Dictionary

All Word

1751 कलुष ना. २. क्रोध, रिस।
1752 कलुष ना. ३. मयल, दाग।
1753 कलुष ना. ४. खराब भाव, दूषित विचार |
1754 कलुष ना. वि. ५. फोहर मैलो।
1755 कलुष ना. ६. खराब, निन्दनीय।
1756 कलुषित वि. १. अपवित्र, दूषि।
1757 कलुषित वि. २. रुष्ट, क्षुब्ध।
1758 कलुषित वि. ३. दुष्ट, कलङ्कि।
1759 कलुषी वि. कलुषित |
1760 कलेज ना. उच्च शिक्षाको अध्यापन गराउने शैक्षिक संस्था, महाविद्यालय, हालको क्याम्पस।
1761 कलेजी वि. १. कलेजाको जस्तो रङ भएको, रातोकालो मिसिएको रङ भएको।
1762 कलेजी वि. ना. २. कलेजाको रङ्ग रातोमा केही कालो मिसिएको रङ।
1763 कलेजी वि. ३. कलेजो।
1764 कलेजो ना. शरीरमा पाकस्थलीदेखि दाहिनेतर्फ, फोक्सोको मुन्तिर रहने रछाहा रङको र कमलो भित्री अवयव, यकृत्।
1765 कलेटी ना. १. भोक, रोग वा कुपोषणले मुख सुकी नीरस ओठमा देखिने पाप्रा।
1766 कलेटी ना. २. भोक वा तिर्खाले ओठ सुकेको स्थिति।
1767 कलेरा हैजा, छेराउटी।
1768 कलेवर ना. १. प्राणीको बाह्य रूप, शरीर, देह।
1769 कलेवर ना. २. देवताको प्रतिमा वा तस्बिर।
1770 कलेवर ना. ३. बाहिरी आवरण, खोल।
1771 कलेवा ना. बिहानीपखको वा बिहान भोजन गर्नुभन्दा पहिलेको चमेना।
1772 कल्क ना. १. तोरी पेलेर तेल बनिसकेपछि बाँकी रहेको खोस्टा, तेलको थिग्रो; पिना।
1773 कल्क ना. २. बुकुवा।
1774 कल्क ना. ३. धुलो चूर्ण।
1775 कल्क ना. ४. मयल, दाग; कलङ्क।
1776 कल्क ना. ५. अधर्म; दूषित आचरण, पाप।
1777 कल्कि ना. पुराणअनुसार विष्णुका दश अवतारमध्ये पछिल्लो एक, विष्णु।
1778 कल्कि अवतार ना. विष्णुको एक अवतार |
1779 कल्की ना. १. राजामहाराजाका शिरपेचमा घुसारिने हुमाउँ चराको प्वाँख |
1780 कल्की ना. २. एक प्रकारको चरोविशेष।
1781 कल्की ना. ३. चराको टाउकाको सिउर।
1782 कल्की फूल ना. सुरिलो आकारका हाँगामा लाम्चा, मसिना, खसा पात र टुप्पामा सिउरका आकारको रातो फूल फुल्ने, भेट्नामा हरिया गेडा फल्ने एक जातको रुख वा त्यसैको फूल।
1783 कल्चौंडी वि. १. हेयार्थमा प्रयुक्त हुने, कालो जिउ र ठुलठुला स्तन भएकी, भालुथुने (स्त्री.)।
1784 कल्चौंडी वि. २ भद्दा जिउ भएकी र कालो वर्णकी (स्त्री)।
1785 कल्चौंडे ना. १. पहरामा गुँड बनाउने, चिबेजस्तो कालो रङको एक जातको चरो।
1786 कल्चौंडे ना. वि. २. ठुलठुला कल्चौंडो भएकी, कालो जिउकी; कल्चौंडी।
1787 कल्चौंडो- ना. १. स्तनपायीहरूको दुध रहने फाँचो थुन झुन्डिने दुधको फाँचो, कचौंडो।
1788 कल्चौंडो- ना. वि. २. केही कालो वर्णको; भद्दा जिउ भएको र कालो।
1789 कल्छे ना. १. प्रायः नदीका किनारमा देखिने, टाउकामा सिउर हुने एक प्रकारको चरो।
1790 कल्छे ना. २. एक जातको तरुल, कल्छे तरुल।
1791 कल्छे ना. कल्छे तरुल - ना. प्याजी रङको लामो गिठा र गुलाफी रङको लामो कन्द हुने एक जातको तरुल।
1792 कल्छो ना. १. अनुहारको कालो पोतो, केही कालो वर्ण।
1793 कल्छो ना. वि. २. त्यस्तो रोगन वा वर्ण भएको।
1794 कल्पनु अ.क्रि. १. कुनै वस्तु देखेर पाउने वा लिने चाहना हुनु, तिर्सना बढ्नु मन लोभिनु।
1795 कल्पनु अ.क्रि. २. थक्कथक्क पर्नु चुकचुकाउनु पछुताउनु।
1796 कल्प ू ना. १. माङ्गलिक तथा शुभ कार्यका शास्त्रीय विधिविधान।
1797 कल्प ू ना. २. वेदका छ अङ्ग- शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिषमध्ये बलिदान, यज्ञ आदिसित सम्बन्धित विध बताउने एक अङ्ग।
1798 कल्प ू ना. ३. हिन्दू पञ्चाङ्गअनुसार चौध मन्वन्तर वा एक हजार महायुग अर्थात् चार अरब, बत्तिस करोड मानव वर्ष बताइएको कालका समयको साह्रै ठुलो विभाग।
1799 कल्प ू ना. ४. पुराणअनुसार ब्रह्माको एक दिन मानिने प्रत्येक कल्प (श्वेतवाराह, नीललोहित, वामदेव, रथन्तर, रौरव, प्राण, वृहत्कल्प, कन्दर्प, सत्य, ईशान, व्यान, सारस्वत, उदान, गारुड, कौर्म, नारसिंह, समान, आग्नेय, सोम, मानव, पुमान, वैकुण्ठ, लक्ष्मी, सावित्री, घोर, वाराह, वैराज, गौरी, माहेश्वर र पितृ)।
1800 कल्प ू ना. ५. आधुनिक पुराशास्त्र तथा भूशास्त्रका अनुसार कतिपय युगमा बाँडिएको र पृथ्वीको केही स्वतन्त्र विकासात्मक अवस्था हुने विशिष्ट कालविभाग (आदिकल्प, उत्तरकल्प, मध्यकल्प, नवकल्प इ.)।