Dictionary

All Word

1951 कस० ना. ३. धुवाँ आदिको कसर।
1952 कस० ना. ४. दाग, कपट।
1953 कस सर्व . विभक्ति लाग्दा बन्ने 'को' शब्दको तिर्यक् रूप (कसको, कसलाई, कसबाट, कसले इ.)।
1954 कसकास ना. कस्ने वा मस्काउने चाल वा क्रिया।
1955 कसकुट ना. तामा र जस्ता मिसाइएको, काँसोजस्तो तर नफुट्ने खालको अलि उज्जर धातु।
1956 कसकुटे वि. कसकुटको, कसकुटसम्बन्धी ( भाँडाकुँडा)।
1957 कसक्क क्रि.वि. अँगालाले बेरेर, डोरीले बाँधेर कस्ने किसिमले वा कस्ने चालमा।
1958 कसनतमन ना. काँस, तामा आदि धातुका भाँडावर्तन, ढलौटे भाँडाकुँडा।
1959 कसम ना. हे. किरिया, शप।
1960 कसमी ना. वेश्या, व्यभिचारिणी स्त्री; पातर।
1961 कसर ना. १. कुनै वस्तुमा मिसिएको काम नलाग्ने र फाल्ने वस्तु, कसिङ्गर।
1962 कसर ना. २. थिग्रो थिग्रेनी।
1963 कसर ना. ४. कपट, पाप।
1964 कसर ना. ४. सुक्दा वा फोहर वस्तु छुट्टयाउँदा कुनै वस्तुमा हुने नोक्सानी, जर्ती।
1965 कसर ना. ५. गुठीको जग्गामा लाग्ने मालपोत वा तिरो, छ्वायबाली।
1966 कसरत ना. १. शरीर निरोगी र हृष्टपुष्ट पार्नलाई गरिने दण्डबैठक आदि अभ्यास, व्यायाम।
1967 कसरत ना. २ मिहिनेत, परिश्रम, खप्याइँ (प. ने.)।
1968 कसरती वि. कसरत गर्ने, व्यायाम गर्ने।
1969 कसरमसर ना. १. रहेपहेको वस्तु यिगर।
1970 कसरमसर ना. २. त्रुटि अशुद्धि।
1971 कसरमसर ना. ३. दोष, दाग।
1972 कसरी क्रि.वि. कसो गरी, के गरी कुन किसिमले कुन तरहले।
1973 कसला ना. पिर, तकलिफ।
1974 कसला ना. (उदा.- लिएथें त्यो शिक्षा तब अनि घट्यो कष्ट कसला। कसला लेखनाथ, 'तरुण तपसी )।
1975 कसाइ ना. कस्ने काम वा प्रक्रिया।
1976 कसाइनु क.क्रि. कस्न लाइनु, मस्काउन लाइनु।
1977 कसाई ना. १. प्रायः मासु र फलफूलको व्यापार गर्ने नेवारको एक जाति।
1978 कसाई ना. वि. २. वधिक।
1979 कसाउनु प्रे. क्रि. कस्न लाउनु, मस्काउन लाउनु।
1980 कसाकस ना. १. भाउ घटाउने काम, घटाघट |
1981 कसाकस ना. २. धमाधम कस्ने काम।
1982 कसाकस ना. ३. परस्परको कसाइ।
1983 कसार ना. विवाह, व्रतबन्ध आदि शुभ कार्यमा खट्टेको पिठो र खुदो मुछी मुठीले बटारेर बनाइएको लड्डु।
1984 कसार ना. ( पश्चिम नेपालमा खाजा खानका लागि पनि कसार बनाउने गरिन्छ। )।
1985 साहा वि. कस्ने स्वभावको, किरन्टोकी।
1986 कसिकसाउ ना. सजिसजाउ, तम्तयार।
1987 कसिडर / कसिङ्गर ना. १. धुलोमुलो, घसरपसर, पातपतिङ्गर, घुरान।
1988 कसिडर / कसिङ्गर ना. २. फालिने वा बढारिएको फोहर वस्तु रद्दी पदार्।
1989 कसिडर / कसिङ्गर ना. 3. मन नपरेको मानिस, अप्रिय व्यक्ति (जस्तो- आँखाको कसिङ्गर)।
1990 कसिदा ना. कपडामा सियोधागोले बेलबुट्टा आदि काढ्ने काम।
1991 कसिनु क.क्रि. १. बाँधिनु टुर्रिनु।
1992 कसिनु क.क्रि. २. तम्सिनु, आँट्नु।
1993 कसिनु क.क्रि. ३. ठाँट पार्नु, कसिकसाउ हुनु।
1994 कसिलो वि . १. कसिएको, गठिलो, साहो।
1995 कसिलो वि . २. कस्ने, दुःख दिने।
1996 कसिलो वि . ३. कस लाग्ने, नराम्रो पार्ने।
1997 कसी ना. १. सुन, चाँदी आदि धातुलाई असल कमसल छुट्ट्याउनका निम्ति घोटेर हेर्ने कालो चिप्लो ढुड्गो; कसौटी।
1998 कसी ना. २. वस्तुस्तरको निर्धारण गर्ने साधन, मापदण्ड।
1999 कसी घोटाइ ना. पूरै पारख, विवेक।
2000 कसुणी ना. भात पकाउने ढलोटको भाँडो, कसौंडी।