Dictionary

All Word

91601 सिलाम ना. २. त्यसैको अचार बनाएर खाइने फल वा दाना।
91602 सिलिक ना. रेसम नामको किराको गुँडबाट सुत कातेर बनाइएको कपडा रेसम, सिल्क।
91603 सिलिक ना. २. रेसमी कपडा वा ओढ्ने वस्त्र।
91604 सिलिका ना. बोतल बनाउन प्रयोग गरिने अति मसिनो बालुवा।
91605 सिलिक्सन ना. सिल नामक जलजन्तुको टोपी आदि बनाइने नरम भुवादार छाला।
91606 सिलिङ वि. घरको दलिनमा ठोकिने काठ, टिन आदिको बुट्टे फल्याक वा पातो।
91607 सिलिङ ना. पाउन्डको बीसौं भाग बराबरको अङ्ग्रेजी सिक्का वा मुद्रा।
91608 सिलिङबिलिङ / सिलिङमिलिङ / सिलिङसिलिङ क्रि.वि. सर्प, जुका, गडयौंला, माछा आदि रगरगाउने गरी सिलीबिली।
91609 सिलिन्डर ना. छाप्ने कागज टाइपबेडसम्म पुऱ्याई थिच्ने उपकरण।
91610 सिलिन्डर ना. २. अक्सिजन, खाना बनाउने ग्याँस आदि राख्ने बेलना आकारको भाँडो।
91611 सिली ना. छुरा, हँसिया, आरो, आदि हतियार उध्याउने कालो चिल्लो ढुङ्गो।
91612 सिलीढुङ्गो ना. सिली, सानढुङ्गो।
91613 सिलीबिली क्रि.वि. सिलिङबिलिङ।
91614 सिलुगीत ना. गोसाइँयान तीर्थ गर्न जाँदा भएका घटना वर्णन गरिएको प्रसिद्ध नेवारी लोकगी।
91615 सिलेट ना. अक्षर लेख्नका लागि बनाइएको कालो र पातलो, काठको फ्रेम भएको ढुङ्गाको पाटी, सिलोट।
91616 सिलेभर ना. सिलाबर, सिल्भर।
91617 सिलो ना. ढुङ्गो, पत्थर।
91618 सिलोक ना. श्लोक।
91619 सिलोके वि. विवाह आदिमा सिलोक हाल्ने, सिलोक भन्ने।
91620 सिलोट ना. स्लेट।
91621 सिलोबालो ना. धान, गहुँ आदि काट्ता जमिनमा खसेको वा छुटेको बाला।
91622 सिलौटे वि. सिलौटोजस्तो।
91623 सिलौटे वि. ना. २. पहिले जङ्ग वा लडाइँको कामका लागि बारुद पिँध्ने कामदारले खान पाउने जग्गामा लागेको रकम।
91624 सिलौटो ना. मसला आदि पिँध्ने चेप्टो र सम्म परेको ढुङ्गो।
91625 सिल्पट वि. ज्यादा धसिएको वा खिइएको, मलेदा (मोहर, रुपियाँ)।
91626 सिल्पट वि. २. बेकम्मा ना ३. काठको चारपाटे ठेउको वा सत्तरी।
91627 सिल्बर ना. हे. सिलाबर।
91628 सिल्लड वि. गतिछाडा, थेचरो; थेतरो; सिल्पट।
91629 सिल्लड वि. २. केही बहुला छाँटको अर्धङ्गी, अर्धसिल्ली।
91630 सिल्ली ना. राम्रो बुद्धि नभएको, गोज्याङ्ग्रो।
91631 सिल्ली ना. २. बौलाहा पागल।
91632 सिवनरवानर ना. नृतत्त्वशास्त्रका अनुसार शिवालिक पर्वतमा पाइए जस्तै केन्यामा पाइएको, मानव जस्तै देखिने, अश्मीभूत अस्थि अवशेषका रूपमा फेला परेको वानर।
91633 सिवनरवानर ना. २. शिवालिकमा पाइएको मानवजस्तो देखिने वानर।
91634 सिवा / सिवाय ना. यो. बाहेक, विना, अतिरिक्त सिवा।
91635 सिस ना. टाउको, शीर्ष, तारो।
91636 सिसक ना. सिसा।
91637 सिसपराल ना. मदेशतिर नल छोडी काटेको धानको पराल।
91638 सिसमहल ना. झ्याल , ढोका, भित्तो आदिमा चारैतिर सिसैसिसा जडिएको महल वा विशेष घर।
91639 सिसा ना. खरानीरङको गह्रौं एक प्रसिद्ध धातु।
91640 सिसाकलम ना. भित्रपट्टि सिसा, सुर्मा, पत्थर वा रङ्गिन खरी आदिको सिन्काजस्तो लेख्ने अंश भएको, बाहिर काठले बेरिएको साधन; पेन्सिल।
91641 सिसार ना. चाडबाडमा ल्याइएको कोसेली।
91642 सिसार ना. २. लिम्बू जातिमा दसैँको कोसेलीका रूपमा लगिने खसीको वा सुँगुरको साँप्रो।
91643 सिसितिल ना. बाटुला, झुसिला पात, पहेँला फूल र पाटा परेको डाँठ हुने तथा मकैका जस्ता दाना फल्ने एक जातको बोट वा त्यसैको फल।
91644 सिसिर ना. शिशिर (जाडो)।
91645 सिसी फूल ना. खण्डखण्ड परेका, साना, लाम्चा दूध आउने पात र हरिया डल्लामा ससाना फूल फुल्ने एक जातको बुटी वा त्यसैको फूल।
91646 सिसोबासो ना. केही दिनका लागि आफूले जिम्मा लिएको बालबच्चो।
91647 सिसौ ना. साना, चिल्ला र बाटुला पात हुने, लामालामा खैरा कोसा फल्ने, खुब बलियो काठ हुने एक जातको रुख वा त्यसैको काठ, उत्तम काठ हुने एक रुख।
91648 सिसौ घारी ना. सिसौको जङ्गल।
91649 सिसौडी ना. बाख्रालाई स्याउला खुवाइने एक किसिमको बोट।
91650 सिस्नु ना. सेतो वा कालो भावको हरियो फूल फुल्ने, बिझ्ने र पोल्ने तिखा सेता नरम काँडा हुने, घाँस जातको रुचिकारक र अग्निवर्धक बोट।