Dictionary

All Word

1901 कविता ना. २. व्यापक अर्थमा सबै प्रकारका पद्यात्मक वा गद्यात्मक रचना र सामान्यतः छन्द, गीत वा मुक्तकका विभिन्न प्रकारमा रचिएका कुनै एक विषय वा भावनाका फुटकर पद्यात्मक वा गद्यात्मक लययुक्त रचना।
1902 कवित्व ना. १. कविता वा काव्यरचनाको क्रिया, गुण, भाव वा विशिष्ट रूप।
1903 कवित्व ना. २. कवि वा कवितामा निहित गुण, विशेषता वा शक्ति।
1904 कविराज ना. १. आयुर्वेदीय औषधी प्रणालीमा शिक्षित वा विशिष्ट वैद्यको एक उपाधि।
1905 कविराज ना. २. कविहरूमा श्रेष्ठ; श्रेष्ठ कवि।
1906 कविवर वि. कविमा वरण गरिन योग्य, कविहरूमा श्रेष्ठतर।
1907 कविशिरोमणि ना. १. कविहरूमध्ये श्रेष्ठ वा शीर्षस्थ कवि |
1908 कविशिरोमणि ना. २. त्यस्ता कविलाई दिइने नेपालको एक राष्ट्रिय पदवी।
1909 कविशिरोमणि ना. [यो पदवी नेपाली भाषाका प्रसिद्ध कवि लेखनाथ पौड्याल (वि. सं. १९४१ - २०२२) लाई प्रदान गरिएको थियो।
1910 कविशिरोमणि ना. ]।
1911 कविसमय ना. प्रकृतिमा नहुने वा देश, काल आदिका कुरालाई पनि कविहरूले आफ्नो परम्परामा प्रयोग गर्दै आएका केही विशिष्ट परिपाटी वा मान्यता।
1912 कविसमय ना. (उदा.- युवतीका पादस्पर्शले अशोक फुल्छ, चातकले बादलबाट बर्सेको पानी चुच्चोमा थापेर खान्छ, इ.)।
1913 कविसम्मेलन ना. कवितापाठको कार्यक्रम सञ्चालित हुने कविहरूको सभा वा गोष्ठी, कुनै उत्सव, समारोह आदिमा भएको प्रतियोगी वा अप्रतियोगी कविजमातको जमघट |
1914 कवीन्द्र ना. कविहरूमध्येमा श्रेष्ठ कवि, महाकवि।
1915 कवीन्द्र ना. (कान्तिपुरका मल्लराजा प्रताप मल्लले स्वयम् यो पदवी धारण गरेका थिए।)।
1916 कवीन्द्रपुर ना. १. उत्कृष्ट कविहरूले निवास गरेको ठाउँ।
1917 कवीन्द्रपुर ना. २. प्रताप मल्लले बनाएको कान्तिपुरको मरुसत्तलअगाडिको भवन।
1918 कवै क्रि.वि. कहिल्यै पनि, कदापि।
1919 कवै. ना. अलि कालो र फुस्रो गरी दुई प्रकारको हुने, गोल आकारका गेडा लाग्ने, सागले निद्रा लगाउने, पश्चिम नेपालमा 'कुसने' नामले चिनिने एक प्रकारको वनस्पति।
1920 कव्य ना. पितृदेवताहरूका निम्ति दिइने वा होमिने वस्तु (अन्न)।
1921 कशा ना. १. कोर्रा, चाबुक।
1922 कशा ना. २. डोरी।
1923 कशेरु ना. १. कसुर (एक प्रकारको सुपारी)।
1924 कशेरु ना. २. मेरुदण्डको हाड |
1925 कश्चित् सर्व. कोही कुनै।
1926 कश्मल ना. १. पाप।
1927 कश्मल ना. २. मोह।
1928 कश्मल ना. ३. मूर्च्छा, बेहोसी।
1929 कश्मीर ना. भारतको पश्चिमोत्तर भागमा रहेको, पर्वतीय प्राकृतिक सौन्दर्यले युक्त तथा भारतीय सङ्घअन्तर्गतको प्रसिद्ध प्रान्तीय राज्य |
1930 कश्मीरी वि. हे. कस्मिरी।
1931 कश्मीरी मुद्रा ना. हे. कस्मिरी मुद्रा।
1932 कश्मीरी केशर ना. हे. कस्मिरी केशर।
1933 कश्यप ना. १. ब्रह्माका पौत्र तथा मरीचिका मानस पुत्र एक विख्यात प्रजापति, देवता तथा दानवहरूका जनक मन्त्रद्रष्टा तथा गोत्रप्रवर्तक एक ऋषि काश्यप ( यिनका दिति, अदिति, दनु, विनता, खसा, कद्रू, मुनि, क्रोधा, अरिष्टा, इरा, ताम्रा, इला र प्रधा गरी तेह्र स्त्रीहरू थिए भनिन्छ। यिनैबाट कश्यप र काश्यप गोत्रको परम्परा चलेको हो )।
1934 कश्यप ना. २. सप्तर्षिमण्डलका एक ताराको नाम।
1935 कषाय वि. १. टर्रो स्वादको (काँचो सुपारी, अमला, फटकिरी आदिको स्वादजस्तो)।
1936 कषाय वि. २. सुगन्धि।
1937 कषाय वि. ३. रँगाइएको विशेषत: गेरु रडको (जस्तो- कषाय वस्त्र )।
1938 कष्ट ना. १. कुनै अभाव वा न्यूनताका कारणले हुने नरमाइलो तथा दुःखको अनुभव, दुःख, पीडा।
1939 कष्ट ना. २. आपद् सङ्कट।
1940 कष्टकर वि. कष्ट दिने, कष्ट पुऱ्याउने, कष्ट हुने।
1941 कष्टकल्पना ना. प्रयोगमा ल्याउन कठिन हुने कल्पना वा सोचाइ।
1942 कष्टकारक वि. कष्टकर |
1943 कष्टसाध्य वि. मुस्किलले मात्र सफल पार्न सकिने, साह्रै मेहनतले मात्र सिद्ध हुने।
1944 कस्नु स. क्रि. १. कुनै वस्तुलाई डोरीले मस्काउनु; बेस्करी बाँध्नु; २. पेच, ढिम्री आदि घुमाएर टम्म पार्नु।
1945 कस्नु स. क्रि. ३. किनमेल गर्दा सकेसम्म मोल घटाउने प्रयास गर्नु, कसाकस गर्नु, घटाघट गर्नु।
1946 कस्नु स. क्रि. ४. किफायत गर्नु, खर्च घटाउनु।
1947 कस्नु स. क्रि. ५. करकापमा पारेर लिनु, पैसा पैसाको हिसाब गर्नु।
1948 कस्नु स. क्रि. ६. सेस्तामा आम्दानीखर्च बाँध्नु।
1949 कस० ना. १. धातुका भाँडाकुँडामा लाग्ने खिया, काई, खई।
1950 कस० ना. २. उगाल, थिग्रो।