Dictionary

All Word

1651 कलमुखा वि. २. मुखाले, दुर्मुखा।
1652 कलर ना. १. कोट, कमिज आदिको घाँटीमा फर्काइने कठालो।
1653 कलर ना. २. कुकुरको घाँटीमा बाँध्ने छाला आदिको पेटी।
1654 कलरव ना. १. मिठो र सुरिलो आवाज, कोमल र मधुर ध्वनि।
1655 कलरव ना. २. परेवाहरूको सामूहिक आवाज।
1656 कलल ना. गर्भाशयभित्र प्रविष्ट शुक्र र रजको सम्मिश्रण हुने थलथले अवस्थाको गर्भ वा भ्रूण; पहिलो रातको गर्भ।
1657 कलवार ना. १. नेपालको तराई भागमा रहने एक जाति।
1658 कलवार ना. २. रक्सी पार्ने र बेच्ने मानिस; भट्टीवाल।
1659 कलवार ना. स्त्री. कलवार्नी।
1660 कलश ना. १. बिहानबेलुका पानी भरेर राखिने जलपात्र; गाग्रो; पैंटो।
1661 कलश ना. २. पूजाआजामा वरुण, नवग्रह आदि देवताको आवाहन गर्न स्थापना गरिने जलपूर्ण घडा; तामाको जलपात्र।
1662 कलश ना. ३. मन्दिरको गजुर।
1663 कलश ना. ४. विवाहमा सगुनका निम्ति अघि लाएर हिँडाइने, विशेष सजिसजाउ पारिएको, मन्दिरका आकारको मङ्गलपात्र।
1664 कलसाउँदो / कलसौंदो वि. अनुहारमा अलि अलि कालो रोगन भएको, कालो अनुहारको कालो कालो वर्णको जिउ भएको।
1665 कलस्यौली विवाह आदि मङ्गलकार्यमा सगुनका रूपमा विशेष किसिमले सजाइएको कलश बोकेर जन्तीमा बेहुलाबेहुलीका अगाडि हिँड्ने कन्या वा सधवा स्त्री।
1666 कलहंस ना. १. मानसरोवर आदि तलाउमा मधुर आवाज निकाल्दै खेल्ने हाँस, रजहाँस; राजहंश।
1667 कलहंस ना. २. हाँस।
1668 कलहंस ना. पक्षविपक्षका बिच कुनै कुरा वा विषयमा हुने भनाभन; परस्परको भनावैरी; बाझाबाझ।
1669 कलहप्रिय वि. झगडा गर्ने स्वभावको झगडालु।
1670 कलहान्तरिता ना. पहिले कलहद्वारा पतिको अवहेलना गरेर पछि पछुताउने नायिका; नायिकाका दश भेदमध्ये एक।
1671 कलही वि. झगडा गर्ने स्वभावको, बाभने, कलहप्रिय।
1672 कलाँट ना. प्रायः विवाह आदि मङ्गलकार्यमा बजाइने सनईजस्तो एक बाजा।
1673 कला ना. १. कुनै पनि काम राम्रोसित गर्ने सिप, कौशल आदि व्यवहारोपयोगी चौसट्ठी कला।
1674 कला ना. जस्तै- गायन, वादन, नर्तन, नाट्य, चित्रकारी, विशेषकच्छेद्य (टीकाटाला गर्नु), तण्डुलकुसुमावलि (चामलका दानाले फूलबुट्टा बनाउनु), पुष्पास्तरण (फूलैफूलको श्रृङ्गार रच्तु), अङ्गराग ( बुकुवा, पाउडर आदि लगाउनु), मणिभूमिका कर्म (घर सजाउनु), शयनरचना (बिछ्याउना सजाउनु), उदकवाद्य (जलतरङ्ग बजाउनु), उदकाघात (पचका हान्नु), चित्रायोग (उमेर वा अवस्था परिवर्तन), माल्यग्रन्थन (माला गाँस्नु), केशशेखरापीड ( कपालमा फूल सजाउनु), नेपथ्ययोग (पोसाक फेर्नु), कर्णपत्रभङ्ग (ढुङ्ग्री, काँटा आदि लगाउनु), गन्धयुक्ति (अत्तर आदि लगाउनु), अलङ्कार योग ( गहना पहिरनु), ऐन्द्रजाल (चटक गर्नु), कौचुमार योग (रूपरचना), हस्तलाघव (हल्का हातले चाँडो काम गर्नु), सूपकर्म ( खाना पकाउने काम), पानकादि भोजन (सर्बत आदि बनाउनु ), सूचिकर्म (सिलाइको काम), सूत्रक्रिया (धागो, बत्ती आदि कात्नु), वीणाडमरुवाद्य (सितार, तबला आदि बजाउनु), प्रहेलिका (जान्ने - गाउँखाने कविता, कथा रच्नु), प्रतिमाला ( अन्त्याक्षरी मिलाएर श्लोक भन्नु), दुर्वाचकयोग (कठिन पदहरूको अर्थ गर्नु), पुस्तकवाचन (राम्रोसित पुस्तक पढ्नु), नाट्यकला ( हाउभाउ झिकेर नाटकहरू खेल्नु/खेलाउनु, समस्यापूर्ति (एक पाउमा अरू पाउ थपेर श्लोक पूरा गर्नु), पट्टिकाबाण विकल्प (मेच, कुर्सी आदि बनाउनु), तक्षकर्म (काठको मरमती काम), तक्षण ( सिकर्मी काम), वास्तुकर्म (घर आदि बनाउने काम), रूप्यरत्न परीक्षा (सुनचाँदीको काम), धातुकर्म, मणिरागज्ञान ( जुहारती काम), आकरज्ञान (खनिज विद्या), वृक्षायुर्वेदयोग (बगैंचा बनाउने काम), सजीवद्यूत (चरा, भेडा आदि लडाउने काम), शुकसारिका प्रलापन (सुगा, मैना पालेर पढाउनु), उत्सादन (तेल मालिस गर्ने काम), अक्षरमुष्टिका कथन (साङ्केतिक शब्द वा अक्षरबाट कुरा गर्नु), म्लेच्छितविकल्प (विदेशी भाषाहरू जान्नु ), देशभाषाज्ञान ( देशका विभिन्न भाषा जान्नु), पुष्पशकटिका निमित्तज्ञान (प्राकृतिक लक्षणद्वारा शुभाशुभ कुरा जान्नु), यन्त्रमातृका ( जन्तरमन्तर गर्नु), धारणमातृका ( रक्षाबुटी बाँध्ने काम), सम्पाठ्य (अर्काले पढेको सुनेर त्यस्तै पढ्नु), मानसीव्यक्रिया (कविता, काव्य आदि रच्दै सुनाउनु), अभिधानकोश छन्दोज्ञान ( शब्दकोश र छन्दका लयहरू जान्नु), क्रियाविकल्प (क्रियाको प्रभाव बदल्नु ) छलितयोग ( ठगी वा ऐयारी गर्नु), वस्त्रगोपन (लत्ताकपडाको हिफाजत), द्यूतक्रीडा (जुवा), आकर्षकक्रीडा (पासा, बुद्धिचाल आदि खेल), बालक्रीडन (केटाकेटीको खेल), वैनायिकी (नम्रता, शिष्टाचार), वैतालिकी (हात्ती, घोडा आदि सधाउनु), वैजयिकी ( लडाइँ, कुस्ती, कसरत आदि)]।
1675 कला ना. २. वास्तु, मूर्ति, चित्र, सङ्गीत, साहित्य आदि ललित कला वा विद्या।
1676 कला ना. ३. कुनै काम प्रशंसित तथा आकर्षक रूपमा गर्ने ढग, जुक्ति।
1677 कला ना. ४. तेज, प्रभाव।
1678 कला ना. ५. शोभा।
1679 कला ना. ६. इन्द्रजाली वा चटकीको काम।
1680 कला ना. ७. खेलबाड।
1681 कला ना. ८. चन्द्रकलाको सोह्रौँ भाग।
1682 कला ना. ९. सूर्यका प्रकाशको बाह्रौँ भाग।
1683 कला ना. १०. अग्निमण्डलको दसौँ भाग।
1684 कला ना. ११. छल।
1685 कला ना. १२ राशिको तिसौं भागको साठियौँ भागको पनि साठियौँ भाग।
1686 कला ना. १३. अनुभव तथा ज्ञानका आधारमा सम्बद्ध सिद्धान्तलाई ध्यानमा राख्तै कुनै काम नियमित रूपमा गर्ने वा कृति प्रस्तुत गर्ने कौशल।
1687 कला ना. १४. मानिसको जीवननिर्वाह तथा उच्च कोटिको ज्ञानप्राप्तिका निम्ति योग्य बनाउने अध्ययन तथा अनुशीलनको एक अङ्ग वा महत्त्वपूर्ण क्षेत्र ( तुल. अङ्. आर्टस्)।
1688 कला ना. १५. वास्तु वा मूर्तिकलामा दुई मात्रा बराबरको नाप, दुई अङ्गुल बराबरको परिमाण।
1689 कलाकार वि. १. कुनै कलाको ज्ञाता, वास्तु, मूर्ति, चित्र, सङ्गीत आदि कुनै कलाकृतिको निर्माण गर्ने, कलापूर्ण काम गर्ने।
1690 कलाकार वि. ना. २. कुनै पनि कलापूर्ण काम गर्ने वा कलात्मक सिप देखाउने व्यक्ति (साहित्यकार, सङ्गीतकार, मूर्तिकार, शिल्पकार, नृत्यकार, अभिनेता इ.)।
1691 कलाकारिता ना. कलापूर्ण ढङ्गले सजाउने काम, रङ्गरोगन भरेर सिँगारपटार गर्ने प्रविधि।
1692 कलाकारिता ना. (उदा.- पाटनको कृष्णमन्दिरमा मल्लकालीन कलाकारिताको राम्रो नमुना देखिन्छ )।
1693 कलाकुशल वि. कलाका विषयमा पोख्त, कलामा निपुण।
1694 कलाकृति ना. कलाकारद्वारा निर्मित रचना, कालिगडीको शिल्प, कलाकारका चित्र।
1695 कलाकौशल ना. १. कलाक्षेत्रमा प्राप्त गरेको सिप; कलामा निपुणता।
1696 कलाकौशल ना. २. कालिगडी, सिप; शिल्प |
1697 कलाजीवी वि. कलाका क्षेत्रमा काम गरेर जीविका चलाउने, आफ्नै सिपबाट आर्जेको सम्पत्तिले जीवननिर्वाह गर्ने।
1698 कलात्मक वि. कलापूर्ण ढङ्गले सजाइएको, कालिगडी भरिएको, आकर्षक।
1699 कलात्मकता ना. कलात्मक हुनुको भाव, गुण वा अवस्था।
1700 कलाधर ना. चन्द्रमा।