Dictionary

All Word

1551 कर्रो वि. १. नरम वा गिलो नभएको, कडा; साह्रो खालको रुखो।
1552 कर्रो वि. (उदा.- कान्छीको लोग्ने कर्रो रहेछ, यसैले उनले घर खान सकिनन्)।
1553 कर्ष ना. १. तान्ने काम घिच्च्याइ।
1554 कर्ष ना. २. जोत्ने वा खन्ने काम।
1555 कर्ष ना. ३. सोह्र मासा बराबरको तौल।
1556 कर्ष ना. ४. भूमिव्यवस्थामा रोपनीको चार खण्डको एक खण्ड।
1557 कर्ष ना. ५. प्राचीन मुद्राको एक प्रकार।
1558 कर्षक वि. १. तान्ने, घिच्च्याउने।
1559 कर्षक वि. ना २ खनजोत गर्ने व्यक्ति, खेतीवाल; किसान; कृषक।
1560 कर्षण ना. १. तान्ने काम घिच्च्याइ।
1561 कर्षण ना. २. खनजोत गरी बाली लगाउने काम।
1562 कर्षण ना. ३. ताछ्ने वा खुर्कने काम।
1563 कल ना. धेरै पुर्जा जोडेर बनाइएको विभिन्न कामका लागि प्रयोग गरिने साधन, यन्त्र, मेसिन ( धान कुट्ने कल, तेल पिँध्ने कल, लुगा सिउने कल, गन्जी बुन्ने कल इ.)।
1564 कल ना. कलह, बाझाबाझ |
1565 कल ना. टेलिफोनबाट हुने वा गरिने कुराकानीका निम्तिको बोलावट वा खबर।
1566 कल ना. १. मानसिक सन्तुष्टि आन्तरिक शान्ति।
1567 कल ना. २. मन इच्छा।
1568 कल ना. वि. ३. अर्थ नबुझिए पनि सुनिरहूँजस्तो मिठो र सुरिलो (कलरव, कलस्वर, कलध्वनि इ. 1) |
1569 कलकण्ठ वि. १. मिठो स्वर भएको सुरिलो स्वरको।
1570 कलकण्ठ वि. (उदा.- सुनिन्छ मिठो कलकण्ठ गौरव। - लेखनाथ )।
1571 कलकण्ठ वि. २. कोइली, कोकिल।
1572 कलकण्ठ वि. ३. हाँस ४. परेवा।
1573 कलककलक क्रि.वि. चर्को तिर्खा मेट्न भाँडाबाट धारा छुटाई घाँटी उँभो लाएर पानी खाँदा आवाज निस्कने किसिमले कलकली।
1574 कलकल ना. १. कुलो, सोतो आदिको पानी बग्दा आउने मधुर शब्द।
1575 कलकल ना. २. चराचुरुङ्गीको मधुर आवाज।
1576 कलकल ना. ३. धेरै मानिस एकै चोटि बोल्दा सुनिने अस्पष्ट ध्वनि।
1577 कलकल ना. ४. हे. कलककलक |
1578 कलकलाइ ना. १. कलकल गर्ने किसिम (पानीको आवाज, चराको बोली आदि)।
1579 कलकलाइ ना. २. कलिलोपन, पालुवा लागेको अवस्था।
1580 कलकलाइनु अ.क्रि. १. कलकल शब्द गर्दै बगिनु।
1581 कलकलाइनु अ.क्रि. २. कलिलो होइन।
1582 कलकलाउँदो/कलकलाउँदी वि. १. कलकल शब्द निकाल्ने (नदी, झरना आदि) (कलकलाउँदी, दूरमा नदी - देवकोटा)।
1583 कलकलाउँदो/कलकलाउँदी वि. २. भर्खर मुना पलाएको वा पालुवा चढेको, कमलो (रुखपात, लहरा इ.)।
1584 कलकलाउँदो/कलकलाउँदी वि. ३. भर्खर बैंस चढ्न लागेको लर्के ( केटो, उमेर इ.)।
1585 कलकलाउनु अ.क्रि. १. कलकल शब्द गर्दै पानी बग्नु।
1586 कलकलाउनु अ.क्रि. २. कलिलो, हलक्क बढेको र हेर्दा राम्रो देखिने हुनु।
1587 कलकलाहट ना. कलकल हुने किसिम वा अवस्था।
1588 कलकलिनु क.क्रि. कलकलाउने होइनु।
1589 कलकली ना. १. अम्खोरा, करुवा आदिबाट ठाडो घाँटी लगाएर पानी खाँदा आउने शब्द।
1590 कलकली ना. क्रि.वि. २. केही खाऊँ वा पिऊँ जस्तै भई भोक वा तिर्खा लाग्ने किसिमसँग।
1591 कलकली ना. ३. उँभो घाँटी लाएर पानी खाँदा शब्द आउने चालमा; कलककलक।
1592 कलकले ना. सेतो घाँटी हुने खालको एक जातको चरो।
1593 कलघट्ट ना. पिठो आदि पिँध्ने घट्ट।
1594 कलघर ना. १. कलपुर्जाहरू सँभालेर राखिने घर, यन्त्रशाला।
1595 कलघर ना. २. धान कुट्ने, तेल पेल्ने, पिठो पिँध्ने यन्त्र आदि राखिएको घर वा कोठा।
1596 कलङ्क ना. १. कुनै वस्तुमा नसुहाउने किसिमले रहेको दाग वा टाटो।
1597 कलङ्क ना. २. कुनै नराम्रो कामबाट लाग्ने दोष; कसुर।
1598 कलङ्क ना. ३. दुष्कीर्ति; लाञ्छना, अपवाद, अपजस।
1599 कलङ्कित वि. कलङ्क लागेको दागी।
1600 कलङ्की वि. १. कलङ्क भएको दाग देखिएको, खोट लागेको, खोटी।