Dictionary

All Word

93201 सेलो ना. २. पिंडालु, कर्कलो आदिका कन्दबाट निस्केको ससाना टुसामध्ये कुनै एक।
93202 सेलो ना. ३. काँडो, बाण (जस्तो- बिखको सेलो)।
93203 सेल्टिनु अ.क्रि. भोकले आत्तिएर मर्न खोज्नु; भोकाउनु।
93204 सेल्टिनु अ.क्रि. २. मर्नु; सास जानु।
93205 सेल्ट्याइ ना. सेल्टिने वा सेल्ट्याउने क्रियाप्रक्रिया।
93206 सेल्ट्याइनु क. क्रि. सेल्टिने तुल्याइनु।
93207 सेल्ट्याउनु प्रे.क्रि./स.क्रि. सेल्टिने तुल्याउनु।
93208 सेवक वि. सेवाटहल गर्ने, सह्यारसुसार गर्ने, सेवी।
93209 सेवक वि. २. सेवन गर्ने उपयोग गर्ने।
93210 सेवक वि. ना. ३. देवदेवीको भक्त, आराधक।
93211 सेवक वि. ४. नोकरचाकर, परिचारक, भृत्य।
93212 सेवडा ना. संन्यासीहरूको एक प्रकार, एक प्रकारको संन्यासी।
93213 सेवडा ना. [सेव+ड] २. नुन, मसला आदि मिलाएको मैदा मुछी बेलेर चारपाटे पर्ने गरी काटेर घिउमा पकाइएको खाद्य, काटेको निम्की।
93214 सेवती ना. सेतो गुलाफ।
93215 सेवन ना. सुस्वास्थ्यका निम्ति औषधी प्रयोग गर्ने काम।
93216 सेवन ना. २. पुरश्चरण, उपासना।
93217 सेवन ना. ३. सत्सङ्ग, तीर्थ, देवस्थल आदिमा सधैं बस्ने वा जाने काम, देवार्चन।
93218 सेवन ना. ४. सेवा गर्ने काम सेवाकार्य परिचर्या।
93219 सेवन ना. ५. पालन पालना।
93220 सेवन ना. ६. नियमपूर्वक गरिने प्रयोग; अभ्यास।
93221 सेवन ना. ७. उपभोग; उपयोग।
93222 सेवनीय ना. सेवा गर्न योग्य; सेवन गर्न योग्य।
93223 सेवन्ती ना. लहरो भएर थाँक्रोमा चढ्ने र सेतो फूल फुल्ने गुलाफ वा सोही फूल; वनमल्लिका; सेवती।
93224 सेवा ना. शारीरिक, मानसिक, वाचिक आदि सबै पक्षले गरिने देवदेवी आदिको आराधना, उपासना, अर्चना।
93225 सेवा ना. २. मान्य जनको सम्मान।
93226 सेवा ना. ३. सरकारी वा गैरसरकारी तहमा तलब लिएर गरिने काम, नोकरी।
93227 सेवा ना. ४. आफ्नो रुचिअनुसार सार्वजनिक हित वा जनकल्याणका निम्ति गरिने काम; उपकार।
93228 सेवा ना. ५. मानसिक र शारीरिक स्वास्थ्यका निम्ति नियमित रूपले गरिने व्यवहार।
93229 सेवा ना. ६. तीर्थ, व्रत, सत्सङ्ग आदि हुने ठाउँमा नियमपूर्वकको बसाइ।
93230 सेवा ना. ७. टहल ; चाकरी।
93231 सेवा अवधि ना. अटुट रूपले सेवामा रहेको समय।
93232 सेवा अवधि ना. २. सैनिक,प्रहरी, निजामती, विश्वविद्यालय आदिका विभिन्न पदअनुसारको नोकरी गर्न मिल्ने अवधि, सेवाका लागि तोकिएको उमेरको हद।
93233 सेवा अवधि ना. ३. सेवामा प्रवेश गर्न पाउने उमेरको हद।
93234 सेवा आयोग ना. सेवामा संलग्न हुनेहरूको भर्ना, बहाली, खोसुवा आदिका निम्ति गठित आयोग।
93235 सेवाकालीन वि. सेवा गर्दै गरेका अवस्थाको सेवाकालको।
93236 सेवाकालीन प्रशिक्षण ना. कुनै पनि सेवामा प्रवेश भइसकेका शिक्षक तथा अन्य कर्मचारीको व्यावसायिक तथा बौद्धिक प्रवीणता वा क्षमतावृद्धिका लागि दिइने प्रशिक्षण।
93237 सेवाग्राही ना. सरकारी वा गैरसरकारी कार्यालयमा आफ्नो काम लिएर जाने व्यक्ति (जस्तैः दिनभरि कुर्दा पनि आफ्नो पालो नआएको भन्दै विद्युत् प्राधिकरणका सेवाग्राहीहरूले हाकिमसँग गुनासो गरे)।
93238 सेवा पट्ट ना. नेपाली सेनामा प्रशंसनीय सेवा गर्ने बिल्लादार र सो भन्दा माथिका व्यक्तिहरूलाई प्रदान गर्ने गरिएको पदक।
93239 सेवा बिर्ता ना. सेवक वा नोकरचाकरहरूलाई तलबबापत उत्पादन खानू भनी पहिलेपहिले दिइने गरेको बिर्ता।
93240 सेवामुक्त वि. सेवाबाट मुक्त, उमेरको हद नाघी सेवाबाट हटेको।
93241 सेवामुखी वि. सेवामा भर पर्ने सेवा रुचाउने।
93242 सेवायुक्त वि. सेवा गरिएको, सेवासँग सम्बन्धि।
93243 सेवायोजक ना. कुनै सरकारी वा गैरसरकारी तहमा कामदारहरूलाई नियुक्त गर्ने व्यक्ति वा अङ्ग; सेवानियोजक।
93244 सेवावृत्ति ना. सेवा वा नोकरी गरेर जीवननिर्वाह गर्ने काम।
93245 सेवावृत्ति ना. २. देवदेवालय, मठमन्दिर आदिको सेवा गरी चलाइने जीविका।
93246 सेवा समर्पण ना. सेवाका लागि पूर्ण रूपले आफूलाई गरिने समर्पण।
93247 सेवालय ना. असहायहरूको सेवा, सहायता गर्ने स्थल।
93248 सेविका ना. नोकर्नी; चाकर्नी; परिचारिका; दासी।
93249 सेविका गण ना. सेविकाहरूको समूह वा मण्डली।
93250 सेवित वि. सेवा गरिएको, शुश्रूषा गरिएको, सुसार गरिएको।