Dictionary

All Word

2051 कहाँ क्रि.वि. (उदा.- कहाँ राजा भोज, कहाँ गनू तेली। - उखान।)।
2052 कहाइ ना. कहने भाव, क्रिया वा प्रक्रिया।
2053 कहाइनु क.क्रि. भनाइनु, कहन लाइनु।
2054 कहाउनु प्रे. क्रि. भनाउनु, कहन लाउनु।
2055 कहानी ना. मौखिक वा लिखित र वास्तविक वा कल्पित तथा गद्यमा लेखिएको, विशेषतः मनोरञ्जन गराउने वा शिक्षा दिने उद्देश्यले कथासूत्रमा उनको भावप्रधान वा विषयप्रधान घटना भएको रचना, कथा, किस्सा, आख्यायिका।
2056 कहार ना. परम्परागत रूपमा भारी, डोली, पानी आदि बोकेर जीविका चलाउने एक जाति।
2057 कहार ना. स्त्री. कहान; कहारिन।
2058 कहालिनु अ.क्रि. डर वा अत्यासले रिंगटा लाग्नु, कहाली लाग्नु, डराउनु, तर्सनु, आत्तिनु।
2059 कहाली ना. १. कुन्नै अग्लो ठाउँबाट तलतिर हेर्दा लाग्ने डर वा रिंगटा।
2060 कहाली ना. २. डरलाग्दो वस्तु देख्ता हुने अत्यास।
2061 कहावत ना. कुनै तथ्य वा अनुभूत सत्य भएको लोकप्रचलित कथन; लोकोक्ति; उखान।
2062 कहिनु क.क्रि. भनिनु बताइनु।
2063 कहिरन ना. थाहा दिने उद्देश्यले कहिएको वा भनिएको कुरा बयान, विवरण, हुलिया।
2064 कहिले क्रि.वि. कुन समयमा, कुन बखतमा कुन बेला।
2065 कहिलेकहीं/काहीं क्रि.वि. कुनै कुनै समयमा, बेलाबखत, आकलझुक्कल।
2066 कहिल्यै क्रि.वि. कहिले पनि।
2067 कहीं क्रि.वि. १. कुनै ठाउँमा कतै।
2068 कहीं क्रि.वि. २. कुनै बेला कुनै समयमा, कोही बखतमा।
2069 का प्रत्य. १. सम्बन्धकारक, षष्ठी विभक्ति 'को' को बहुवचन वा आदरार्थी रूप; संज्ञा शब्दसँग सम्बन्ध देखाउने एक विभक्ति चिह्न।
2070 का प्रत्य. ना. यो. २. 'सबै' वा 'थप' को अर्थ बुझाउने गरी द्विरुक्त नाम शब्दका बिचमा आउने शब्द (घरका घर, पोकाका पोका, लामका लाम इ.)।
2071 काँकरी ना. हे. काँक्री।
2072 काँकरी ना. (उदा.- काँकरीको बानैबान, कुदी आयो हनुमान, काँकरीलाई थाँकरी त फर्सीलाई छानु (उखान)।
2073 काँक्री ना. ससानो खालको काँक्रो, काँक्रोको क्षुद्रतावाचक शब्द, काँकरी |
2074 काँक्री बियाँ वि. काँक्राको बियाँजस्तो त्यस्तै आकार वा बान्की भएको (दाँत, टिकी, बुट्टा इ.)।
2075 काँक्रेविहार ना. सुर्खेत उपत्यकाको दक्षिणी भागमा पर्ने भग्नावशेष मात्र रहेको एक ऐतिहासिक स्थल।
2076 काँक्रेविहार ना. (उक्त भग्नावशेषमा ठुलठुला शिलाहरू छन् र तिनमा प्राचीन वास्तुकलाका नमुना पाइन्छन्।)।
2077 काँक्रो ना. खास गरी वर्षाकालमा लहरामा झाङ्गिएर फल्ने, हरियो वा सेतो, पातलो बोक्रा भएको र लाम्चो आकारको, सलादमा राखिने वा अचार पार्न हुने फलविशेष, ककडी।
2078 काँक्रो ना. काँक्रो चोरलाई मुड्कीको सास्ती (उखान)।
2079 काँगियो ना. १. केश मिलाउने वा सफा गर्ने कडा रबर, प्लास्टिक, काठ (बाँस, श्रीखण्ड), धातु आदिद्वारा बनाइएको दाँतीदार वस्तु, कपाल कोर्न प्रयोग गरिने साधन, काँइयो, कँगयो, कँगिनी, काइँयो।
2080 काँगियो ना. २. काँगियोजस्तो देखिने हरिया चिल्ला पात हुने तथा पहेंलो फूल फुल्ने एक जातको रुख।
2081 काँगियो ना. ३. केराका कोसाहरूको पङ्क्तिदार समूह (एक घरीमा धेरै काँगियो केरा हुन्छन्। )।
2082 काँगियो ना. ४. कपडा बुन्ने तानमा धागो छिराएर मिलाइने अवयव।
2083 काँग्रेस ना. हे. कङ्ग्रेस।
2084 काँच ना. बालुवा, सोडा, चुन आदि मिसाएर तयार पारिएको तथा चुरा, बोतल, ऐना आदि बनाइने चम्किलो, पारदर्शक, कडा र फुट्ने वस्तु सिसा।
2085 काँचुली ना. शरीरबाट अलग भएर फेरिने सर्पको बाहिरी पातलो छाला वा पत्र |
2086 काँचुली फेरिनु टु. खराब अवस्थाबाट राम्रो अवस्थामा पुग्नु स्थितिमा परिवर्तन आउनु।
2087 काँचो वि. वि. १. नपाकेको, प्राकृतिक अवस्थाको (काँचो धागो, काँचो माटो, काँचो इँट इ.); २. यन्त्र वा कलाद्वारा परिष्कृत नपारिएको (काँचो फलाम, काँचो पदार्थ इ.); अपरिपक्व।
2088 काँचो वि. 3. बुद्धि, विचार, व्यवहार आदिमा पाको नभएको (काँचो मान्छे, काँचो उमेर इ.)।
2089 काँचो कचिलो वि. नपाकेको र चिचिलो ( फलफूल वा खाद्य पदार्थ)।
2090 काँचो पदार्थ ना. माल तयार हुनुभन्दा पूर्वको वस्तु, कच्चा पदार्।
2091 काँचो पात ना. सुर्ती, तमाखु।
2092 काँचो बारुद ना. बन्दुकको नालमा भर्न, टोटा वा केप बनाउन तयार पारिएको धुलो बारुद।
2093 काँचो भाँडो ना. विश्वास गर्न नसकिने मानिस अपत्यारिलो मान्छे।
2094 काँचो माटो ना. १. खनजोत गर्दा नमरेको माटो, पोल्दा नपाकेको माटो।
2095 काँचो माटो ना. २. मर्ने चोला, नाशवान् शरीर।
2096 काँचो माटो ना. (उदा.- शरीर काँचो माटो हो, यसको के ठेगान !)।
2097 काँचो मासु ना. १. नपकाइएको वा नपाकेको मासु।
2098 काँचो मासु ना. २. स्त्रीको गुप्तेन्द्रिय।
2099 काँचो लाहा ना. शोधन नगरिएको वा आगोमा पगालेर छाप आदिमा प्रयोग नगरेका अवस्थाको लाहा।
2100 काँजी ना. सखर, मह, दही, मिलाएर बनाइने पेय औषधी, महारस कुञ्जल।