Dictionary

All Word

351 कटौरे वि. १ कटौराजस्तो, कटौराका बान्कीको।
352 कटौरे वि. २. सानो वा छोटो चित्त भएको।
353 कटौरे वि. घुमाएर कुरा गर्ने, बतौरे।
354 कट्कनु अ.क्रि. १. कटकट शब्द आउने गरी घिउतेल आदि तात्नु, कड्कनु, कटकटाउनु।
355 कट्कनु अ.क्रि. २. गाली गर्दै उच्च स्वरमा कराउनु, बम्कनु।
356 कट्काइ ना. कट्कने अथवा कट्काउने क्रिया वा प्रक्रिया।
357 कट्काइनु क.क्रि. कट्कन लगाइनु।
358 कट्काउनु प्र.क्रि. कट्कन लगाउनु, कट्कन दिनु।
359 कट्किनु अ.क्रि. कट्कनु।
360 कट्कुरो ना. १. दाउरा, पराल, घाँस आदि राख्न घरको छेउमा बनाइएको सानो कटेरो।
361 कट्कुरो ना. २. दाउरा, घाँस, पराल आदि राख्नलाई प्रायः मूलघरमै टाँसेर बनाइएको काठको ओतदार टाँड, चट्टी, लाफो।
362 कट्कुरो ना. ३. दाउराको हार वा खलियो।
363 कट्ट् क्रि.वि. १. एकैचोटि छिनिने गरी काट्ने तरिकासँग; कटक्क।
364 कट्ट् क्रि.वि. २. नराम्रो अनुभव हुने गरी पेट, मन आदि दुख्ने किसिमले।
365 कट्टर वि. १. अरूको तर्क वा उपपत्तिमा ध्यान नदिई आफ्नो धर्म वा विचारमा दृढ रहने।
366 कट्टर वि. २. परम्परागत रूढिवादी (कट्टर सनातनी, कट्टर धार्मिक इ. )।
367 कट्टरता ना. कट्टरको स्वभाव; कट्टर हुने क्रिया वा प्रक्रिया |
368 कट्टरपन्थी वि. कट्टरतावादी, उग्रवादी, परम्परावादी।
369 कट्टरवादी वि. कट्टरताका सिद्धान्तको अनुयायी।
370 कट्टरवादी ना. सुदूर पश्चिमी इलाकाका थारूहरूको एक नृत्य; महर्वा।
371 कट्टा ना. १. काट्ने काम (जस्तो- आफ्नो पैसा कट्टा गर); कट्टी |
372 कट्टा ना. वि. २. काटिएको कट्टु।
373 कट्टी ना. १. काट्ने काम, कट्टा।
374 कट्टी ना. २. चुक्ती, फस्र्योट छिनाफाना, चुक्ता।
375 कट्टी ना. ३. आउँ आदि व्यथाबाट पेटमा हुने पीडा।
376 कट्टीमट्टी ना. छिनाफाना; फछ्यौट।
377 कट्टु॰ ना. १. घुँडाभन्दा माथिमात्र आउने, फराकिलो मुख भएको ठुटे सुरुवाल, जाँघे, इँजारवाला हाफपाइन्ट।
378 कट्टु॰ वि. काटिएको; कट्टा (पदार्थ); ठुटे।
379 कट्टु वि. हे. कट्टु।
380 कट्टो वि. काँचो राम्रोसित नपाकेको; कमिरो, अधकल्चो।
381 कट्ठा ना. सोह्र सय बिस वर्ग हातको जमिनको नाप; एक बिघाको बिसौं भाग; बिस धुरको नाप बराबरको जग्गा।
382 कमरो / कमेरो वि. १. चलाउँदा बिग्रिएला जस्तो खालको (काठ, वस्तु आदि); छोइपासे, बिल्पारी।
383 कमरो / कमेरो वि. २. राम्रोसित नपाकेको; आधा काँचो आधा पाको; अधकल्चो; कट्टो।
384 कमरो / कमेरो वि. ३. अलि अलि टर्रो स्वादको तितो र अमिलो मिसिएको (स्वाद)।
385 कट्याककुटुक ना. १. भएभरको सारा मालताल; सिरीखुरी।
386 कट्याककुटुक ना. २. कट्याङकुटुङ।
387 कट्याककुटुक ना. ४. काठ आदि चल्दा चलाउँदा आउने ध्वनिविशेष; ठाकठुक टाकटुक।
388 कट्याककुटुक ना. वि. ४. सबै सम्पूर्ण; भएभरको।
389 कट्याक्क क्रि.वि. कट्याक्कको ध्वनि उत्पन्न हुने गरी कुनै दह्रो वा साहो पदार्थ भाँचिने, फुट्ने, टोकिने आदि किसिमले।
390 कट्याङ ना. दाँतले साह्रो पदार्थ फोर्दा आउने शब्द |
391 कट्याङकुटुङ ना. १. लगातार आइरहने कट्याङको ध्वनि।
392 कट्याङकुटुङ ना. २. अनियमित खाद्य पदार्थ (प्रायः कुपथ्य )।
393 कट्याङकुटुङ ना. ३. कट्याककुटुक कट्याड्ड- क्रि.वि. कट्याङको ध्वनि निकालेर (केही कुरो दाँतले फोर्ने किसिम।
394 कठ ना. कुनै समासको पूर्वपदका रूपमा आउँदाको 'काठ' शब्दको विशेष रूप (काठ + महल = कठमहल, काठ+घर= कठघर, काठ + बिजुली = कठबिजुली इ.)।
395 कठ् ना. १. एक प्राचीन जाति।
396 कठ् ना. २. यजुर्वेदको एक शाखाका प्रवर्तक ऋषि, वैशम्पायनका एक शिष्य।
397 कठ उपनिषद् ना. कठ ऋषि मन्त्रद्रष्टाका रूपमा रहेको एक उपनिषद्।
398 कठघर/कठघरा ना. १. काठको घर, कठमहल।
399 कठघर/कठघरा ना. २. अदालतमा न्यायाधीश समक्ष बयान दिँदा अभियुक्त उभिने काठको बार लागेको ठाउँ।
400 कठघर/कठघरा ना. ३. सानोतिनो पसल राख्ने काठेघर।