Dictionary

All Word

1501 कर्मप्रधान वि. व्याकरणअनुसार क्रियाद्वारा कर्मवत् भई क्रियाको लिङ्ग, वचन पनि कर्मकै अनुसार रहने ( प्रक्रिया, वाक्य इ.)।
1502 कर्मफल ना. सनातन धर्म वा धारणाअनुसार पूर्वजन्ममा गरिएको मानिने कर्महरूको फल वा जन्मजन्मान्तरको संस्कारबाट वर्तमान जुनीसम्म आएको शुभ वा अशुभ भोगभाग्य वा प्रारब्धको परिणाम |
1503 कर्मभूमि ना. धार्मिक मान्यताअनुसार यज्ञ, तप, अनुष्ठान आदि धार्मिक कर्म गर्नाका निम्तिको उचित भूमि; आर्यावर्।
1504 कर्मभूमि ना. ( पुराणहरूले भारतवर्षलाई कर्मभूमि भनेका छन् )।
1505 कर्मभूमि ना. २. काम गर्ने स्थान; कर्मक्षेत्र।
1506 कर्मभूमि ना. ३. संसार।
1507 कर्मभोग ना. जन्मजन्मान्तरको शुभाशुभ कर्मको भोग कर्मफलअनुसार पाइने सुखदुःख।
1508 कर्ममार्ग ना. १. वैदिक कर्मकाण्डका माध्यमबाट ईश्वरका सान्निध्यसम्म पुग्ने बाटो, यज्ञ, पूजा आदि धार्मिक अनुष्ठान।
1509 कर्ममार्ग ना. (ज्ञानमार्गभन्दा कर्ममार्गबाट सजिलै ईश्वरछेउ पुग्न सकिन्छ भनिन्छ।) २. भौतिक शरीरलाई धर्मको साधन सम्झेर रातदिन धार्मिक अनुष्ठान गरी परलोक सुधार्ने पद्धति कर्मयोग।
1510 कर्मयोग ना. १. चित्तशुद्धि गर्ने शास्त्रविहित कर्म।
1511 कर्मयोग ना. २. सफलता र विफलताको वास्ता नराखी समान भावले गरिने शुभ कार्य कुलपरम्परा र शास्त्रीय विधिविधानअनुसार कर्तव्य सम्झी गरिने आचरण।
1512 कर्मयोग ना. (गीतामा ज्ञानयोग, कर्मयोग र भक्तियोगको राम्रो वर्णन छ।)।
1513 कर्मयोगी वि. १. कर्मयोगमा विश्वास राख्ने, परिणामनिरपेक्ष भएर कर्तव्यमा सरिक हुने।
1514 कर्मयोगी वि. २. निष्ठापूर्वक काममा लाग्ने।
1515 कर्मरेखा ना. पूर्वजन्मको शुभअशुभ कर्मअनुसार बनेको वा भाग्यसूचक मानिने शरीरका अङ्ग (हात, पैताला आदि) मा कोरिएका रेखा वा धर्का; हस्तरेखा।
1516 कर्मवाच्य ना. १. व्याकरणअनुसार तीन वाच्य कर्तृ, कर्म र भावमध्ये एक वाक्यको बनोटमा क्रियाद्वारा प्रत्यक्षतः कर्म सम्बन्धित हुने पदयोजना।
1517 कर्मवाच्य ना. २. कर्म मुख्य भई कर्मअनुसार क्रियापद हने समासविशेष।
1518 कर्मवाद ना. दर्शनशास्त्रअनुसार शुभ वा अशुभ कर्मको फल अवश्य भोग्नुपर्छ भन्ने सिद्धान्त, कर्ममा विश्वास गर्ने वाद।
1519 कर्मवादी कर्मवादमा विश्वास राख्ने, कर्मवादको अनुयायी।
1520 कर्मविपाक ना. १. पूर्वजन्ममा गरिएका शुभ र अशुभ कर्मअनुसार भएको मानिने असल वा खराब फल।
1521 कर्मविपाक ना. २. जन्म जन्मान्तरका संस्कारको भोगाइ।
1522 कर्मवीर वि. १. साहसिलो वा उल्लेखनीय काम गर्नाले वीर कहलाएको; काममा साह्रै खट्ने।
1523 कर्मवीर वि. २. कुनै विघ्नवाधाको परवाह नगरी कर्तव्यपालनमा अटल रहने।
1524 कर्मवीर वि. ३. परोपकारको भावनाले निःस्वार्थ काम गर्ने।
1525 कर्महीन वि. १. लोकव्यवहार र परम्पराअनुसार गर्नुपर्ने नित्यनैमित्तिक कर्मबाट च्युत भएको।
1526 कर्महीन वि. २. काम नगर्ने, अकर्मण्य।
1527 कर्महीन वि. ३. भाग्य नभएको, अभागी।
1528 कर्महीनता ना. कर्तव्य तथा कर्मबाट पछि हट्ने बानी।
1529 कर्मा ना. १. बाटुलो आकारको पात र पहेँलो काठ हुने एक वृक्ष, करम।
1530 कर्मा ना. २. कर्माचार्यको छोटो रूप।
1531 कर्माश्रित कामकला ना. कामशास्त्रमा उल्लिखित चारप्रकारका कामकलामध्ये नृत्य, सङ्गीत, वाद्य आदिमा आश्रित कामकला।
1532 कर्मिष्ठ वि. हिन्दूशास्त्रका अनुसार कर्मकाण्डी, वैदिक- तान्त्रिक अनुष्ठानमा लागिपर्ने।
1533 कर्मिष्ठ वि. २. काममा लगन भएको, कर्मठ।
1534 कर्मिष्ठ वि. कर्मी - वि. [सं.] १. काठ, इँट, ढुङ्गा आदि वस्तुद्वारा कुनै चिजको निर्माण गर्ने।
1535 कर्मिष्ठ वि. २. दत्तचित्त भएर काममा खट्ने कर्मठ।
1536 कर्मिष्ठ वि. ना. ३. काठ, ढुङ्गा, वज्र आदिको काम गर्ने व्यक्ति, कालिगड।
1537 कर्मु ना. गुरुङजातिमा महिलाले फिला छोप्ने गरी लर्काएर कम्मरमा बाँध्ने कपडा, ताम्लो |
1538 कर्मेन्द्रिय ना. बाह्य क्षेत्रमा काम गर्ने मुख्य इन्द्रिय, मुख, हात, गोडा, गुदद्वार र उपस्थ- यी पाँच इन्द्रिय।
1539 कऱ्याँसो ना. हे. करेंसो।
1540 कऱ्याककुरुक ना. १. कुनै दह्रो, झुरिएको वा सुकेको काठ आदि भाँचिदा आउने वा सुनिने आवाज; मऱ्याकमुरुक।
1541 कऱ्याककुरुक ना. २. यताउति फैलिएको कुरो वस्तुलाई एकै ठाउँमा समेटी पोको पार्दा निस्कने शब्द।
1542 कऱ्याककुरुक ना. क्रि.वि. ३. सुकेको वा झुरिएको काठ आदि भाँचिंदा आवाज सुनिने किसिमले।
1543 कऱ्याक्क क्रि.वि. दह्रो काठ आदि एकैचोटि भाँच्दा वा भाँचिंदा आवाज सुनिने गरी करक्क; मऱ्याक्क।
1544 कऱ्याङकुरुङ ना. हाँसको जस्तो टाउको र ठुँडो भई बाँकी शरीर कुखुराको जस्तो हुने, घाँटी सेतो र अरू भाग कालो हुने तथा जलाशयमा रहने एक जातको चरो; क्रौञ्च पक्षी।
1545 कऱ्याप्प क्रि.वि. १. दह्रो काठ आदि भाँचिदा आवाज आउने किसिमले, कऱ्याक्क।
1546 कऱ्याप्प क्रि.वि. २. उम्कन नपाउने गरी समाउने ढङ्गमा, चाल नपाउने गरी एक्कासि पक्रने किसिमसँग, च्याप्प।
1547 कऱ्यामकुरुम ना. १. झुरिएको वस्तु समाउँदा वा चपाउँदा भाँचिएर आउने आवाज।
1548 कऱ्यामकुरुम ना. क्रि.वि. २. झुरिएको खाद्य वस्तु चपाउँदा आवाज निस्कने गरी कुनै खाद्य पदार्थ चपाएर खाइसक्ने चालमा।
1549 कऱ्याम्म क्रि.वि. १. दह्रो वस्तु भाँचिने वा भाँचिदा आवाज आउने चालमा कऱ्याक्क।
1550 कऱ्याम्म क्रि.वि. २. साह्रो वस्तु चपाउने ढङ्गले; मऱ्याक्क।