Dictionary

All Word

401 कठघर/कठघरा ना. कठचित्र - ना. [सं. काष्ठचित्र] काठको फलकमा खोपिएको चित्र, काष्ठचित्र |
402 कठताल ना. मुजुराजस्ता धातुका पाताहरू बिच बिचमा जडिएका वा सादा हातले बजाइने दुई टुक्रा काठको बाजा करताल।
403 कठपत्र ना. अक्षर खोपिएको काठको फल्याक, काष्ठपत्र (अभिलेखको एक प्रकार )।
404 कठपाइले वि. खराउको जस्तो पैताला भएको वा पैतालाको बिचको भागले भुइँ नछोई कुर्कुच्चा र औंलातिरका भागले मात्र भुइँ छुने (व्यक्ति); खराउखुट्टे।
405 कठपाउ ना. १. रबर, कपडा वा मुर्रा जडिएको काठको चट्टी; खराउ।
406 कठपाउ ना. २. टेक्ता मध्यभागले जमीन नछुने, जनविश्वासअनुसार कुलक्षण मानिने, खराउका आकारको पैताला, खराउखुट्टी।
407 कठपाउलो ना. [काठ+पाउलो ] एक प्रकारको काठको चट्टी, कठपाउ; खराउ।
408 कठपुतली ना. १. धागो, तार, रौं आदिद्वारा नचाइने काठ, कपडा आदिको पुतली।
409 कठपुतली ना. २. अर्काको इसारामा नाच्ने व्यक्ति; अरूको लहैलहैमा लागी काम गर्ने व्यक्ति।
410 कठपुतली ना. वि. ३. कठपुतलीका स्वभावको; कठपुतलीजस्तो।
411 कठबाँस ना. हे. कटबाँस।
412 कठबार ना. घरभित्र एक कोठा वा खण्डलाई अर्कोबाट छुट्ट्याउने काठको भित्तो।
413 कठबिजुली ना. हे. कटकबिजुली।
414 कठमहल ना. काठैकाठले बनेको विशाल भवन, काठको ठुलो घर; कठघर।
415 कठमहाल १. काठपातसम्बन्धी काम गर्ने अड्डा।
416 कठमहाल २. तीन फिटभन्दा बढी मोटाइ हुने काठको कित्ता वा तह।
417 कठाङ्ग्रिनु अ.क्रि. जाडोले हातगोडा काठ कक्रक्क पर्नु, कक्रिनु, काट्ठिन; गँगरिनु।
418 कठालो ना. कमिज, मयलपोस, कोट आदिको घाँटी वरिपरिको घेरो।
419 कठिङ्ग्रिनु अ.क्रि. हे. कठाङ्ग्रिनु।
420 कठिङ्ग्याइ ना. कठिङ्ग्रिने भाव, क्रिया वा प्रक्रिया |
421 कठड्याइनु क.क्रि. कठिङ्ग्रिने पारिन, कक्र्याइनु, कठ्याङ्ग्याइनु।
422 कठिङ्ग्याउनु प्रे. क्रि. जाडाले हातगोडा कठ्याङग्याउनु, कक्र्याउनु, कक्रक्क पार्नु।
423 कठिन वि. १. सजिलोसित वा चाँडै गर्न नसकिने; गाह्रो; अप्ठ्यारो; मापाको; मुस्किल।
424 कठिन वि. २. कडा; कठोर; साह्रो।
425 कठिनता ना. कठिन हुने भाव, स्वभाव आदि।
426 कठिनाइ ना. कठिनता।
427 कठुवा ना. पानी वा रक्सी आदि झोलिलो वस्तु राख्ने आरीजस्तो काठको ठुलो भाँडो, भिउँटको आकारको काठको आही।
428 कठै वि. बो. सहानुभूति, करुणा, दया आदि भाव प्रकट गर्दा प्रयोग गरिने शब्द।
429 कठै वि. बो. (उदा.- कठै ! तिमी त दुब्लाएछौ।)।
430 कठै नि वि. बो. कठै।
431 कठैबरा / बरी/ बरै वि. बो. कठै, कठै नि।
432 कठोपनिषद् ना. अष्टोत्तरशतोपनिषत् भित्रको एक प्रसिद्ध उपनिषद् ग्रन्।
433 कठोर वि. १. गाह्रो, कठिन।
434 कठोर वि. २. कडा; साहो; सख्।
435 कठोर वि. ३. निर्दय, निष्ठुर।
436 कठोरता ना. कठोर हुने स्वभाव, कठोर गुण, स्वभाव, प्रकृति आदि।
437 कठोरतालु ना. मुखविवरभित्रको माथिल्लो च्यापुको कठोर भाग, वर्त्सभन्दा पछि र कोमल तालुभन्दा अगाडिको भाग।
438 कठोरवर्ण ना. व्यञ्जनवर्णका अघोष प्रकार; (क,च,ट,त,प,ख,छ,ठ,थ, फ, श, ष तथा स) मध्ये कुनै एक।
439 कठौती ना. काठको आरी, सानो आकारको कठुवा।
440 कठौतो ना. पढ्ने बेलामा पुस्तक राख्ने काठको चेपुवा शैलीको विशेष प्रकारको नेपाली टेबुल, कापे, रिल; चेपुवा।
441 कठ्याङ्ग्रिनु अ.क्रि. हे. कठाङ्ग्रिनु।
442 कठ्याङ्ग्याइनु क.क्रि. कठ्याङ्ग्रिने पारिनु, कक्रक्क बनाइनु।
443 कठ्याङ्ग्याउनु स. क्रि. १. चिसो वा ठन्डामा राखेर घिउ आदि तर वस्तुलाई जमाउनु।
444 कठ्याङ्ग्याउनु स. क्रि. प्रे. क्रि. कठ्याङ्ग्रिने पार्नु, कक्रक्क बनाउनु।
445 कठ्यौरी ना. झिक्रामा मह पार्ने सानो खालको मौरी, कुट्का |
446 कडकड क्रि.वि. हे. कटकट।
447 कडा, ना. १. सुन, चाँदी आदि धातुका नाडीमा लगाइने बालाविशेष।
448 कडा, ना. २ भाँडाबर्तन आदिमा समाउनका निमित्त एकातिर (बिर्काको टुप्पोमा ) वा दुईतिर ( खँडकुलो, झाँगा इ. मा) जडिने धातुको मुन्द्रो।
449 कडा वि. १. साहो; कठोर; चाम्रो।
450 कडा वि. २. गाहो ; कठिन; दुष्कर।