Dictionary

All Word

91701 सीमित राजतन्त्र ना. संविधानद्वारा राजाको अधिकार सीमित तुल्याइएको राजतन्त्र।
91702 सीमोल्लङ्घन ना. सीमा वा हदभन्दा बाहिर पुग्ने काम मर्यादाको उल्लङ्घन।
91703 सीर ना. हलो।
91704 सीर ना. २. हलामा जोतिने गोरु।
91705 सीर ना. ३. सूर्य, रवि।
91706 सीर जमिन ना. जमिनदारको खान्कीमा तोकिएको जमिन, सीरले वा आफ्नै जोतले चर्चेको जमिन।
91707 सीरध्वज ना. मिथिला प्रदेशका राजा जनक।
91708 सीरध्वज ना. २. बलराम।
91709 सीस ना. हे. सिस।
91710 सु ना. पिसाब, सुसु (बालबोलीमा)।
91711 सु उप. शब्दको अघिल्तिर लागेर सुन्दर, बढिया, उत्तम, श्रेष्ठ, राम्ररी, अनायास आदि अर्थ बुझाउने एक उपसर्ग (जस्तो- सुअवसर, सुदर्शन, सुकर्म आदि)।
91712 सुँक्क क्रि.वि. रुवाइको अन्तमा भक्का छुटेर बिचबिचमा सास तान्ने गरी।
91713 सुँक्क क्रि.वि. २. नाकबाट निस्कन लागेको सिँगान भित्र तान्दा आवाज निस्कने चालले।
91714 सुँक्क सुँक्क क्रि.वि. लगातार सुँक्क गरेर।
91715 सुँगुर ना. बनेलको जातको घरपाला जन्तु, च्वाँचे।
91716 सुँगुरे ना. रुखो माटामा उब्जने एक किसिमको काँडे झार।
91717 सुँघ्नु स.क्रि. नाकद्वारा मिठोनमिठो गन्धको अनुभव गर्नु, वासना लिनु।
91718 सुँघनी ना. नाकबाट छिंक्का निकाल्न नाकमा हालिने सुर्ती आदिको धुलो, नस।
91719 सुँघाइ ना. सुँघ्ने भाव, क्रिया वा प्रक्रिया।
91720 सुँघाइनु क.क्रि. सुँघ्न लाइनु।
91721 सुँघाउनु प्रे. क्रि. सुँघ्न लाउनु।
91722 सुँधिनु क.क्रि. सुँघ्ने काम गरिनु बास लिइनु।
91723 सुँघो ना. भुटेको अन्नपातबाट वा सुकेर खरिएका कडा वस्तुबाट आउने बास्ना।
91724 सुँघो ना. २. सुकेको माटो, काँचो इँट, गाग्रो आदिमा पानी पर्दा आउने गन्ध।
91725 सुँड ना. स्तम्भजस्तो, लामो नाक, हात्तीको नाकको टुप्पो, सूँड।
91726 सुँड ना. २. रगत आदि चुस्ने मच्छर आदिको चुच्चो।
91727 सुँडिनी ना. सुत्केरी हुने अवस्थामा प्रसवसम्बन्धी उपचार गर्ने नारीवैद्य, बच्चा पाउने व्यथा लागेपछि थालेर जातकको नाल काटुन्जेलसम्म सुत्केरीको सुसार गर्ने आइमाई, सुँडेनी।
91728 सुँडी ना. जाँडरक्सीको उत्पादन र बिक्री वितरण गर्ने पेसा भएको व्यक्ति वा जाति।
91729 सुँडी ना. २. मद उत्पादन गर्ने भट्टी।
91730 सुँडी रकम ना. जाँडरक्सी बनाउने भट्टी चलाएबापत सरकारलाई तिर्नुपर्ने रकम वा कर।
91731 सुँडी रकम ना. ३. रक्सी हाल्ने भाँडो।
91732 सुँडेनी ना. हे. सुँडिनी।
91733 सुइँ ना. पानी, पिसाब आदि तरल पदार्थको सिर्को निस्कने चाल वा शब्द।
91734 सुइँ ना. २. मसिनु बतास लाग्दाको शब्द वा चाल।
91735 सुइँ ना. ३. उड्ने पन्छी, हानेको वाण वा ढुड्गो आदि जाँदाको चाल वा शब्द।
91736 सुइँ ना. ४. पिङ मच्चाउँदाको चाल वा शब्द।
91737 सुइँकनु अ.क्रि. अरूले चाल नपाउने गरी भाग्नु सुइँकुच्चा ठोक्नु।
91738 सुइँकनु अ.क्रि. २. दौडनु, दगुर्नु।
91739 सुइँकनु अ.क्रि. ३. प्राण जानु, मर्नु।
91740 सुइँकनु अ.क्रि. ४. बिग्रनु, नाश हुनु।
91741 सुइँकनु अ.क्रि. ५. कुनै कामकुरो गर्न हिम्मत गर्नु, आँट गर्नु।
91742 सुइँकिनु अ.क्रि. सुइँकुच्चा ठोकिनु।
91743 सुइँकिनु अ.क्रि. २. सुइँकनु।
91744 सुइँकुच्चा ना. अरू कसैले चाल नपाउने गरी भाग्ने काम; छिटो सुइँकने काम।
91745 सुइँकुच्चा ना. २. दगुर्ने काम, दौडाइ।
91746 सुइँको ना. १. गुप्त खबर, सुराक, सूत्र।
91747 सुइँको ना. २. मित्री हल्ला, घुइरो।
91748 सुइँक्क क्रि.वि. चाल नपाउने गरी भगाएर; एक्कासि उठाएर।
91749 सुइँक्क क्रि.वि. २. थाहै नदिईकन।
91750 सुइँक्याइ ना. सुइँकिने भाव, क्रिया वा प्रक्रिया।