Dictionary

All Word

251 कञ्चुकी ना. २. अन्तःपुरका दासीहरूको नाइके; अन्तःपुरको रक्षक।
252 कञ्चुकी ना. ३. द्वारपाल।
253 कञ्चुकी ना. ४. संस्कृत नाटकमा पाइने एक पात्र।
254 कट ना. रक्सी वा निगार निकालेर शेष रहेको जाँडको छोक्रा वा सिट्ठी।
255 कट: ना. बनोटको ढप छाँट काँट, छाँटकाँट (उदा.- अचेल राम त डेनी कट कपाल ढल्काएर हिँड्न थालेछ।)।
256 कटक ना. १. झगडा, आक्रमण।
257 कटक ना. २. लडाइँ, युद्ध (उदा.- जाई कटक नगर्नू झिकी कटक गर्नू। दिव्य.)।
258 कटकट ना. १. घिउतेल आदि तताउँदा छड्केर आउने, दाह्रा किट्दा उत्पन्न हुने, कुनै वस्तु हतियारले वा दाँतले काट्ता सुनिने तथा बाक्लो मयल जम्मा भएको कपडा आदि चलाउँदा निस्कने ध्वनि वा आवाज।
259 कटकट ना. क्रि.वि. २. त्यस्तो ध्वनि उत्पन्न हुने वा गर्ने गरी।
260 कटकटती क्रि.वि. कटकट गरेर दुखाउने, काट्ने आवाज निकाल्ने किसिमले।
261 कटकटाइ ना. कटकटाउने क्रिया वा प्रक्रिया।
262 कटाकटाउँदो वि. कटकटाउने स्वभावको।
263 कटकटाउनु अ.क्रि. कटकट आवाज निस्कनु वा उत्पन्न हुनु,।
264 कटकटिनु अ.क्रि. लेसाइलो पदार्थ वा मयल आदि टाँसिएर सुक्नु।
265 कटकटी क्रि.वि. कटकट गरेर दुख्ने गरी; कटकटती।
266 कटकट्याइ ना. कटकटिने क्रिया वा भाव।
267 कटकट्याइनु क.क्रि. कटकटिने पारिनु।
268 कटकट्याउनु स. क्रि. कटकटिने पार्नु।
269 कटक बिजुली ना. चुम्बकीय उपकरणद्वारा हल्का खाले बिजुली उत्पन्न गराई तारमार्फत शरीरमा पुऱ्याएर सर्कस आदिमा हिंस जन्तुलाई नियन्त्रणमा राख्ने, अपराधीलाई साबित गराउने अथवा बाथवर्गको रोग निको पार्ने काममा प्रयोग गरिने एक यन्त्र, बिजुली।
270 कटकरी ना. धानको फोस्रो दानु धानको पगटो वा पोटो।
271 कटकाल ना. १. गाउँमा उर्दीपुर्जी गरी हिँड्ने मानिस, कटुवाल।
272 कटकाल ना. २. दुलाहाको साथी, बेहुलातर्फको लोकन्ते।
273 कटकालो ना. नेपाली ब्राह्मणको तथाकथित तल्लो श्रेणी; जैसी।
274 कटकिना ना. ठेकेदारसँग ठेक्कामा लिइने ठेक्का वा काम; कटकिन्दारी।
275 कटकिन्दार ना. ठुलो ठेकेदारसँग ठेक्कामा काम लिने भुरे ठेकेदार; कटकिना लिने व्यक्ति।
276 कट किन्दारी ना. हे. कटकिना।
277 कटक्क क्रि.वि. एकैचोटि टुक्रिने, कटकटाउने, काटिने, काट्ठिने र आउँ आदिले पेट अथवा कटु व्यवहारले मन आदि दुखाउने गरी; केही कुरो दुख्ने, काटिने, काट्ठिने आदि किसिमसि।
278 कटज ना. वन वा कृषि विभागका तर्फबाट अथवा त्यस्तै समान संस्थाका तर्फबाट वृक्षरोपणका निमित्त दल राखेर उमारिएका एक वर्षमनिका बिरुवा।
279 कटज रोपाइँ ना. कटजहरू रोप्ने काम।
280 कटनी ना. १. काट्ने काम, कटाइ (रकम, तलब आदि)।
281 कटनी ना. २. कट्टी (तलब, रकम आदिको )।
282 कटनी ना. ३. बालीनाली वा रुख आदि काट्ने काम।
283 कटनीमनी ना. काट्ने र फाँड्ने काम, कटमट; कट्टीमट्टी।
284 कटबाँस ना. भित्र खोक्रो नभएको (प्रायः लट्ठीको काममा प्रयोग गरिने बाँसको एक जात; मकुला बाँस।
285 कबिच्छी वि. १. अग्घोर काट्ने, साह्रै मुखाले।
286 कबिच्छी वि. २. बित्पाते, बिच्छी।
287 कबिच्छी वि. ना. २. बिच्छीको एक धेर विषालु जा।
288 कबिजुली वि. १. बिजुलीका वेगको; असाध्यै चनाखो; बाठो ; सा है मुखाले।
289 कबिजुली वि. ना. २. हे. कटक बिजुली।
290 कटमट ना. १. कट्टीमट्टी छिनाफाना।
291 कटमट ना. २. मानसिक द्वेष, मनोमालिन्य; भित्रभित्रै गुम्सिएर रहेको मानसिक द्वेष।
292 कटमट ना. ३. अनियमित खाद्य पदार्थ, कट्याङकुटुङ।
293 कटर ना. एक जातको सुती कपडा।
294 कटसरैया ना. विभिन्न रङका फूलका भेदले चारजातको मानिएको, त्रिदोषलाई शमन गर्ने एक प्रकारको बुटी।
295 कटहर ना. खसो काँडादार बोक्रा भएको, भित्र कुत्रा र गुलियो स्वादका कोया फल्ने र कोयाभित्र चिउरीका झैँ गेडा हुने, काँचो अवस्थामा तर्कारीका रूपमा पनि खाइने एक लोकप्रिय फल, रुखकटहर।
296 कटहरचम्पा ना. कटहरको जस्तै बास्ना आउने एक प्रकारको लहरे फूल।
297 कटहरहन्डे वि. कटहरजस्तो (प्रायः ठुलो अण्डकोष भएको व्यक्ति )।
298 कटहरे वि. १. कटहरका रुखहरू भएको ठाउँ, बस्ती वा गाउँ।
299 कटहरे वि. २. कटहरको कारोबार गर्ने (व्यक्ति)।
300 कटाइ ना. काट्ने क्रिया वा प्रक्रिया।