Dictionary

All Word

301 कटाइनु क.क्रि. काट्न लाइनु; काट्ने काम गराइनु।
302 कटाउनु प्रे.क्रि. काट्न लाउनु काट्ने काम गराउनु।
303 कटकट क्रि.वि. एकपछि अर्को गर्दै काट्दै जाने प्रक्रियासँग छटाछट; चटाचट।
304 कटाक्ष ना. १. आँखाको एक भागले अर्थात् कुनाबाट हेर्ने हेराइ, कर्के हेराइ, छड्के हेराइ।
305 कटाक्ष ना. २. बाझाबाझ कटाच्छे।
306 कटाक्ष ना. ३. अप्रसन्नता जाहेर गर्ने किसिमको हेराइ, घुइरो हेराइ |
307 कटाक्षपात ना. प्रेम, क्रोध, ईर्ष्या आदि जनाउने किसिमको हेराइ |
308 कटान ना. १. हतियारले केही कुरो काट्ने क्रिया वा प्रक्रिया।
309 कटान ना. २. पहिरो, नदी आदिले तटवर्ती जमिनलाई धस्काउने क्रिया वा प्रक्रिया।
310 कटान ना. ३. फँडानी (जङ्गलको )।
311 कटानी ना. कटनी; फँडानी।
312 कटार/कटारी ना. प्रायः दुवैतिर धार भएको छुरीविशेष |
313 कटारे ना. छरिएका पात र ससाना काँडा हुने, हिँड्दा कपडामा बने एकथरी घाँस वा झार।
314 कटारो ना. ठुलो कटारी।
315 कटारो ना. १. कसैलाई गाली गर्ने वा होच्याएर भनिने शब्द, छुस्केरा।
316 कटारो ना. २. चटारो।
317 कटाहा ना. १. ठुलो कराही।
318 कटाहा ना. २. कछुवाका पिठ्यूँको खप्पर वा खपटा |
319 कटाहा वि. १. छुच्चो; किरन्टोकी, कन्जुस।
320 कटाहा वि. २. अर्काले खाएपाएकोमा रिस गर्ने, आहारिसे डाढे।
321 कटाहा वि. ३. काट्ने खालको वा काट्ने (किरो, मुसो आदि)।
322 कटि ना. नितम्बभन्दा माथि दुवै कोखा र तल्लो पेटभन्दा मुनिको शारीरिक अवयव, कमर, कम्मर, कटी |
323 कटिबद्ध वि. तम्सिएको; तत्पर।
324 कटिबन्ध ना. १. पटुका, कम्मरपेटी।
325 कटिबन्ध ना. २. पृथ्वीका दुई ध्रुवका बिचका भूभागलाई हावापानी आदिका हिसाबले बाँड्दा हुन आउने पाँच भागमध्ये कुनै एक।
326 कटिबन्ध ना. (ऊष्ण कटिबन्ध, शीत कटिबन्ध, समशीतोष्ण कटिबन्ध तथा नात्यूष्ण कटिबन्ध)।
327 कटिसूत्र ना. १. कन्धनी।
328 कटिसूत्र ना. २. इँजार।
329 कटिया ना. सानो घाटी भएको सानो आकारको माटाको भुँड्को।
330 कटी ना. हे. कटि।
331 कटु वि. १. नमिठा स्वादहरूमध्ये कुनै एक (तितो, टर्रो, पिरो इ.)।
332 कटु वि. २. रुखो, कर्कश, मन नपर्ने, अप्रिय (बानी, व्यवहार, वचन इ.)।
333 कटुवा वि. काटिएको कट्टी गरिएको कटान भएको।
334 कटुवा, ना. १. खोस्टो या पातमा बेरेर कक्कड जस्तै खाइने सुर्ती।
335 कटुवा, ना. २. बिस्कुटको एक विशेष प्रकार।
336 कटुवाल ना. १. पहिलेको पहाडी मौजामा सरकारी उर्दी कुर्लेर जनतालाई सुनाउने व्यक्ति।
337 कटुवाल ना. २. शाहकालीन जिल्ला प्रशासनको लगभग मुखियासरहको एक पद।
338 कटुवाल ना. ३. गाउँघरमा उर्दीपुर्वी सुनाउने कामका निम्ति राखिएको, प्रायः गैरसरकारी कर्मचारी।
339 कटुवाल ना. ४. क्षत्री तथा पावैहरूको एक थर।
340 कटुवाल ना. स्त्री. कटुवाल्नी।
341 कटुस ना. खसु, फलाँट आदिका जस्ता पात र गेडा फल्ने, सारो काठ हुने रुखविशेष वा त्यसको फल।
342 कटेरो ना. १. गाईबस्तु बाँध्ने ठाउँ, गोठ, ग्वाली।
343 कटेरो ना. २. छाप्रो टहरो खोल्मा, थारो।
344 कटेहर नाच ना. थारू जातिमा प्रचलित, रोइलानाचका ढाँचाको, कटेहरिया, कठघोरी र कठौरिया नाम पनि भएको एक नृत्य।
345 कटौती ना. १. काटेर घटाउने काम (रकम, तलब, पारिश्रमिक इ.)।
346 कटौती ना. वि. २ काटेर घटाइएको (रकम, तलब, पारिश्रमिक इ.)।
347 कटौतीको प्रस्ताव ना. सरकारको कुनै विभागको कार्यमा लाग्ने खर्चको फाँटबाट सानो रकम घटाइदिने प्रस्ताव।
348 कटौरा ना. कचौरा, बटुको।
349 कटौरी ना. कचौरी, बटुकी।
350 कटौरी चोली ना. सेप नलिई अर्को टुक्रा कपडा अगाडि छातीमा गाँसेर सिइएको चोलो।