बस्ती।
91579 सिलटिमुर ना. एक जातको टिमुर।
91580 सिलटिमुर खानु टु. मर्नु।
91581 सिलढुङ्गो ना. हतियारहरू उध्याउने ढुङ्गो; सानढुड्गो; सिली।
91582 सिलबन्द वि. लाहाछाप लागेको; सिल मारेको।
91583 सिलबन्द वि. ना. २. लाहाछाप लगाउने काम।
91584 सिलबन्दी वि. लाहाछाप लगाई सम्बन्धित व्यक्तिबाहेक अरूबाट खोल्न नपाइने बनाइएको।
91585 सिलमुन्द्री ना. कानको लोतीदेखि छेउछेउमा गरेर लहरै माथिसम्म लगाइने सुनका मुन्द्रीहरू।
91586 सिलसा ना. चामलमा पर्ने मसिनो सेतो किरो, चिलसा।
91587 सिलसिला ना. एकपछि अर्को गर्दै जाने प्रक्रिया क्रम तारतम्य।
91588 सिलसिला ना. २. लहर, श्रेणी, पङ्क्ति।
91589 सिलसिला ना. ३ सन्दर्भ प्रसङ्ग परिप्रेक्ष्य।
91590 सिलसिलेवार ना. सिलसिला वा क्रम मिलेको।
91591 सिलसिलेवार ना. २. श्रेणीबद्ध; क्रमबद्ध।
91592 सिला ना. बाली काटिसकेपछि बाँकी रहेका अन्नका बाला, कोसा, घोगा, गेडा आदि खोज्ने र टिप्नेभाँच्ने काम।
91593 सिलाबिर्ती ना. सिला खोजेर जीवनयापन गर्ने काम, सिला खोज्ने वृत्ति उच्छवृत्ति।
91594 सिलाइ ना. सिउने भाव, क्रिया वा प्रक्रिया।
91595 सिलाइनु क.क्रि. सिउन लाइनु।
91596 सिलाउनु प्रे. क्रि. सिउन लाउनु, सियाउनु।
91597 सिलाजित ना. घामले तातेका विशेष किसिमका ढुङ्गाबाट निस्कने प्रसिद्ध, कालो, पौष्टिक द्रवपदार्थ, शिलाजित्।
91598 सिलाबर ना. चाँदी।
91599 सिलाबर ना. २. चाँदी जस्तै मिश्रित सेतो धातु सिलेभर सिल्वर।
91600 सिलाम ना. केही ठुला, तुलसीका जस्ता बास्ना आउने पात, मञ्जरीका रूपमा फुल्ने सेता फूल र साबुदानाजस्ता सेता दाना हुने एक जातको बोट।