Dictionary

All Word

93151 सेयर होल्डर ना. सेयर लिने व्यक्ति; सेयरधनी; साझेदार।
93152 सेर्नु स.क्रि. काट्ने हतियारले चट्ट नछिनाई बिस्तारै धँसेर काट्नु रेट्नु।
93153 सेर ना. पुरानो प्रणालीको तौलमा मनको चालीसौं भाग, असी तोला तौलको परिमाण।
93154 सेर ना. सिंह।
93155 सेर ना. २. वीर पुरुष, बहादुर मानिस।
93156 सेर ना. दुई पङ्क्तिमा कुनै भावको पूर्णता आउने गरी लेखिने एक प्रकारको फारसी वा उर्दू कविता।
93157 सेर ना. नेपालको पश्चिमी भेकमा मही फटाई बनाइने एक प्रकारको रोटी।
93158 सेरबानी ना. घाँटी टम्म हुने र फेर घुँडासम्म आउने, ओभरकोटका छाँटको बाहिरी पोसाक।
93159 सेरा ना. सिमसार परेको र फाँटिलो खेत; चिस्यान जमिन।
93160 सेरा ना. २. राजारजौटाहरूले आफैं रोपाइँ गरी धान कमाउने खेत; राजाको खेती।
93161 सेरा ना. ३. ठुलो खेत; माणी खे।
93162 सेरा वि. धनको जगरसेठ; ठुलो धनी।
93163 सेराइ ना. सेर्ने क्रिया वा प्रक्रिया।
93164 सेराइनु क.क्रि. सेर्न लाइनु, सेरिने तुल्याइनु।
93165 सेराउनु प्र.क्रि. सेर्न लाउनु, रेटाउनु।
93166 सेरालो ना. सेराको रेखदेख गर्ने प्रमुख कर्मचारी, कम्तिया।
93167 सेराहट ना. सेराइ।
93168 सेराहट ना. २. शोषण; ठगी।
93169 सेराहा वि. सेर्ने काम गर्ने।
93170 सेराहा वि. २. शोषक, ठग।
93171 सेरिनु क.क्रि. सेर्ने काम गरिनु, रेटिनु।
93172 सेरेन्जा ना. गजाले रेटेर बजाइने चारवटा तार हुने, सारङ्गीजस्तो तारबाजा।
93173 सेरोफेरो ना. कुनै जग्गाजमिन, घरघडेरी आदिका हाताभित्र पर्ने सबै ठाउँ, कुनै जग्गा, जमिनको वरिपरिको भाग।
93174 सेरोफेरो ना. क्रि.वि. २. सर्वत्र चारैतिर।
93175 सेर्पा ना. हिमाली वर्गको एक नेपाली जाति; स्यार्बा।
93176 सेर्पाली ना. सेर्पा जातिले गाउने गीत; लोकगीतको एक भाका।
93177 सेर्पाली ना. २. सेर्पा जातिको भाषा।
93178 सेर्पाली ना. वि. ३. सेर्पासम्बन्धी; सेर्पाको।
93179 सेर्बानी ना. सेरबानी कोट।
93180 सेर्मा ना. पाखो जमिनमा लाग्ने सरकारी पोत; जग्गाको तिरो।
93181 सेर्मा ना. २. लिम्बू जातिको एक थर।
93182 सेल्नु स.क्रि. छेड्नु; छेडेर उन्नु; सेला पार्नु।
93183 सेल ना. धानका चामलको पिठोमा दाउन र गुलियो मिलाई पानीमा रयालेर ताई आदिमा तातेको घिउतेलमा रिङ आकारको पारेर बनाइने रोटी, घुमाउने रोटी, जेब्रे।
93184 सेला ना. सेलेर सुकाएको वा सुकाउन झुन्ड्याएको मासु।
93185 सेलाइ ना. सेल्ने वा उन्ने क्रियाप्रक्रिया।
93186 सेलाइ ना. [सेलाउ+आइ] २. सेलाउने वा चिसो हुने किसिम, क्रिया वा भाव।
93187 सेलाइनु अ.क्रि. सेलाउने हुनु; चिसिनु।
93188 सेलाइनु अ.क्रि. क.क्रि. २. सेलिनु; उनिनु।
93189 सेलाउनु अ.क्रि. तातो वस्तु चिसो हुनु, ठन्डा हुनु।
93190 सेलाउनु अ.क्रि. २. जोस, प्रतिभा, उत्साह आदि कुरा घट्दै जानु।
93191 सेलाउनु अ.क्रि. स.क्रि. ३. तातो वस्तु चिसो पार्नु।
93192 सेलाउनु अ.क्रि. ४. देवताको निर्माल्य जल, पुष्प, मूर्ति आदि वस्तु पवित्र ठाउँमा लगेर विसर्जन गर्नु।
93193 सेलाउनु अ.क्रि. ५. मृतकको शव जलाउन दाहसंस्कार गर्नु।
93194 सेलाउनु अ.क्रि. प्रे. क्रि. [सेल्+आउ+नु] सेल्न लगाउनु।
93195 सेलिया ना. नाच्ने आइमाईले लाउने पुरानो किसिमको एक गहना, सेलियापगरी।
93196 सेलिया पगरी ना. सेलिया।
93197 सेली ना. पगरीका वरिपरि लगाइने सुनको सिक्री वा मोतीको लहर, तोडा।
93198 सेली ना. २. सेलिया।
93199 सेलो ना. भोटे, तामाङ, सेर्पा आदिका लोकगीतको चरणमा सात वा आठ अक्षर हुने लय, सेलो गी।
93200 सेलो ना. मासु, कुभिन्डो आदि काटेर बनाएको लामो तुन्द्रो; मासुको टुक्रो।