Dictionary

All Word

451 कडा वि. ३. चर्को (ध्वनि, स्वाद, घाम इ.)।
452 कडा वि. ४. नियम, अनुशासन, कर्तव्य आदि पालन गर्न, गराउन दयामायासमेत नराखी सक्रिय रहने।
453 कडा वि. ५. निष्ठुर निठुरी, निर्दयी।
454 कडाइ ना. कडा हुने वा कडा गर्ने काम, कडा व्यवहार, कठोरता; कडापना।
455 कडाकडी ना. कडा व्यवहार, कडिकडाउ कडिकडाइ |
456 कडापना ना. कडाइ |
457 कडापानी ना. ज्यादै चिसो पानी, साबुन आदिले धुँदा फिँज निकाल्न मुस्किल पर्ने अथवा नउमाली खाँदा पचाउन कठिन पर्ने पानी।
458 कडिकडाउ ना. हे. कडाकडी।
459 कडी ना. १. जुक्ती, युक्ति, किल्ली; उपाय।
460 कडी ना. २. मस्तिष्कको प्रणाली, स्नायु (उदा.- उसको दिमागको कडी खुस्किएछ।)।
461 कडी ना. सानो कडा वा मुन्द्रो।
462 कडीकमान ना. कडासँग अर्थात् दृढतापूर्वक गरिएको व्यवहार।
463 कडुवा वि. १. पिरो (खोर्सानी, मरिच, सुठो इ.)।
464 कडुवा वि. २. राग भएको (तोरीको तेल, सस्युँको तेल आदि।
465 कडुवा वि. ३. टर्रो, तितो इ.।
466 कडुवा वि. ४. नमिठो (स्वाद)।
467 कडेलचोक ना. ( राणाकालसम्म प्रचलित ) सरकारी घरखजाना, गहनागुरिया र सुनचाँदीका सामानहरू राखिने हनुमान् ढोका राजदरबारभित्रको अड्डा।
468 कडोर ना. १ सय लाखको सङ्ख्या; उक्त सङ्ख्यालाई व्यक्त गर्ने अङ्क; करोड (१,००,००,००००।
469 कडोर ना. वि. २. उक्त सङ्ख्या वा अङ्क बराबरको (थान, गेडा, वस्तु आदि)।
470 कडोरन् वि. कैयौँ करोड बराबरको।
471 कडोरपति ना. १. करोडको मालिक।
472 कडोरपति ना. वि. २. करोडको मालिक बनेको।
473 कडो वि. कडोरन्।
474 कड्कनु अ.क्रि. १. रिसाएर वा गाली गर्दै ठुलो स्वरले बोल्नु, कट्कनु।
475 कड्कनु अ.क्रि. २. बम्कनु, गड्कनु, कटकनु।
476 कड्काइ ना. कड्कने भाव, क्रिया वा प्रक्रिया।
477 कड्काकड्की ना. दुई विरोधी व्यक्ति वा समूहका बिच झगडा आदिका सन्दर्भमा हुने कडा गाली, वचन आदिको आदानप्रदान खडाजगी; बाझाबाझ, दन्तबझान।
478 कड्कुँलो ना. दुईतिर घर भई बिचको खाली भाग; घरमा लाफो गाँसिएको खण्ड; लाफो, कट्कुरो।
479 कड्यौलो ना. वीर्यस्खलन हुनुभन्दा पहिले बग्ने चिप्लो पानी।
480 कढी ना. अमिलो दही वा मोहीमा चनाको पिठो, नुन, मसला आदि हाली पकाइएको खाद्य वस्तु।
481 कण ना. १. धुलो आदिको ज्यादै मसिनु खण्ड।
482 कण ना. २. ढुङ्गा, अन्न आदि फुटेर बनेका ससाना टुक्रामध्ये कुनै एक (जस्तै- कनिका, च्याँख्ला आदि )।
483 कण ना. ३ पानीको थोपाको सानो अवस्था; जलबिन्दु।
484 कणाली ना. बाँसका चोयाले बुनेको उभिन्डोवाल भाँडो।
485 कणिका ना. ज्यादै सानो कण कण |
486 कल ना. करवीरको फूल।
487 कणेली ना. घोडाको लगाम, करेली |
488 कण्टक ना. १. कुनै कुनै (गुलाफ, सिमल, नीलकाँडा इ.) का अवयवमा हुने घोचुवा सुइरे अङ्ग, काँडो।
489 कण्टक ना. २. फलाम आदि धातुबाट निर्मित वस्तु (काँटी, किल्ला इ.)।
490 कण्टक ना. ३. कुनै कार्य (यात्रा, काम, लक्ष्य इ.) मा पर्ने विघ्न वा सो विघ्न उपस्थित पार्ने व्यक्ति, वस्तु वा स्थिति, विघ्न, व्यवधान।
491 कण्टक ना. वि. ४. लोभी, किरनटोकी।
492 कण्टक ना. कण्टकारी- ना. [सं.] पात र डाँठमा काँडा हुने, ससाना सेता वा निला फूल फुल्ने, पहेँलो बाटुलो फल फल्ने एक प्रकारको बोट वा त्यसको फल; कच्चिडो।
493 कण्ठ ना. १. खकाल्नु र मेरुदण्डको सिरानदेखि लिएर चिउँडो र खोप्रेबुढीसम्मको शारीरिक ( खास मान्छेको) अवयव, घिच्रो, गलो, गर्धन, घोक्रो इ. को सामूहिक नाम, घाँटी |
494 कण्ठ ना. वि. २. आउँदो भएको (पाठ, कविता इ.); मुखाग्र, कण्ठस्।
495 कण्ठतालव्य वि. कण्ठ र तालुबाट उच्चारण हुने (ए, ऐ आदि वर्ण)।
496 कण्ठनली ना. कण्ठपेटारीमा आएर टुङ्गिने फोक्साको भेट्नु श्वासनली।
497 कण्ठपेटारी ना. घाँटीको रुद्रघण्टीका समीपको भाग, जसले श्वासनलीको टुप्पामा रहेको स्वरचिम्टीको सुरक्षा गरी स्वर र व्यञ्जनवर्णको निर्धारण तथा व्यञ्जनवर्णको घोषीभवनमा गुञ्जन उत्पन्न गर्न स्वरचिम्टीलाई सघाउँछ।
498 कण्ठमणि ना. १. घाँटीमा लगाउने गहनाको एक प्रकार।
499 कण्ठमणि ना. २. घोडाको घाँटीमा हुने भुँवरी।
500 कण्ठमाला ना. १. घाँटीमा लगाउने गहनाको एकप्रकार, कण्ठश्री।