Dictionary

All Word

91651 सिस्ने वि. सिस्नुजस्तो, सिस्नुसँग सम्बन्धि।
91652 सिस्ने जरो ना. लाम्चा, मसिना, चिप्ला नरम पात हुने, ठुलठुला पहरामा उम्रने, सेल, अनर्सा आदि रोटी पकाउँदा फुलाउन काम लाग्ने लहरो।
91653 सिस्नेरी ना. धेरै सिस्नो भएको ठाउँ, सिस्नोघारी।
91654 सिस्नेरी ना. २. काठमाडौं उपत्यकाको दक्षिणपूर्वमा पर्ने एक गाउँको नाम।
91655 सिहिरेटो ना. बतासको मुस्लो सिरेटो।
91656 सिहँडी ना. हे. सिउँडी।
91657 सीँ ना. वेगसित नाकबाट सिंगान निकाल्दा निस्कने शब्द।
91658 सीँ ना. २. काँचो वा चिसो काठ सल्कँदा त्यसमा भएको पानी पाकेर निस्कने शब्द।
91659 सीँ ना. क्रि.वि. ३. नाकको सास तानेर सिंगान फाल्दाखेरि शब्द आउने गरी।
91660 सीँग ना. हे. सिद्ध।
91661 सीँसीँ ना. बारम्बार सीँसीँ भई निस्कने शब्द।
91662 सीँसीँ ना. क्रि.वि. २. त्यसरी नै लगातार सीँसीँ भएर।
91663 सीकर ना. पानीको थोपो; जलकण।
91664 सीकर ना. २. पानीको छिटा; बाछिटा।
91665 सीङ ना. हे. सिङ।
91666 सीता ना. जोत्दा जमिनमा परेका हलाको डोब।
91667 सीता ना. २. मिथिलाका राजा जनकले पाएकी छोरी; रामकी पत्नी।
91668 सीता ना. ३. पतिव्रताधर्म पालन गर्ने नारी।
91669 सीता ना. ४. जोतिएको जमिन।
91670 सीता ना. ५. खेती।
91671 सीता ना. ६. लक्ष्मी।
91672 सीता ना. ७. पार्वती।
91673 सीता ना. ८. आकाशगङ्गाका चार धारामध्ये एक।
91674 सीता ना. ९. मदिरा।
91675 सीता गुफा ना. गण्डकी अञ्चलको गोरखा जिल्लामा अवस्थित एक प्रसिद्ध गुफा।
91676 सीता चन्दन ना. झट्ट हेर्दा जलुकाको पातजस्तो तर पातमै रातासेता छिर्का हुने पाते फूल।
91677 सीता फल ना. ठुलो रुखमा फल्ने, माथि रातो हुने, पहेँला बोक्रा भएका फल हुने एक जातको सलिफा।
91678 सीत्कार / सीत्कृति ना. सास मास्तिर खिच्ने शब्द श्वास फ्याँक्ने प्रक्रिया।
91679 सीत्कार / सीत्कृति ना. २. प्रायः दुःखानुभूतिमा वा जाडोले कठ्याङ्ग्रिदा निस्कने ध्वनि।
91680 सीधा वि. हे. सिधा।
91681 सीप ना. हे. सिप।
91682 सीमन्त ना. सिउँदो।
91683 सीमन्त कर्म / संस्कार ना. सीमन्तोन्नयन।
91684 सीमन्तोन्नयन ना. गर्भाधानको छैटौं महिनामा गर्नुपर्ने द्विजजातिका षोडश संस्कारमध्ये एक संस्कार, गर्भवती नारीले विशेष योग र समयमा सिउँदो कोर्ने धार्मिक संस्कार, सीमन्तकर्म।
91685 सीमा ना. कुनै ठाउँ, देश, जिल्ला वा देशका चारैतिरका विस्तारको अन्तिम रेखा, साँध सिमाना।
91686 सीमा ना. २. नियम वा आचारको हद मर्यादा।
91687 सीमा ना. ३ किनारा; छेउ।
91688 सीमा कर ना. प्रायः व्यापारीले सामान आयतनिर्यात गर्दा दुई देशबिच रहेको भन्सार अड्डाले तोकेबमोजिम लिइने महसुल, सीमाशुल्क।
91689 सीमाङ्कन ना. जग्गाजमिनको साँध सिमाना कायम गर्न चिनो आदि लगाउने काम।
91690 सीमाङ्कन ना. २. प्रायः दुई देशका बिचको सीमाको निर्धारण।
91691 सीमा चिह्न ना. सीमाङ्कन।
91692 सीमाजाच ना. सुगौली सन्धिपछि तराईमा अमिनीबाट बर्सेनि हुने गरेको सिमानाको जाँचबुझ।
91693 सीमातीत वि. सीमा नाघेको सीमाबाहिरको।
91694 सीमान्त ना. सीमाको आखिरमा रहेको ठाउँ, सीमाको अन्।
91695 सीमान्त अवस्थिति ना. सीमाको छेउमा रहेको स्थिति।
91696 सीमान्त उपयोग ना. कुनै वस्तुको अधिकतम उपयोग।
91697 सीमावर्ती वि. सिमानामा रहेको सीमाको।
91698 सीमा शुल्क ना. सीमाकर।
91699 सीमित वि. सीमामा बाँधिएको, तोकिएको।
91700 सीमित वि. २. थोरै परिमि।