Dictionary

All Word

13701 चोपलिनु क.क्रि. अ.क्रि. २. चोपलिने भइनु ।
13702 चोपाइ ना. चोप्ने भाव, क्रिया वा प्रक्रिया ।
13703 चोपाइनु क.क्रि. चोप्ने पारिनु, चोप्न लगाइनु ।
13704 चोपाउनु प्रे. क्रि. चोप्ने गराउनु; चोप्न लगाउनु ।
13705 चोपिनु क.क्रि. झोलिलो पदार्थमा चोपलिनु वा डुबिनु, चोभलिनु ।
13706 चोब्नु स.क्रि. हे. चोप्नु ।
13707 चोब ना. प्राचीन समयमा राजामहाराजाका दरबारमा चोबदारले टेक्ने सुनचाँदीले मोहोरिएको डन्डा, आसागुर्जा ।
13708 चोबचिनी ना. चोपचिनी ।
13709 चोबदार ना. १. राजामहाराजाको अगाडिपछाडि चोब लिएर बस्ने व्यक्ति, मुख्य ढोके ।
13710 चोबदार ना. २. राजाको सवारीको सूचना दिँदै अगि लाग्ने व्यक्ति; कञ्चुकी ।
13711 चोबल्नु स.क्रि. हे. चोपल्नु ।
13712 चोबलचाबल ना. चोपलचापल ।
13713 चोबलाइ ना. चोबल्ने भाव, क्रिया वा प्रक्रिया |
13714 चोबलिनु क.क्रि. १. चोबलिने काम गरिनु ।
13715 चोबलिनु क.क्रि. अ.क्रि. २. चोबल्ने होइनु ।
13716 चोबा ना. पाल टाङ्नाका लागि चाहिने घोचा, खाँबा आदि सामियाना खडा गराउने चोसो परेको खाँबो ।
13717 चोबाइ ना. चोब्ने क्रिया वा प्रक्रिया ।
13718 चोबाइनु क.क्रि. चोब्न लगाइनु ।
13719 चोबाउनु प्रे. क्रि. चोब्न लगाउनु ।
13720 चोबिनु क.क्रि. चोब्ने काम गरिनु, चोपिनु ।
13721 चोबो ना. खुदो पकाउँदा माथि उठेको कसर वा गाज छान्ने चोयाको जालीदार चालनी ।
13722 चोभ्नु स.क्रि. हे. चोप्नु ।
13723 चोभलचाभल ना. चोपलचापल ।
13724 चोभलाइ ना. चोभल्ने क्रिया वा प्रक्रिया |
13725 चोभलाइनु क.क्रि. चोभल्न लगाइनु ।
13726 चोभलाउनु प्रे. क्रि. चोभल्न लाउनु ।
13727 चोमलिनु क.क्रि. १. चोभल्ने काम गरिनु ।
13728 चोमलिनु क.क्रि. अ.क्रि. २. चोभलिने होइनु।
13729 चोभाइ ना. चोभ्ने भाव, क्रिया वा प्रक्रिया |
13730 चोभाइनु क.क्रि. चोभ्न लगाइनु ।
13731 चोभाउनु प्रे. क्रि. चोभ्न लगाउनु ।
13732 चोभिनु क.क्रि. चोभ्ने काम गरिनु, डुबिनु ।
13733 चोया ना. हे. चोयो ।
13734 चोयाचोयी ना. सानाठुला चोयाहरूको समूह, चोया र अरू त्यस्तै वस्तुको समूह।
13735 चोयो ना. बाँस, मालिङ्गो, निगालो आदिको कलिला भाटाबाट गिद्रो की अफ पातलो र जुइनाका रूपमा बटारिन सक्ने पारिएको वस्तु |
13736 चोयोबातो ना. १. चोयो र बातो; साधारण रूपले बाँध्ने चोयो र खिपेर विशेष प्रकारले बाँध्ने बाती ।
13737 चोयोबातो ना. २. घरबार आदिलाई चोयाको जुइनाले बाँध्ने कार्य ।
13738 चोयोबातो ना. 3 झुप्रो अर्थात् घर बनाउने र मर्मत गर्ने कार्य ।
13739 चोर्नु स.क्रि. लुकीछिपी कसैले थाहा नपाउने गरी अर्काको धनमाल हरण गर्नु, अर्काको सम्पत्ति खुसुक्क लैजानु; लामो हात गर्नु; चोरी गर्नु ।
13740 चोर ना. १. कसैले पनि थाहा नपाउने गरी अर्काको धनमाल अपहरण गर्ने व्यक्ति; तस्कर |
13741 चोर ना. वि. २. लुकेर रहेको, गुप्त ।
13742 चोर ना. ३. अरूलाई ठग्ने वा कम्ती माल दिने बेइमान ।
13743 चोर ना. ४. चोर्ने ।
13744 चोर ना. ५. चुहिएर छिर्ने (चोर घाम, चोर घर आदि) ।
13745 चोर ना. ६. मनको कुरा लिने वा चित्त हरण गर्ने ।
13746 चोरआँखे वि. १. लुकीछिपीकन आँखा कर्काउने, अरूले नदेख्ने गरी यताउति हेर्ने ।
13747 चोरआँखे वि. २. अर्काले देख्न नसक्ने ठाउँमा देख्ने ।
13748 चोरआँखो ना. १. बाता वा चोया काड्दा चिरेका बाँसका बिचमा पर्ने आँख्लो, भालुआँखो ।
13749 चोरआँखो ना. २. लुकीछिपीकन हेर्ने आँखो; कर्के आँखो ।
13750 चोरउद्योग ना. सरकारी नियम कानुनलाई छलेर वा सर्वसाधारण जनतालाई ठग्ने उद्देश्यले गरिने उद्योग कालो उद्योग ।