Dictionary

All Word

1601 कलङ्की वि. २. चन्द्रमा।
1602 कलचौंडो वि. कालो रोगन भएको, कालो वर्णको।
1603 कलजिभ्रे वि. १. कालो जिभ्रो भएको।
1604 कलजिभ्रे वि. २. बोक्सो (व्यक्ति)।
1605 कलजिभ्रे वि. ना. ३. दुर्वचन बोल्ने मानिस, कटु वाक्य प्रयोग गर्ने व्यक्ति।
1606 कलझगडा ना. १. आपसमा बाझ्नेजुध्ने काम, दुई विपक्षीका बिचको आरोप, प्रत्यारोप गालीगलौजले भरिएको भनाभन।
1607 कलझगडा ना. २. परस्पर देखिने वैमनस्य।
1608 कलत्र ना. १. स्वास्नी पत्नी, गृहिणी।
1609 कलत्र ना. २. नितम्ब, कटिभन्दा पछाडिको भाग, पुट्ठा।
1610 कलधारा ना. मुहानबाट पाइपद्वारा ल्याइएको पानी खोल्न र बन्द गर्न हुने प्रायः धातुको टुटी जडिएको पानीको धारा।
1611 कलन ना. १. छरिएको वस्तु वा विषयलाई समेटेर एक ठाउँ भेला पार्ने काम जम्मा।
1612 कलन ना. २. साजसज्जा, श्रृङ्गार; सजावट।
1613 कलन ना. ३. लाउने काम धारण।
1614 कलना ना. १. ज्ञान, विवेक।
1615 कलना ना. २. निर्माण, संरचना।
1616 कलना ना. ३. कल्पना।
1617 कलना ना. ४. स्वरसंयोजन।
1618 कलना ना. ५. विचार, आशय, अनुभूति।
1619 कलनाद वि. १. सुरिलो र मिठो स्वर भएको।
1620 कलनाद वि. ना. २. सुनिरहूँजस्तो सुरिलो आवाज, श्रुतिमधुर ध्वनि।
1621 कलनासो ना. भित्र तालुनजिकै झुन्डिएको मासुको टुक्रो ; नासिक्य ध्वनि निकाल्न मद्दत गर्ने उच्चारण अवयव।
1622 कलप ना. १. फुलेका केश र जुँगा आदि कालो पार्ने औषधी, खिजाब, केशकल्प।
1623 कलप ना. २. कपडा दह्रो पार्नका लागि लगाइने माड।
1624 कलप ना. ३. गजुर, औंठी र अन्य धातुमा माथिबाट चढाइने जलप पाइन।
1625 कल पर्नु अ. क्र. / टु. मन पर्नु, चाखलाग्दो हुनु।
1626 कलबिख ना. १. कर्कलाका आकारको लाम्चो पात हुने, निलो फूल फुल्ने र कालो फल लाग्ने बिखालु एक वनस्पति।
1627 कलबिख ना. वि. २. खानै नसकिने खालको तितो, ज्यादै तितो।
1628 कलभ ना. १. हात्तीको बच्चो, छावा।
1629 कलभ ना. २. उँटको बच्चो; उल्लु।
1630 कलभर्ट ना. खोल्साखाल्सीमा ह्युम पाइप जडी वा ढलान गरी बनाइएको पानी जाने ढल, सानो खालको पुल, पुलेसो।
1631 कलम, ना. १. स्याहासेस्तामा जनाइएका रकमहरूको कित्ता वा खण्ड।
1632 कलम, ना. २. पत्रपत्रिका वा पुस्तकका पानाका हरफहरूको ठाडो लहर; स्तम्भ।
1633 कलम, ना. १. जमिनमा वा अर्को रुखमा सार्नका लागि कुनै रुखको हाँगो काट्ने काम, हाँगालाई बिरुवाका रूपमा परिणत गर्ने विधि, बिरुवा, हाँगा आदिबाट सर्ने बिरुवा निकाल्ने वा छाँट्ने काम।
1634 कलम, ना. १. बाँस, निगालो वा धातुबाट बनेको लेख्ने साधन; लेखनी।
1635 कलम, ना. २. धानको नलजस्तो भित्र प्वाल परेको डाँठ हुने सानो बाँस एक जातको निगालो, सर।
1636 कलम, ना. ३. असारमा रोपेर मङ्सिरमा पाक्ने एक जातको धान।
1637 कलम, ना. ४. तस्बिर बनाउने हाते कुची ; चित्र लेख्ने साधन |
1638 कलमजीवी वि. १. कलमकै भरमा परिश्रम गरेर जीविका चलाउने; लेखनवृत्तिका आडमा बाँच्ने, लेखक।
1639 कलमदान/दानी ना. कलमको सुरक्षाका लागि टुप्पोपट्टिबाट घुसार्ने ढुङ्ग्रोको आकारको भाँडो, कलमदाप।
1640 कलमदाप ना. कलमदान / कलमदानी।
1641 कलमनाम ना. सामान्य व्यवहारमा चल्ती गरिनेभन्दा भिन्न नाम; लेखरचनामा कहिलेकाहीँ प्रयोग गरिने छद्मनाम, फुल नाम; उपनाम।
1642 कलमबाज वि. १. लेख्ने पेसा अँगालेको; कलमजीवी।
1643 कलमबाज वि. २. वादीप्रतिवादी लेख्न र स्याहास्रेस्ता मिलाउनमा पोख्।
1644 कलम हडताल ना. सम्बन्धित उच्च निकायका सामु आफ्ना मागहरू राखी कर्मचारीहरूले कार्यालयमा हाजिर भएर पनि तोकिएको काम नगर्ने एक प्रकारको हडताल, हाजिर भएर पनि लेखपढको काम नगर्ने जिद्दी।
1645 कलमी वि. १. कलम काटेर सारेको कलम बनाइएको।
1646 कलमी वि. २. कलम सारेको बोटमा फलेको।
1647 कलमी वि. ३. हाँगा काटेर वा छाँटेर सारिएको (फलफूल आदि)।
1648 कलमी वि. ४. लेख्न जान्ने, कलमजीवी।
1649 कलमी सोडा ना. सुँगुरको मूतबाट बन्ने एक प्रकारको सोडा, विस्फोटक पदार्थ बनाउन सकिने र औषधीमा पनि प्रयोग गरिने सोडा।
1650 कलमुखा वि. १. कालो अनुहार भएको, अँध्यारमुखे, घोसे।