Dictionary

All Word

91501 सिमेभूमे सिमसार भूमिमा रहने देवयोनिविशेष, गाउँले विश्वासअनुसार पूजा गरिने भूदेवता।
91502 सिमेमाटो ना. सिम जग्गामा पाइने लेसिलो माटो।
91503 सिमेसाग ना. सिमरायो।
91504 सिमेन्ट ना. हे. सिमन्टी।
91505 सिम्कनु / सिम्किनु ना. लामो, झिनो सानो काठ; सिप्किनु।
91506 सिम्टा ना. सल्लाको फल।
91507 सिम्टा ना. २. हलेदाको सुकेको चाना।
91508 सिम्टा ना. ३. गोलभेंडा।
91509 सिम्टा ना. ४. तबला बजाउने एक तरिका; तबलाको एक प्रकारको ताल।
91510 सिम्रिक ना. गाढा रातो रङको, सिन्दूरजस्तो चूर्ण वा शृङ्गारपदार्थ, नेपालको राष्ट्रिय रङ।
91511 सिम्रौनगढ ना. कर्नाटवंशी राजाहरूले बनाएको, नेपालको बारा जिल्लामा पर्ने, मध्यकालीन एक ऐतिहासिक गढी।
91512 सियाँल ना. घाम छेकिएको ठाउँ;ओझेल परेको ठाउँ।
91513 सियाँल ना. २. छाया; छहारी।
91514 सिया ना. शरीरका कुनै भागमा वायु तर्केर हुने कष्ट।
91515 सियाइ ना. सिउने भाव, क्रिया वा प्रक्रिया।
91516 सियाइनु क.क्रि. सिउन लाइनु।
91517 सियाउनु प्रे. क्रि. सिउन लाउनु।
91518 सियामुसली ना. जराबाट हुँदै निस्केका लामा, तिखा टुप्पा भएका पात हुने, सानानिला फूल फुल्ने, कन्द भएको (कोमिलिनेसी समूहको ) शक्तिवर्द्धक र सर्पको विष मार्ने एक वनस्पति।
91519 सियावायु ना. अगति परेर मरेकाहरूको प्रेतात्मा; सताउने वायु।
91520 सियो ना. कपडा आदि सिउने, धागो, अल्झाउने नाश्री भएको, फलामको सुई, लुगा सिउने फलामे सानो सुइरो।
91521 सियो ना. २. फलामको सुइरो।
91522 सियो ना. ३. हलाले जोतेको डोब।
91523 सिर ना. शरीरको माथिल्लो भाग, टाउको, शिर।
91524 सिरक ना. भित्र कपास, रुवा, भुवा आदि भरेर बाहिर कपडाले छोपी तगेको दोलाईंजस्तो बाक्लो ओढ्ने कपडा।
91525 सिरप ना. पिइने खालको झोल पदार्थ सर्ब।
91526 सिरप ना. २. रासायनिक मिश्रणबाट तयार गरिएको झोल औषधी।
91527 सिरपाइ ना. गाडामा जोतेको गोरु फुकाएपछि गोरुगाडा वा लडिया अड्याउनका लागि टेकाइने दुइटा काठबाट बनेको खुट्टा।
91528 सिरा ना. शरीरमा रक्तप्रवाह गराउने नाडी; नसा।
91529 सिरा ना. २. कँडाली।
91530 सिरान ना. सुत्दाखेरि टाउकोपट्टि परेको ठाउँ।
91531 सिरान ना. २. सुत्दा टाउकोमन्तिर पर्ने अग्लो नरम वस्तु तकिया।
91532 सिरान ना. ३. नदीनाला आदि निस्केको ठाउँ।
91533 सिरानघरे ना. गाउँको माथिल्लो भागमा घर बनाएर बस्ने व्यक्ति।
91534 सिरानी ना. तकिया; सिहानी।
91535 सिराहा ना. पूर्वाञ्चल विकासक्षेत्रअन्तर्गत सगरमाथा अञ्चलको तराई भागमा पर्ने एक जिल्ला।
91536 सिरिङ्ङ क्रि.वि. ज्वर, भय, जाडो आदिको कारणले शरीरमा कम्प हुने गरी।
91537 सिरिङ्ङ क्रि.वि. २. दाँतमा ढुङ्गा वा चिसो तातो वस्तु लाग्दा पीडा हुने चालले।
91538 सिरिङ्ङ सिरिङ्ङ क्रि.वि. लगातारको सिरिङ्ङ।
91539 सिरिस ना. शिरीष फूल।
91540 सिरिसघारी ना. सिरिसेनी।
91541 सिरिसे वि. शिरीष भएको (ठाउँ)।
91542 सिरिसेनी ना. शिरीषको घारी, सिरिसधारी।
91543 सिरी ना. श्री सम्पत्ति।
91544 सिरी ना. २. सौन्दर्य शोभा।
91545 सिरीखुरी ना. भएभरको सबै सम्पत्ति सबै जायजेथा।
91546 सिरीखुरी ना. २. भएभरको सम्पत्तिको नाश, स्वाहा, सर्वस्व।
91547 सिरु ना. कुशका जस्ता लामालामा पात र काँसका जस्ता सेता फूल हुने घाँस।
91548 सिरुपाते वि. सिरुको पातजस्तो धारिलो (खुकुरी आदि)।
91549 सिरुपाते वि. ना. २. एउटा गाँठो पारेको र अर्को नपारेको सिरुको पात मुठीमा राखी सबैलाई छुवाउँदा जसलाई गाँठो पर्छ ऊ डुम हुने गरी खेलिने एक बालखेल।
91550 सिरुबारी ना. सिरु भएको बारी वा जग्गा।