Dictionary

All Word

151 कचिया ना. कचियाले आफैतिर तान्छ (उखान)।
152 कचिला ना. साँधेको आलो मासु (नेवारी भोजनका परिकारमध्ये एक)।
153 कचिलो वि. १. पाक्ने बेलाभन्दा पहिलेको; छिप्पिइसके तापनि नपाकेको।
154 कचिलो वि. २. गिजिज्ज परेको ; चुरो नमरेको।
155 कचिल्लो वि. [काँचो + इलो] भिजेर फतक्क भएको, गलेको।
156 कचिल्लो वि. २. कचिलो।
157 कचुवा ना. लिङ्गको टोप्रामा जम्ने प्रायः सेतो रङको काई, काठे, काठो |
158 कचुर ना. हलेदाको जस्तो पात र फूल भई कपुरको जस्तो बास्ना आउने एक बोट र प्रायः औषधीमा प्रयोग हुने त्यसैको कन्द |
159 कचेट्नु स. क्रि. १. कसैलाई बलजफतीसँग कतै पठाइनु।
160 कचेट्नु स. क्रि. २. करकाप गरेर मन नपरेको ठाउँमा पनि बसाइनु।
161 कचेटाइ ना. कचेट्ने तथा कचेटाउने भाव, क्रिया वा प्रक्रिया |
162 कचेटाउनु प्रे. क्रि. कचेटोमा पार्नु, कचेट्न लाउनु।
163 कचेटिनु क. क्रि. १. कचेटोमा पारिनु, कचेट्ने काम गरिनु।
164 कचेटिनु क. क्रि. अ. क्रि. २. कचेटोमा पर्नु, यच्चिनु।
165 कचेटो ना. १. अरूलाई मन नपर्ने खालका कामकुराको मेला वा झ्याउलो; बिनसित्तिको झन्झट, कचडो |
166 कचेटो ना. २. किचोला, खिचोला।
167 कडा ना. झगडा |
168 कचेरा ना. १. चिप्रा।
169 कचेरा ना. २. फोहर मैला।
170 कचेरे वि. कचेरावाल, चिप्रे; फोहोरी |
171 कचेरे वि. स्त्री. कचेरी / कचेन।
172 कचोट्नु अ.क्रि. कसैको नराम्रो व्यवहारले मन दुख्नु वा मन कोतर्नु।
173 कचोटाइ ना. कचोट्ने काम वा भाव।
174 कचौडो ना. हे. कल्चौंडो।
175 कचौडी ना. भित्र गुभामा मस्यौटो हालेर पकाइने एक प्रकारको पुरी, कचौरी |
176 कचौरा ना. भोजनका सामग्रीमध्ये तिहुन, तरकारी आदि हाल्ने भाँडो कचौरो, बटुको; डबको।
177 कचौरी ना. १. सानो कचौरा, खोला (जाँडरक्सी खाने )।
178 कचौरी ना. २. सानो खोपिल्टो परेको जगमग गर्ने टीका; झल्कने एक प्रकारको टीका (प्राय: काँचको )।
179 कच्चा वि. १. नपाकेको, अपरिपक्व, काँचो, चाँडै बिग्रने (व्यक्ति, उमेर, बुद्धि इ.)।
180 कच्चा वि. २. कमजोर (माल, सामान, वस्तु इ.); छोइपासे, बिल्पारी।
181 कच्चावारी ना. सेस्तामा प्रत्येक कलमको देहाय फाँटवारी |
182 कच्चिडो ना. भन्टाको जस्तो र झन्डै त्यत्रै हुने, डाँठ र पातमा तिखा काँडा भएको एक वनस्पति र काँचोमा हरियो र पाकेपछि पहेंलो हुने त्यसैको गोलाकार बास्नादार फल, कण्टकारी।
183 कच्चिनु अ. क्र. थुप्रिनु, यच्चिनु, कुर्चिनु।
184 कच्च्याइ ना. कच्चिने वा कच्याइने क्रिया वा प्रक्रिया।
185 कच्च्याइनु क.क्रि. कच्चिने पारिनु।
186 कच्याउनु प्रे. क्रि. कच्चिने पार्नु।
187 कच्ची वि. १. कच्चा।
188 कच्ची वि. २. काँचो ईंट वा माटाका डल्ला आदि जोडेर बनाइएको (घर, पर्खाल आदि)।
189 कच्ची वि. ३. धेरै समयसम्म नटिक्ने (रङ, चित्र, रोगन इ.)।
190 कच्ची टाँका ना. प्राय: रेसमी आदि कपडा सिउँदा मेसो बिग्रने डरले अन्तिम सियाइभन्दा पहिले सिइने कामचलाउ सियाइ।
191 कच्चे ना. पोट, पन्जा र छक्का मिलेर पर्ने पासाको एक दाउ, कच्चेबाह |
192 कच्चेट ना. १. कामको घुइँचो, भिड, धेरै काम।
193 कच्चेट ना. २. कुनै वस्तुको थुप्रो, खा।
194 कच्चेट ना. ३. बाल्नलाई काटिराखेको चिर्नु नपर्ने दाउरा, नचिरिएका मसिना वा झिंजा दाउरा।
195 कच्चेबाह ना. [कच्चे + बाह] हे. कच्चे।
196 कच्चेवारी ना. हे. कच्चावारी |
197 कच्चो वि. १. पूरा वा पाको नभएको, कच्चा।
198 कच्चो वि. २. कच्ची।
199 कच्चो वि. ३. नपाकेको काँचो |
200 कच्छ ना. १. नदी वा समुद्रको छेउ, किनारा, जलाशय।