Dictionary

All Word

2001 कसुर ना. १. लामा लामा पात, कोदाको बालाजस्तो खैरो फूल र रौँजस्ता जरा भएको कन्दफल फल्ने एक बोट।
2002 कसुर ना. २. त्यसैको फल, कसेरुक।
2003 कसुर, ना. १. दोष, अपराध, खाइबिराम।
2004 कसुर, ना. २. विशेषतः अज्ञात रूपमा हुने त्रुटि।
2005 कसुर, ना. 3. प्रचलित कानुनले निषेध गरेका कामकुरा गरेमा सजाय भागी बन्नुपर्ने कार्य, बा।
2006 कसुरदार वि. १. कसुर वा बिराम गर्ने, दोषी; बापती।
2007 कसुरदार वि. ना. २. भनी बिराउने वा गरी बिराउने व्यक्ति।
2008 कसुरबन्द ना. कसुर वा अपराध गर्ने वा त्यसमा साबित भएको दोषी।
2009 कसुरवार वि. कसुरदार।
2010 कसै क्रि. यो. १. कुनै तरहले पनि केही गरे पनि।
2011 कसै क्रि. यो. सर्व. २. कोही कुनै (विभक्ति लाग्ने रूपमा )।
2012 कसैलो वि. टर्रो।
2013 कसो वि. बो. १ प्रश्न, शङ्का आदि बुझाउने शब्द, क्याहो।
2014 कसो वि. बो. सर्व. २. कस्तो।
2015 कसौडी ना. मुख केही सानो भएको र पेट फुकेको, दालभात आदि पकाइने, काँसको वा कुनै धातुको भाँडो कसुणी।
2016 कसौटी ना. १. वस्तुको समुचित मूल्य वा महत्त्व किने कुनै मानक आधार।
2017 कसौटी ना. २. हे. कसी।
2018 कस्केली वि. कास्की जिल्लाको; कास्कीमा रहने (बासिन्दा); कास्की जिल्लामा भएको वा बनाइएको (वस्तु)।
2019 कस्तरी क्रि.वि. कस्तो गरी कसरी।
2020 कस्तूरी ना. १. नेपालमा प्रायः हिमप्रदेशमा हुने, हिउँबाट बगेर आएको पानी र हिउँ पग्लेपछि ढुङ्गाका लेउ खाने, छोटो, पुच्छर, फिना खुट्टा र नरको नाभिनेर सुगन्धी बिना भएको मृगका जातको झन्डै स्यालजत्रो प्रसिद्ध जन्तु, नेपालमा पाइने बदामी रङगको, कामरूप देश (पश्चिम आसाम) मा पाइने कालो रङगको र कश्मीरमा पाइने पिङ्गल वर्णको गरी तीन जात मानिएका र मध्य एसियाका घना जङ्गलमा पनि ठन्डा ठाउँमा पाइने सोही जन्तु।
2021 कस्तूरी ना. २. त्यसै जन्तुको नामिनेर हुने र अनेक सुगन्धित वस्तु तथा औषधि बनाउनमा प्रयोग गरिने सुगन्धी द्रव्यको गोलो थैली, बिना।
2022 कस्तूरीमल्लिका/ वल्लिका ना. बियाँमा कस्तूरीको बास्ना आउने एक प्रकारको लता, लताकस्तूरी।
2023 कस्तै क्रि. यो. १. कस्तो नै जस्तोसुकै।
2024 कस्तै क्रि. यो. वि. २. कुनजस्तो।
2025 कस्तो वि. १. केजस्तो, कुन किसिमको।
2026 कस्तो वि. २. आश्चर्य, रिस, झर्को, उदेक आदिमा प्रयोग गरिने शब्द (उदा.- कस्तो नजाती काम हुन गएछ, कस्तो मूर्ख मान्छे इ.)।
2027 कस्मिरा/ कस्मेरा ना. १. विशेष किसिमको ऊनबाट बनेको कोट आदि सिइने असल कपड़ा।
2028 कस्मिरा/ कस्मेरा ना. २. कश्मीरमा बनेर नेपाल आएको त्यस्तो लुगा।
2029 कस्मिरी वि. कश्मीरको; कश्मीरसित सम्बन्धित वा कश्मीरमा बनेको।
2030 कस्मिरी मुद्रा ना. गोरखपन्थी साधुहरूले कानमा लाउने, पहिले कश्मीरमा बन्ने गरेको स्फटिकको कुण्डल।
2031 कस्मिरी केशर ना. कश्मीरको पाम्पोर नाम गरेको स्थानमा विशेष मात्रामा पैदा हुने एक जातको फूलको केशर, कास्मिरी केशर |
2032 कस्य विभ. पुरानो सेस्ता वा चिठीपत्र आदिमा प्रचलित 'स्य' प्रत्यययुक्त षष्ठी विभक्तिको रूप को (सुब्बाकस्य पत्रम् मुखियाकस्य पत्रमिदम् इत बलभद्रकस्य कोटिकोटि कुर्णेस इ.)।
2033 कस्यान ना. काँसैकाँस भएको वन वा जग्गा, काँसघारी।
2034 कहतारो ना. आरीका छाँटको दही आदि जमाइने माटाको भाँडो।
2035 कहनु स. क्रि. बताउनु भन्नु ( कुरो, समाचार, कथा आदि)।
2036 कहर ना. १. विपत्ति, आपत्, सङ्कट।
2037 कहर ना. २. दुःख, हैरानी।
2038 कहर ना. कहर काट्नु टु. दुःख खेप्नु।
2039 कहर ना. (उदा.- यसपल्ट त कहर काटेर पनि माल निखन्नै पर्यो) |
2040 कहराउनु अ.क्रि. कुनै कुराले च्याँठिनु, फर्किनु।
2041 कहलाइ ना. कहलाउने भाव क्रिया वा प्रक्रिया |
2042 कहलाइनु अ.क्रि. प्रसिद्ध होइनु, राम्रो वा नराम्रो नाम चलेको होइनु।
2043 कहलाउनु अ.क्रि. नाउँ चल्नु नामी हुनु प्रसिद्ध हुनु, कहलिनु।
2044 कहलिनु अ.क्रि. प्रसिद्ध हुनु, नाउँ चल्नु।
2045 कहल्याइ ना. कहलिने भाव, क्रिया वा प्रक्रिया |
2046 कहल्याइनु क.क्रि. साबित गराइनु, कायल पारिनु।
2047 कहल्याउनु स. क्रि. १. कायल पार्नु, साबित पार्नु।
2048 कहल्याउनु स. क्रि. २. हप्काउनु, तर्साउनु।
2049 कहाँ क्रि.वि. १. कुन ठाउँमा कता।
2050 कहाँ क्रि.वि. अव्य. २. कहाँ हो कहाँ, समता वा तुलनामा अति भिन्नता बुझाउने शब्द |